×

NMB BANK
NIC ASIA

झण्डै ३ महिनापछि सार्वजनिक यातायात सञ्चालन हुन दिने चर्चा, यसरी हुँदैछ तयारी

जेठ २८, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण बढ्दै गएपनि नेपालमा पछिल्लो केही दिनयता लकडाउन बिस्तारै खुकुलो भइरहेको छ । 

Muktinath Bank

कतै सुरक्षाकर्मीले रोक्दारोक्दै अवज्ञा भएका छन् भने कतै सुरक्षा निकायले आँखा चिम्लिएको अनुभूति हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका कारण देशको अर्थतन्त्र नै संकटमा छ । आर्थिक गतिविधि न्यून छ, उद्योगधन्दा सामान्य अवस्थामा चल्न पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

सबैभन्दा बढी प्रभावित कुनै क्षेत्र छ भने त्यो हो सार्वजनिक यातायात । चैत ११ गते लकडाउन शुरू भएयताका ७९ दिनमा सार्वजनिक यातायात ठप्पप्रायः छ ।

Vianet communication

निजी सवारी साधन र पैदल यात्रुको चाप सडकमा बढिरहेका बेला सार्वजनिक यातायातलाई पनि सञ्चालनमा ल्याउनुपर्ने माग यातावात व्यवसायीहरूको छ ।

देशमा कोरोनाको जोखिम घट्नुको साटो बढिरहेका बेला सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने मागलाई बेवास्ता गर्ने अवस्थामा पनि सरकार छैन ।

विद्यमान अवस्थामा सार्वजनिक यातायातलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर यातायात व्यवस्था विभागले तयारी गरिरहेको छ ।

मस्यौदाकै रूपमा रहेको प्रस्तावमा सार्वजनिक यातायात सञ्चालन गर्दा ड्राइभरका लागि अनिवार्य पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र छुट्टै क्याबिनको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

‘सार्वजनिक यातायात सबैभन्दा धेरै जोखिम भएको क्षेत्र हो । दैनिक हाजारौं मानिसहरू ओहोरदोहोर गर्छन् । ड्राइभरलाई कोरोनाभाइरसको जोखिमबाट बचाउनुपर्छ । त्यसका लागि कम्पनीहरूले अनिवार्य पीपीईको व्यवस्था गर्नुपर्ने निर्देशिका आउँदैछ,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालले लोकान्तरसँग भने ।

निर्देशिका अन्तर्राष्ट्रिय ‘प्रोटोकल’ र विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नका लागि गरेको निर्देशअनुसार ल्याउन लागेको महानिर्देशक हमालले बताए ।

गाडीमा अनिवार्य स्यानिटाइजर

सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्यरूपमा स्यानिटाइजर बोक्नुपर्ने छ भने सवारी साधनमा पनि राख्नुपर्नेछ ।

मास्क र सामाजिक दूरी पनि अनिवार्य गर्ने प्रस्ताव तयार भइरहेको छ ।

पैसा राख्ने भाँडो 

सार्वजिक यातायातमा हातले छोएर भाडा लिन नपाउने व्यवस्था गर्न लागिएको छ, त्यसका लागि गाडीमा भाडा उठाउनका लागि अनिवार्य एउटा भाँडोको व्यवस्था गर्नुपर्नेछ ।

यात्रुहरूले भाडाका लागि खुद्रा पैसा बोकेर हिँड्नुपर्नेछ । 

‘यो हामीले कोरोनाबाट जोगिनका लागि गरेको हो, यसमा कसैले झञ्झट मान्न पाउने छैनन्,’ महानिर्देशक हमालले भने, ‘प्रविधिको जमानामा क्यास पैसाको साटो अन्य प्रविधि पनि प्रयोग गर्न सकिन्छ नि !’

आधा घण्टामा हिँडेर पुग्ने ठाउँमा हिँड्न प्रोत्साहन गरिने प्रस्तावमा उल्लेख छ, यस्तो छोटो दूरीका लागि सवारी साधनहरूले यात्रु चढाउन पाउने छैनन् ।

एकपटक मानिस बोकेपछि डिसइन्फेक्सन

कोरोना संक्रमणको जोखिम कम गर्न सवारी साधनले एकपटक मानिस बोकिसकेपछि डिसइन्फेक्सन (निर्मलीकरण) गर्नुपर्नेछ ।

उदाहरणका लागि रत्नपार्कबाट भक्तपुरसम्म एउटा बसले मानिस लगेपछि भक्तपुरमा डिसइन्फेक्सन गर्नुपर्नेछ भने लामोदुरीका सवारी साधनले मानिसहरू पुर्‍याइसकेपछि स्यानिटाइज गर्नुपर्ने व्यवस्था ल्याउन लागेको महानिर्देशक हमालले बताए ।

सवारी साधनमा कसरी कोभिड–१९ को संक्रमणबाट जोगिन सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विज्ञलगायतसँग छलफल गरेर अन्तिम निर्णय लिइने महानिर्देशक हमालले बताए ।

कार्यान्वयनको पाटो अप्ठ्यारो छ : ट्राफिक प्रहरी

कोभिड– १९ संक्रमण बढिरहेको अवस्थामा सार्वजनिक यातायात सञ्चालन गरेर प्रास्तावित नियमहरू कार्यान्वयन गर्न कठिन हुने ट्राफिक प्रहरीको बुझाइ छ ।

यातायात व्यवस्था विभागले निर्देशिका जारी गरेर सञ्चालन गरेपनि कार्यान्वयन गराउने पाटो प्रहरीकै भएकाले कम जनशक्तिले अप्ठ्यारो हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताए । 

‘यस्तो समयमा सार्वजनिक यातायात सञ्चालन गर्दा कार्यन्वयन गर्न समस्या छ,’ उनले भने, ‘हामीसँग अहिले जनशक्ति कम रहेकाले यसका लागि ठाउँ–ठाउँमा चेकपोस्ट राखेर गर्नुपर्ने गर्न कठिनाइ हुने देखिन्छ ।’

प्रहरीको आँखाअगाडि नियम पालना गरेजस्तो गर्ने अलिकति तल गएपछि फेरि मान्छे कोचेर लैजाने प्रवृत्तिका कारण पनि असहज हुने एसएसपी ढकालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x