परीक्षणको दर घट्दा लगातार दोस्रो दिन सयभन्दा कम भेटिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

फाइल फोटो

परीक्षण निरन्तर घटिरहँदा नेपालमा कोभिड-१९ पुष्टि हुनेको दैनिक संख्या पनि घट्ने क्रममा छ ।

लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या दोहोरो अंकमा सीमित भएको छ ।


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।

नेपालमा कोभिड- १९ संक्रमितको संख्या कुल संख्या भने १६ हजार ८०१​ पुगेको छ ।


Advertisement

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक ७ हजारभन्दा माथि पुगेको परीक्षण घटेर अहिले ३ हजारमा झरेको हो । परीक्षण घट्दा संक्रमण पुष्टि हुने दर पनि घटिरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

धनुषा    १९
सुर्खेत    ११
कालीकोट    ७
तनहुँ    ६
काठमाडौं    ५
चितवन    ५
बाग्लुङ    २
पर्वत    २
डडेल्धुरा    २
कैलाली    २
रुकुम पश्चिम    २
लमजुङ    २
मोरङ    २
झापा    १
सर्लाही    १
सिन्धुपाल्चोक    १
मकवानपुर    १
सिन्धुली    १
ललितपुर    १
सोलुखुम्बु     १
नवलपुर    १
स्याङ्जा    १
गोरखा    १
गुल्मी    १
पाल्पा    १
दैलेख    १
बझाङ    १
दार्चुला    १

संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

उनका अनुसार कुल संक्रमितको ५१.१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।

मृतकको संख्या भने ३८ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्