मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
जेठ २३, २०७७
कोभिड– १९ (कोरोनाभाइरस) को संक्रमण भित्रिन सक्ने भन्दै कास्कीको पोखरा महानगरपालिका– ९ का वडाध्यक्षको सक्रियतामा गत जेठ १३ गते पृथ्वीचोकका हरि गौतमले ल्याएको तरकारी खाल्डोमा पुरियो ।
चितवनबाट ल्याइएको १ सय ५० क्यारेट गोलभेँडा र ६० बोरा अन्य तरकारी प्रहरी र स्थानीयले स्काभेटर प्रयोग गरेर खाल्डोमा पुरेका थिए ।
तरकारी खाल्डोमा पुरेपछि त्यसको चौतर्फी विरोध भयो । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल स्वयंले कारोना संकटको समयमा यस्ता हर्कतले अझ धेरै क्षति पुगेको बताउँदै समामाजिक सञ्जालमा स्टाटस समेत लेखे ।
मन्त्री भुसालले तरकारी फालेको तस्वीर शेयर गर्दै लेखेका थिए, ‘अहिलेको संकटमा हामी सबैले केही न केही हानी बेहोर्नै पर्छ, तर हाम्रा यस्ता दुर्बुद्धिका कारण अझ ठूलो क्षति भएको छ । यस्ता हर्कत हुँदैनथे भने तरकारी, मासु र दूध उत्पादक किसानले यति बिघ्न दुःख पाउँदैनथे ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत जेठ १९ गते ‘कृषि उपज नष्ट गर्ने अवाञ्छित क्रियाकलापले कृषकहरूको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृंखला बिग्रन सक्ने, खाद्य संकटको अवस्था आउन सक्ने भन्दै कृषि उपज नष्ट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
यस्तै मन्त्रालयले कृषि उपजलाई देशभरमा निर्वाधरूपमा ओसारपसार गर्न दिन समेत आग्रह गरेको थियो । त्यसपछि गृह मन्त्रालयले कुनैपनि तरकारीका गाडीलाई नरोक्न आदेश दिएको थियो तर अहिलेसम्म पनि कृषि उपज नष्ट गर्ने र गराउनेलाई कारवाहीको प्रक्रिया भने अगाडि बढेको छैन ।
अर्कातर्फ नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन सकेका छैनन् । कतिपय किसानले उत्पादन गरेको तरकारी २ रुपैयाँ प्रतिकिलोमा समेत बिक्री भएको छैन । किसानहरू तरकारीलाई खाल्डोमा गाडेर कम्पोष्ट मल बनाउन बाध्य छन् ।
‘नामर्द’ मान्छे भएको देशमा हुने यस्तै होः कृषि विज्ञ पौडेल
‘नामर्द भएको देशमा हुने यस्तै हो,’ कृषि विज्ञ कृष्ण पौडेलले पोखरालगायत देशमा कोरोनाको कारण देखाउँदै तरकारी नष्ट गरेको विषयलाई लिएर काटाक्ष गरे ।
कृषिलाई जोड दिनुपर्ने अवस्थामा कृषकलाई नै निरुत्साहित गर्न स्थानीय तहको नेतृत्व सम्हालेका वडाध्यक्ष र प्रहरीले यसको अपमान गर्नुले ‘नामर्द’ भन्नुपरेको विश्लेषक पौडेलले बताए ।
यसले गर्दा भविष्यमा खाद्य संकट पर्नसक्छ । कृषक निरुत्साहित छन् । कोरोनाभाइरसको संक्रमणले गर्दा अर्थतन्त्र ठप्प भएको अवस्थामा कृषकलाई सरकारले प्रोत्साहन गर्नुको साटो यसले निरुत्साहित गरेको छ ।
यसको प्रभावस्वरूप भविष्यमा कृषकले आफूलाई मात्र चाहिने तरकारी र खाद्यन्न उत्पादन गर्न थाले भने नेपालमा खाद्यान्न संकट उत्पन्न हुने चिन्ता कृषि विश्लेषक पौडेलले व्यक्त गरे ।
‘यसरी किसानलाई निरुत्साहित बनाउँदै जाने हो र भविष्यमा कृषकले तरकारी तथा खाद्यान्न उत्पादन गर्न छाडे भने के हुन्छ ? उनीहरूले आफूहरूलाई मात्र चाहिने तरकारी उत्पादन गर्न थाले भने देशमा खाद्यन्न संटक आउन सक्छ,’ विश्लेषक पौडेलले लोकान्तरसँग भने ।
कोरोनाका कारण मुख्यरूपमा आयात हुने भारतमा पनि तरकारी र खाद्यान्नको संकट हुने अवस्था देखिन्छ, भारतले नेपाललाई तरकारी दिँदैनौं भन्यो भने नेपालमा यसको असर सस्तो पर्ला ? यसको विश्लेषण कसैले नगरेको पौडेलले बताए ।
लकडाउनमा ८५ मेट्रिकटन तरकारी आयत
नेपालमा गत चैत ११ गतेदेखि २०७७ जेठ २० गतेसम्म ८५.२५२ मेट्रिकटन अर्थात् १७ सय ४२ टन तरकारी आयत भएको छ । बन्दाबन्दीको ७१ दिनमा नेपालमा भारतबाट ५८ मेट्रिकटन तरकारी आयात भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।
उनले भने, ‘लकडाउनको अवधिमा नेपालमा भारतबाट ८५ मेट्रिकटनभन्दा धेरै तरकारी नेपाल भित्रिएको छ ।’
यस्तै गेडागुडी तथा दलहन ६७.४७ मेट्रिक टन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
लकडाउनको समयमा औसतमा दिनमा १ मेट्रिक टन अर्थात् साढे २० टनका दरले तरकारी भारतबाट आयात भएको छ । भारतबाट आयात हुने तरकारी अहिले पनि निर्वाधरूपमा नेपाल आइरहेको छ ।
तरकारीबाट भाइरस सर्ने सम्भावना लगभग शून्यः स्वास्थ्य विज्ञ
तरकारीबाट कोरोनाभाइरसको संक्रमण हुने सम्भावना लगभग शून्य हुने स्वास्थ्य विज्ञको भनाइ छ ।
‘कोरोना भाइरस तरकारी र फलफूलबाट सर्ने सम्भावना लगभग शून्य जस्तै हुन्छ,’ स्वास्थ्य विज्ञ समीरमणि दीक्षितले भने ।
कोरोनाभाइरस भनेको मान्छेमा लाग्ने भाइरस हो । यो भाइरस मानिसको शरीरबाट बाहिर लामो समय बाँच्न नसक्ने भएकाले फलफूलबाट कोरोना सर्ने सम्भावना न्युन भएको जनस्वास्थ्य विज्ञ दीक्षितले जिकिर गरे ।
सुख्खा हातले छोएको र बोरामा राखेको तरकारीमा भाइरस लामो समय नबाँच्ने दाबी उनले गरे ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...