कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
द्रूत गतिमा विकास हुँदै गएको नेपालको होटल तथा पर्यटन व्यवसायले देश विकासमा ठूलो टेवा पुर्याउँदै आएको देखिन्छ । विगत लामो समय मन्द गतिमा चलेको पर्यटन क्षेत्र १ दशकयता अत्यत्न राम्रो स्थितिमा रहेकोमा कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एक्कासी ब्रेक लागेको छ ।
अबका दिनमा कसरी चल्ने भन्ने अझै अन्योल छ । कोरोनाको विषम परिस्थितिमा विश्वभर मन्दी छाएको छ र यसको पूर्ण असर नेपालले पनि खेपिरहेको छ । त्यसमा पनि पर्यटन क्षेत्रलाई यसले नराम्ररी थल्याएको छ ।
वामे सरेर बिस्तार–बिस्तारै पाइला चाल्न थालेको नेपाली मैलिक र लोक खानाको विकास र विस्तारमा पनि महामारीका कारण एक्कासी ब्रेक लागेको छ । विदेशी पर्यटक नेपाल आउन केही समय लाग्ने हुँदा नेपाली मौलिक र लोक खाना चाख्ने विदेशी नै नहुँदा धेरैको चुलोमा यो कमै पाक्न थालेको छ भने अर्कोतिर विदेशमा रहेका नेपाली भने स्वदेश फर्केर आफ्नै देशमा बस्ने र कुटो कोदालो लिएर आफ्नै बाँझो खेतबारी कोतर्ने निश्चित छ । यसबाट पनि स्वदेशी उत्पादन बढ्ने र नेपाली मौलिक र लोक खानामा विविधता आउने छ ।
पर्यटन क्षेत्रमा विदेशी लगानी पनि त्यतिकै भित्रिएको देखिन्छ । पाँचतारे होटल पनि त्यतिकै थपिने क्रममा छन् । होटल क्षेत्रमा बढ्दो लगानीसहित दक्ष कामदारको माग पनि बढ्दै गएको छ । होटल व्यवस्थापन अध्यापन गराउने कलेज पनि बढ्दो क्रममा छन् । विद्यार्थीमा पनि यसको आकर्षण बढेको छ ।
विश्व पर्यटनको राम्रो गन्तव्यस्थल बनेको नेपालमा विदेशी खानाको ठूलो आकर्षणसँगै हाम्रा परम्परागत खानाहरू लोप हुने स्थिति देखिएको छ । सबैले विदेशी खानाको नक्कल गर्दै आफ्नो पहिचान हराउँदै गएको स्थितिमा होटल क्षेत्रका केही हस्ती तथा विज्ञले नेपालको परम्परागत खानाको जगेर्ना गर्नुपर्छ भनी लागिपरेको पनि देखिन्छ । विदेशीहरू नेपाली भूमिमा आउँदा नेपाली स्वाद चाखेर जाने इच्छा जाहेर गर्छन् । यस्तो अवस्थामा हामीले नेपालको पहिचान झल्कने भिन्न प्रकारको खाना खुवाउनुपर्ने स्थिति हुन्छ । यसको लागि हामीले हाम्रो खानालाई जोगाइराख्नुपर्ने विज्ञहरू बताउँछन् ।
नेपालको रैथाने खानालाई कसरी विश्वव्यापी गर्ने ?
