कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूले सिंगो राष्ट्र एक भएर कोभिड– १९ महाव्याधिविरुद्ध र राष्ट्रियताको पक्षमा लड्नुपर्ने समयमा पार्टीभित्र अंक गणितीय खेलमा नलाग्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
उनीहरूले पार्टी एकताको समयमा जस्तै चामत्कारिक निर्णय गरेर निकाश दिन प्रचण्डलाई आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बिहीवार भएको छलफलमा ओलीपक्षीय नेताहरूले मिलेर सहमतिमा अगाडि बढ्न प्रस्ताव गरेका भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
‘मुलुकमा दक्षिणपन्थी शक्तिको भयंकर लहर चलेको समयमा मुलुकका अगाडि देखिएको समस्या समाधानका लागि सिंगो राष्ट्र एक भएर अगाडि बढ्नु पर्नेछ । कोरोनाका कारण मै हुँ भन्ने शक्ति राष्ट्रहरू समेत आच्छु आच्छु परेको समयमा अहिले पार्टीमा विवाद गरेर बस्नु हुँदैन भन्यौं,’ बैठकबारे मन्त्री ज्ञवालीले भने, ‘पार्टी एकढिक्का हुँदा त कारोना संकट र जनतामा देखिएको निराशा सम्बोधन गर्न सकेका छैनौं भने यो बेला अन्य विवादमा नलागौँ ।’
अहिलेको राजनीतिक परिवर्तनको संवाहकका हैसियतले अग्लो ठाउँमा बसेर देशको अवस्थाको मूल्यांकन गर्न उनीहरूले प्रचण्डलाई आग्रह गरेका थिए । ‘नेकपाका कार्यकर्ता मात्र होइन देशको र जनताको भाग्य र भविष्यसँग जोडिएको विषय हो । अग्लो ठाउँबाट हेरेर निर्णय गर्नुस् । पार्टी एकताको बाँकी काम पूरा गर्नुस् । अंक गणितीय खेलमा नलाग्नुस्,’ बैठकमा आफूहरूले दिएको सुझावबारे ज्ञवालीले लोकान्तरसँग भने ।
अंक गणितीय हिसाबमा जाँदा यसको असर तलसम्म जाने भएकाले अहिले बहुमतका आधारमा कसैलाई हटाउने काममा नलाग्न उनीहरूले सुझाव दिएका थिए ।
'गणितको खेलमा नलाग्नुस्, गणित त बदलिरहन्छ, आज एउटा पक्षसँग गणित होला, भोलि अर्को पक्षसँग हुनसक्छ, त्यसैले गणितीय हिसाबले टुंगोमा पुग्नु हुँदैन,' प्रचण्डलाई दिएको सुझाव स्मरण गर्दै ज्ञवालीले लोकान्तरसँग भने ।
जवाफमा प्रचण्डले आफूले एकताका लागि त्याग गरेपनि त्यागलाई कमजोरी ठानिएको गुनासो गरेका थिए ।
‘त्यो कुरापनि दुई अध्यक्ष बसेर मिलाउनुस्, पार्टी कमिटीबाट त्यसको निर्णय हुन सक्दैन । एकताको कुरा पनि प्रक्रियागतभन्दा तपाईंहरू दुईजना मिलेर भएको हो, हामीहरूले समर्थन गरेको मात्र हो,’ प्रचण्डलाई दिइएको सुझावबारे ज्ञवालीले भने ।
प्रचण्डले पटक–पटक विश्वासको संकटका कारण अहिलेको अवस्था आएको बताएका थिए । बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...