लकडाउनमा तीन लाख नेपाली स्वदेश फर्किए

लकडाउन यता तीन लाख नेपाली स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति देशवासीका नाममा सम्बोधन गर्दै लकडाउनको अवधिमा तीन लाख १२ हजार एक सय १८ नेपाली स्वदेश फकिएको जानकारी दिएका हुन्।


Advertisement

उनका अनुसार लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकबाट २३ हजार २ सय ५४ जना नेपाली स्वदेश फर्किएका हुन्। नेपालमा गत चैत ११ गतेदेखि लकडाउन लागू भएको हो।

प्रम ओलीले प्रस्तुत गरेको तथ्यांक अनुसार असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपाली कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३५ रहेको छ।   २३ हजार ९ सय १० जना क्वारेन्टिनमा छन्।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्