काठमाडौं उपत्यका क्षेत्रको हावापानी सदैव एकनास जसो हुने हुँदा सबै विदेशीले बिदा मनाउने राम्रो गन्तव्यको रुपमा लिएको पाइन्छ । हामी त्यसै पनि कला संस्कृति र विविध जातजातिमा भिन्न–भिन्न खालका खाना खाने हुँदा हाम्रो देशको खाना विविध खानाको धनी देश मानिन्छ, मात्र यसको परिमार्जन र विकास गर्न जरुरी छ ।
नेपालमा हरेक जातजाति र ठाउँ अनुसार फरक खाना खाइन्छ । त्यस्तै हाम्रा विभिन्न चाडपर्वमा प्रयोग हुने खाना पनि फरक–फरक छ । विविधतामा एकता भएको नेपालमा विशेष गरी शहरी क्षेत्रमा विदेशी खानाको प्रयोग व्यापक भएको देखिन्छ । ग्रामीण इलाकामा अहिले पनि हाम्रो परम्परागत खानपान नै चल्दै आएको छ । यस्ता खानालाई हामीले एक विकसित रुप दिँदै विश्वसामु नेपाली खानाको आवश्यकता देखिन्छ ।
नेपाली पहिचान गराउनुपर्ने आजको खाना भनेर हामीले विदेशी ‘फ्युजन’ गरिएका खानालाई कदापी भन्न सकिन्न । हाम्रा आफ्नै परम्परागत नेपालीपन बोकेका खानाहरू छन् । यसका लागि हामीले खोज र अनुसन्धान गर्न जरुरी छ कि जसरी लोक गीत खोज्नको लागि हामी गाउँगाउँ पुगेर त्यहाँका स्थानीयसँग भेटेर भलाकुसारी गरी संकलन गरिन्छ, त्यसरी नै हामीले नेपाली खानाको खोज र अनुसन्धानको लागि देशका विभिन्न भागमा पुगेर त्यहाँको स्थानीयवासीले परापूर्वकालदेखि के खाँदै आएका छन्, त्यो बुझ्न जरुरी छ । नेपाली खानाका केही पुस्तक त प्रकाशित भएको भेटिन्छ तर ती खाना पूर्णरुपमा नेपालका आफ्नो मौलिक खाना भन्न नमिल्ने खालका देखिन्छन् । नेपाली खाना जात अनुसार फरक छ, धर्म अनुसार फरक छ, ठाउँ अनुसार फरक छ ।
काठमाडौंका नेवारले खाने खाना पूर्वको झापामा बस्ने नेवारले खाँदैनन् । मनाङमा बस्ने मनाङेहरूको खाना र चितवनमा बस्नेको खाना मिल्दैन । हरेक जिल्ला र प्रदेश अनुसार फरक–फरक खाना हुने हुँदा हामी नेपाली समग्रमा नेपाली मौलिक खानामा अत्यन्त धनी देश मानिन्छ । अहिले आएर हाम्रो मौलिक खानाको खोज तथा अनुसन्धान हुन शुरू भए पनि वास्तविक खानाहरू बाहिर आउन सकेका छैनन् । देशलाई विश्वभर चिनाउने एक प्रमुख हाम्रो मौलिक खाना पनि हो । यसको बेलैमा खोज र अनुसन्धान हुनु जरुरी देखिन्छ । यसका लागि वर्षाैंदेखि लागिपरेका व्यक्ति विशेषले ध्यान दिनुपर्ने प्रस्ट छ । यदि हामीले वैदेशिक खानालाई मात्र देशमा भित्र्याउने हो भने हाम्रा मौलिक खानाहरू लोप हुने स्थिति रहनेछ ।
हाम्रो देश खाद्य जडीबुटी तथा मसलामा पनि अत्यन्त धनी देश मानिन्छ । किनकि जडीबुटी तथा विभिन्न स्वादका मसलाहरू खानामा पनि प्रशस्त मात्रामा प्रयोग हुन्छन् । दाल, भात, तरकारी, गुन्द्रुक मात्र नेपाली परिकार होइन, हामीसँग सयौं मौलिक खाना छन् । अहिलेको जस्तो आधुनिक युगमा आइपुग्दासम्म पनि नेपालले आफ्नो मौलिक खानाको खोज तथा प्रवद्र्धन गर्न नसक्नु एउटा दुःख कुरा हो । अहिले आएर केही यही पेशाका अग्रजले यसलाई छिटोभन्दा छिटो प्रबद्र्धन गर्नुपर्छ भनी लागिपरेकोमा सबैले सराहना गरेका छन् ।
नेपाली मौलिक खानालाई व्यवस्थित गर्न सके अन्तर्राष्ट्रिय रुपमा विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । स्थानीय नेपाली रैथाने खानाको परिकारलाई विश्वव्यापीकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले विभिन्न व्यक्ति विशेष तथा संघसंस्थाले आयोजना गरेका ‘फूड फेस्टिबल’ले पनि नेपाली खानालाई जगेर्ना गर्न ठूलो टेवा पुर्याएको तर नेपाली वास्तविक खाना हालसम्म बाहिर नआएको कुरा एकतर्फी विज्ञहरूको भनाइ छ ।
