के लामखुट्टेले कोरोना भाइरस सार्न सक्छ ?

  • पारसमणि तिमिल्सिना 

वर्षाको मौसम लामखुट्टेको लागि उपयुक्त समय हो । कोरोना भाइरस संक्रमण दिन प्रतिदिन बढिरहेको बेला यो प्रश्न धेरै जनाको मनमा उब्जिएको हुनसक्छ ।


Advertisement

लामखुट्टेले मानिसको रगत खाएर एक व्यक्तिबाट अर्काेलाई रोग फैलाएकै कारण विश्वमा हरेक वर्ष करीब ५ लाखको मृत्यु तथा लाखौंको संख्यामा बिरामी हुने गरेका छन् । 

तर अहिले महाप्रकोप भइरहेको कोभिड–१९ (कोरोना भाईरस) लाई लामखुट्टेले एक व्यक्तिबाट अर्काेमा सार्ने कुनै वैज्ञानिक तथ्य फेला परेको छैन । सार्स कोभ–२ नामक कोभिड–१९ निम्त्याउने भाइरल इस्त्रेन लामखुट्टेबाट सर्दैन ।


Advertisement

पोथी लामखुट्टेमा आफैंमा चाहिँ भाइरस हुँदैन । यसले संक्रमित जनावर, पशुपन्छीको रगत खाएपछि मात्र संक्रमण गर्दछ । डेंगु, पहेलो ज्वरो, चिकनगुनिया, जीका र रस रिभर जस्ता भाइरस लामखुट्टे सार्दछ तर एचआईभी, इबोला जस्ता भाइरस चाहिँ सार्न सक्दैन ।

पारसमणि तिमिल्सिना एकदमै थोरै रगत खाने भएकाले एचआईभीको लागि लामखुट्टेमा आफैंमा संक्रमण हुँदैन । त्यस्तै इबोला भाइरसको संक्रमण परीक्षण गर्न वैज्ञानिकहरूले लामखुट्टेमा इबोला भाइरस संक्रमण गराएका थिए तर यसले अरु कुनै जनावरमा इबोला संक्रमण देखिएन । 

कोरोना भाइरस मुख्यत खोकीको सिलसिलामा मुखबाट निस्केको थुकको छिटा र संक्रमित व्यक्तिले छोएको अथवा बसेको स्थानबाट सर्दछ । 

लामखुट्टेले कुनै भाइरस सार्न सक्ने र कुनै भाइरस नसक्नेको कारणको प्रश्नको उत्तर अलिक जटिल छ । लामखुट्टेको रगत खाएर जम्मा हुने पेटको वरिपरिको तन्तुबाट खुट्टा, पखेटा तथा टाउकोसम्म पुग्नुपर्छ अनि केही दिनदेखि हप्तौंसम्म भाइरस विकसित भई र्‍यालसम्म पुग्नुपर्छ । 

त्यसैले कुनै भाइरस संक्रमण हुन सक्ने अवस्थासम्म आइपुग्न लामखुट्टेभित्रै धेरै ठाउँमा संक्रमण हुनुपर्छ । कुनै एक ठाउँमा मात्रै यस प्रकिया रोकियो भने लामखुट्टेले संक्रमण गर्न सक्दैन । 

कोरोना भाइरस लामखुट्टेको पाचन प्रणालीभन्दा माथि आउन नसक्ने हुँदा यसबाट मानिसमा संक्रमण हुँदैन । यो तथ्य सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी), विश्व स्वास्थ्य संस्था (डब्ल्यूएचओ) र अमेरिकन मस्किटो कन्ट्रोल एसोसिएसन (एएमसीए) ले पनि आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ ।

– द कन्भर्सेसनबाट साभार गरिएको

कमेन्ट गर्नुहोस्