×

NMB BANK
NIC ASIA

पोखरा महानगरको नीति तथा कार्यक्रम : पुरानै योजनाको निरन्तरता, कोरोना नियन्त्रणलाई बेवास्ता

असार १०, २०७७

NTC
Premier Steels

पोखरा महानगरपालिकाले आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।

Muktinath Bank

महानगर प्रमुख मानबहादुर जिसीले महानगरको सातौं नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजनालाई निरन्तरता दिइएको छ भने कोभिड–१९ ले आक्रान्त बनिरहँदा यसतर्फ भने खासै चासो दिएको देखिँदैन । 


Advertisment
Nabil box
Kumari

सडक सबै पूर्वाधारको पनि पूर्वाधार हो भन्दै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छ । 

Vianet communication

महानगरका सबै ३३ वटै वडालाई एकापसमा स्तरीय सडक सञ्जालबाट जोड्ने लक्ष्यसहित अघि बढे पनि कोभिड– १९ का कारण लक्ष्य प्राप्ति नभएकाले आगामी आवमा समेत सडक सञ्जाल कार्यक्रमको निरन्तरता दिइएको छ ।

चालू आवमा सम्पन्न गर्ने गरी प्राथमिकताको आधारमा अगाडि बढाइएका सडकमा ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन भएकोमा १२ सडकमा ६० किमी बाटो ग्राबेल र १३ किमी कालोपत्रे भएको जनाइएको छ । 

पोखरा सिर्जना चोकमा आकाशेपुल फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसन कार्य भइरहेको छ । जुन आकाशेपुल पोखरामै पहिलो हुनेछ । 

लेक टु लेक, केभ टु केभ जोड्ने सडकको स्तरोन्नति गरिएको छ, जसमा फेवातालदेखि बेगनासतालसम्म सिधा बस सेवा सञ्चालन गरिएको छ ।

पोखरा सभागृह मर्मत सम्भार कार्य अगाडि बढाइएको छ ।

पोखरा ३२, लामेआहालमा पोखरा क्षेत्रीय बसपार्क निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको जनाइएको छ । 

लामो समयदेखि अधुरो रहेको बसपार्क निर्माणमा जोड दिँदै क्षेत्रीय बसपार्क निर्माण कार्यमा जोड दिइएको छ । 

निर्माणाधीन पर्यटक बसपार्क निर्माण सम्पन्न गर्न समन्वय गर्दै पृथ्वीचोकमा सिटी बस टर्मिनल निर्माण गरिनेछ । 

सडक स्तरोन्नति गर्दै ट्राफिक लाइट, पार्किङ तथा सर्भिस स्टेसन, चार्जिङ स्टेसन, पैदल मार्ग निर्माण गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड र बेगनास क्षेत्र जोड्नको लागि फास्टट्रयाक निर्माण, विश्व बैंकको सहकार्यमा तालचोक बेगनास सडकलाई नमुना सडकको रूपमा विकास, सहरी क्षेत्रमा ओभरहेड र सब–वे संरचना निर्माण, महानगरभित्रका सडकलाई २ वर्षभित्र नमूना सडकको रूपमा विकास गर्ने तथा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधालाई सबै नागरिकका लागि समान प्रक्रियाको सुनिश्चिता दोहोर्‍याइएको छ । 

एक घर, एक धारा खानेपानी आयोजनालाई आगामी यस आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ । 

एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सीमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न आवश्यक पहल गरिने गरी सामाजिक सुरक्षा सहायता थप कार्यको निरन्तरता छ ।

महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिताको सम्मानसहित पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता दिइएको छ । 

उपप्रमुखसँग महिला कार्यक्रम दोहोरिएको छ । 

कला संस्कृति तथा भाषातर्फ सामान्य सम्बोधन गरी विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा, स्थानीय भाषा व्याकरण तयारी गरी  लागू गर्न शुरुआत गरिने जनाइएको छ भने कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ । 

संस्थागत विकास, कृषक क्षमता अभिवृद्धि, प्रविधिको सदुपयोग, भूमिको व्यवस्थापन, भूमि बैंकको स्थापना, योजनावद्ध व्यवसायिक उत्पादन प्रणाली, बाली तथा पशु बिमा, सुलभ ऋण, बाली सुरक्षा, पशु सुरक्षा, स्थानीय रैथाने बालीहरूको विस्तार, कृषक वर्गीकरणजस्ता कार्यक्रम सञ्चालन गरी खाद्यसुरक्षा तथा पोषण सुनिश्चित गरिने भएको छ  । 

खेलकुदको विकासतर्फ महानगरीय खेलकुद विकास समिति गठन गरिने भएको छ ।

महानगरपालिकालाई ‘समुन्नत पर्यटकीय पोखरा’ सोचलाई व्यवहारमा रुपान्तरण गर्न लागि ७ बुँदे मार्गनिर्देशित सिद्धान्त विकास गरिने भएको छ । 

कोरोना भाइरस न्यूनीकरणको लागि महानगरले त्यसतर्फ बेवास्ता गरेको छ । महानगरमा मात्र १० स्थानमा क्वारेन्टाइन निर्माण गरिएको बताइए पनि थप योजना उल्लेख छैन । 

आगामी दिनमा स्वास्थ्य सचेतना, राहत वितरण, रोजगारी सिर्जना लगायत केही पनि योजना नीति तथा कार्यक्रममा परेका छैनन् । 

कोरोना संक्रमणसँग जुध्न महानगरभित्र प्रदेश सरकारको समन्वयमा विशिष्टकृत अस्पताल स्थापना एवं सञ्चालनको नीति लिइने मात्र उल्लेख छ ।

पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल भएपनि कोरोनाले थला परेको पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा के गर्ने भन्नेबारे योजना छैन । 

अमूर्त भाषामा भनिएको छ, ‘कोभिड–१९ को कारणले उत्पन्न बन्दाबन्दीले समग्र पर्यटन क्षेत्रमा परेको प्रतिकूल असरबाट मुक्त बनाएर पुनः सञ्चालन गर्न जोड दिइने छ ।’

महानगरका क्वारेन्टीनमा ४ सय ६३ जना बसेकोमा यस अवधिमा ४ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ, तीमध्ये १६ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

अझै पनि महानगरमा १ सय ८७ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x