होटल एसोसिएसन नेपालको संयोजनमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल र सेफ एसोसिएसन नेपालले नेपाली मौलिक खानाको प्रबद्र्धन अभियान शुरू गरेको पनि निकै समय बितिसक्यो तर वास्तविक नेपाली मौलिक खानाको खोज तथा अनुसन्धान पूरा भएको छैन । धेरैलाई अझै पनि नेपाली खाना भनेको दाल, भात, मःम, चाउमिन नै सोच्छन् तर वास्तविक यी खानाहरू हाम्रा मौलिक र परम्परागत खाना होइनन् । खाना प्रत्यक्ष रुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने सबैको दाबी छ । हाम्रो नेपाली मौलिक खानामा पर्याप्त मात्रामा क्यालोरी भए पनि यसलाई विश्वव्यापी बनाउन यसको परीक्षण गर्नु जरुरी छ । विश्वमा सामान्यतया २०० देखि ३०० क्यालोरीसम्मको खानालाई सन्तुलित खाना मानिन्छ ।
खानाकै माध्यमबाट नेपालको छविलाई प्रचारप्रसार र विश्वव्यापीकरण गर्न सके हाम्रो पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्नेछ । हाम्रो देश धेरै जातजाति, भाषाभाषी, बहुसंस्कृति भएको हुँदा हाम्रा मौलिक खानाहरू पनि फरक–फरक छन् । नेपाली खानाको इतिहास धेरै पुरानो नभए पनि यसको संरक्षण गर्न नसक्दा हाम्रो आफ्नो मौलिक खानाहरू अतिक्रमण हुँदै गएका छन् । नेपालीहरू अहिले विश्वभर ८० देशमा छरिएर रहेका र ती हरेक देशमा नेपाली खाना प्रचारप्रसार गर्न सजिलो हुने प्रस्ट छ । स्थानीय नियोग, गैरआवासीय नेपाली संघ, स्थानीय नेपाली होटल तथा रेस्टुरा व्यवसायीमार्फत पनि नेपाली मौलिक खानाको प्रचारप्रसार गर्न सकिन्छ । यसका लागि हामीले सबैभन्दा पहिला हाम्रो मौलिक र परम्परागत खानाको खोज र अनुसन्धान गरी एकमुष्ट रुपमा परिमार्जित गर्नुपर्ने हुन्छ ।
एक सर्वेक्षण अनुसार नेपाल घुम्न र विभिन्न मनसायले व्यावसायिक रुपमा भित्रिने पर्यटनले खानाको लागि मात्र ४० देखि ५० प्रतिशत रकम छुट्याएको देखिन्छ । यो हिसाबले पनि उनीहरू नेपाल आउँदा पक्कै पनि नेपाली स्वाद चाख्न खोजिरहेका हुन्छन्, त्यस्तो अवस्थामा हामीले हाम्रो मौलिक खाना पस्किन सकेको खण्डमा उनीहरूले आफ्नो देश फर्कंदा हाम्रो खानाको गुणगाण लिएर जान्छन् । त्यसकारण हामीले हाम्रो देशको मौलिक र परम्परागत खानालाई छिटोभन्दा छिटो व्यवस्थित तर परिमार्जन गरी प्रचारप्रसारमा ल्याउनु अति आवश्यक भइसकेको देखिन्छ ।
जापान, फ्रान्स, चीन, भारत, इटली, लेबनान, अमेरिका, अस्ट्रेलिया, भियतनाम, थाइल्याण्ड, बर्मेली, इन्डोनेसियन, मलेसियनहरूका आफ्नो मौलिक खाना विश्वभर प्रसिद्ध भए जस्तै हाम्रो मुलुकको मौलिक र परम्परागत खानालाई विश्वभर चिनाउन सकिन्छ । हामीसँग नेपाली मौलिक खाना यतिधेरै छन्, जुन हामीले अन्य देशमा भेटेका छैनौं ।
नेपाली मौलिक तथा परम्परगत खाना, पेय पदार्थ, सुप तथा गुलियो सामग्रीलाई हामीले क्रमिक रुपमा परिमार्जन गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रथम, द्वितीय, तृतीय, चौथो गरी क्रमबद्ध रुपमा सेट गरेर सुप, सलद, मेन कोर्स र डेजटको रुपमा विकास गर्न सकिन्छ । हाम्रा मौलिक चिया तथा कफीलाई पनि नेपाली पारामा पस्किन सकिन्छ । हार्ड पेय पदार्थ तथा सफ्ट पेय पदार्थ पनि हाम्रा आफ्नै मौलिक प्रशस्त मात्रामा छन्, जसलाई मात्र हामीले आफ्नोपन दिएर गर्व गर्न सकिन्छ ।
अन्तमा, आधुनिकीकरणका नाममा सस्तो लोकप्रियताका लागि हामीले हाम्रो लोक र मौलिक खानालाई विदेश खानासँग दाजेर बिगार्न खोज्यौं भने हाम्रो परम्परागत खानाको बलात्कार हुने र मौलिक पहिचान हराउने हुँदा यसो कहिले गर्नु हुँदैन । क्षेत्रगत पहिचान गरेर संरक्षण र प्रवद्र्धन गर्नु आजको आवश्यकता हो ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...