×

NMB BANK
NIC ASIA

गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या साढे ९ सय पुग्याे

असार १५, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

गण्डकी प्रदेशमा गएको २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन्। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको छ। 

Muktinath Bank

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गरी  तनहुँ, बागलुङ, पर्वत, गोरखा र स्याङजामा गरी ४९ नयाँ संक्रमित फेला परेको पुष्टि गरेको हो। तीमध्ये ९ जना महिला छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा बढी संक्रमित बागलुङका १४ जनामा देखिएको छ। जसमा बागलुङ नगरपालिकाका ४ पुरुष, गलकोटका ९ जना पुरुष र १ महिला छन्। 


Advertisment
Nabil box
Kumari

पर्वतमा १३ जना पुरुष संक्रमित थपिएका छन् । सदरमुकाम कुश्माका ३, फलेबासका २, पैयुँका २, बिहादीका २, जलजलाका १, महाशिलाका २, मोदीका १ जना पुरुष छन्। 
१० संक्रमित थपिएको तनहुँको घिरिङ १ महिला, बन्दिपुरका ५ महिला, ४ पुरुष छन्। 
स्याङ्जा वालिङ नगरपालिकाका ७ पुरुष र १ महिला गरी ८ जना, गोरखाको भीमसेनका ५, सिरानचोकका १ जना पुरुष गरी ६ जना नयाँ संक्रमित थपिएका छन्। 
उनीहरु सबै जनाको नमुना परीक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो। 

Vianet communication

यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा स्याङ्जा चापाकोट नगरपालिकाका १ महिला र १ पुरुषमा कोरोना भाइरसबाट संक्रमित भएको पत्ता लागेको छ।

गण्डकी प्रदेशकै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १६ जना कोरोना संक्रमित निको भइ सोमबार घर फर्केका छन् । आइतबारको विवरण अनुसार  स्याङ्जा, म्याग्दी, तनहुँ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ७५ जना कोरोना संक्रमित निको भइ घर फर्केका थिए ।  प्रदेशमा डिस्चार्ज हुनेको संख्या कुल २ सय १४ पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जनाए ।

गण्डकी ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x