×

NMB BANK
NIC ASIA

कांग्रेसकाे महाधिवेशन निर्धारित समयमै, कार्यतालिका हेरफेर

असार २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

नेपाली काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।

Muktinath Bank

काँग्रेसको साेमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी/पुनरावेदन दिइसक्नुपर्ने अवधि कात्तिकसम्म, उजूरी÷पुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि मङ्सिर १५ गतेसम्म, नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि मङ्सिर २५ गतेभित्र र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिर मसान्तभित्र तोकिएको छ । 

Vianet communication
Laxmi Bank

त्यसैगरी गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन  आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरिएको छ । 

बैठकले सङ्घीय संसद्मा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग काँग्रेस निरपेक्ष रहेको स्पष्ट पार्दै बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।

बैठकले खेतीको मौसममा कृषकलाई तत्काल मलबीउ उपलब्ध गराउन र राहत प्याकेजको व्यवस्था गर्न तथा कोभिड-१९ संक्रमणको रोकथाम र तयारीका साथै बन्दाबन्दीबाट आर्थिक–सामाजिक जीवनमा देखापरेको समस्या समाधानमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x