कास्कीमा साढे ४ महिनापछि कोरोना संक्रमण

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

कास्कीमा साँढे ४ महिनापछि कोरोना संक्रमण देखिएको छ ।

चीनको वुहानबाट विश्वभर फैलिएको कोभिड–१९ नेपालमा ९ माघमा सर्वप्रथम देखा परेको थियो । चीनबाट आएका एक विद्यार्थीमा पहिलो संक्रमण देखा परेको हो । तर सो केसपछि तालनगरी पोखरामा साढे ४ महिनापछि कोरोना देखियो ।


Advertisement

गण्डकी प्रदेशअन्तर्गत बागलुङमा नेपालकै पाँचौ र छैटौं संक्रमित देखिँदासम्म पोखरेली कसैलाई हालसम्म कोरोना पुष्टि भएको थिएन । नेपालका ६५ जिल्लामा संक्रमण फैलिँदा कास्की चोखै थियो । छिमेकी जिल्लाहरु स्याङ्जा, नवलपुर, पर्वत, तनहुँ, म्याग्दी, लमजुङमा एकपछि अर्को कोरोना संक्रमित देखा परेका थिए । 

नेपालकै प्रमुख पर्यटकीय क्षेत्रसँगै घनाबस्ती रहेको पोखरामा कोरोना नदेखिनुलाई सुखद संयोग मानिँदैआएको थियो । शुक्रबार पोखरेली एक पुरुषसहित भोलिपल्टै शनिबार थप ३ जना कास्कीकै संक्रमित पुष्टि भएपछि भने यहाँ उच्च सतर्कता अपनाउन थालिएको छ । 

कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पारिनुका साथै लकडाउन मोडालिटी कस्तो बनाइने भन्नेबारेमा पनि जिल्ला प्रशासन कार्यालय कास्कीले तयारी थालेको जनाएको छ । 


Advertisement

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेडेट अस्पतालको रुपमा १८ चैतदेखि नै पीसीआर टेष्ट अघि बढाइएको हो । यद्यपि परीक्षण दर तीव्र पार्न प्रदेश सरकारले थप एक मेसिन खरिद गरी ३ पीसीआर मेसिनमार्फत कम्तिमा २८ हजार जनाको परीक्षण गरिने प्रदेश सरकारको लक्ष्य छ ।
 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्