×

NMB BANK
NIC ASIA

मैथिली साहित्य क्षेत्रमा अशोक दत्त अति नै लोकप्रिय साहित्यकार हुन् । मैथिली भाषाका गीत, कविता तथा गजल क्षेत्रमा उनको कलम निरन्तर रुपमा चल्दै आएको छ ।

Muktinath Bank

उनले अन्य विधाहरू कथा, नाटक, धाराबाहिक, लघु फिल्म जस्तो क्षेत्रमा समेत कलम चलाउने गरेका छन् तर उनी मुख्य रुपमा मैथिलीमा लेखिएका गीतका कारण चर्चामा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधाम उपमहानगर स्थायी निवासी दत्तले स्नातकसम्मको शिक्षा प्राप्त गरेका छन् । २०५० सालमा जनकपुरधाम नगरपालिका नै थियो, ब्रिषेश चन्द्रलाल प्रमुख तथा हालका मेयर लालकिशोर साह त्यतिबेला उपप्रमुख थिए । नगरपालिकाले तिरहुत रनिङ शिल्ड कार्यक्रम आयोजना गरेको थियो । 


Advertisment
Nabil box
Kumari

मैथिली भाषामा मौलिक गीत तथा कविता लेख्ने प्रतियोगिता सञ्चालन हुँदा दत्तले एउटा गीत लेखेका थिए । ‘केही न केही लेख्नुपर्छ भनेर रातभर जागेर आफ्नै शैलीमा कविता लेखेको थिएँ,’ दत्तले भने, ‘संयोगवश कविता यति मौलिक र राम्रो भइदियो कि मेरो कविता नै त्यस प्रतियोगितामा उत्कृष्ठ हुँदै पुरस्कृत पनि भयो ।’ पहिलो पटक लेखेको कवितामा नै पुरस्कार पाएपछि साहित्य लेखनमा उनी हौसिएका थिए ।
 
लगत्तै त्रिभुवन विश्वविद्यालयको राराब क्याम्पसका प्राध्यापक शीबेन्द्र लाल कर्णले उनलाई प्राध्यापक जानकी रमण लालको घरमा आउन बोलाएका थिए । उनी त्यहाँ पुग्दा जनकपुरका स्थापित प्राध्यापकहरू डा. राजेन्द्र बिमल, डा. भोगेन्द्र झा ब्यथित, जयकृष्ण गोईत, ईश्वर ढुंगेल लगायत बसिरहेका थिए । उनी ती दिग्गज प्राध्यापकसामु पुग्दा साहित्यबारे नै छलफल भइरहेको थियो ।

Vianet communication

त्यहाँ उनीमाथि प्रश्न तेर्सियो – त्यो कविता तिमी आफैंले लेखेको हो ? कसरी लेख्यौ ? दत्तले आफूले दिएको जवाफ सम्झिए, ‘मैले आफैंले लेखेको, भाव र विचार जे आयो त्यो लेखें भनेर मैले जवाफ दिएँ । त्यसपछि उहाँहरू धेरै खुशी हुँदै यसरी नै निरन्तर कविता लेख्ने काम गर, हामीबाट जे सहयोग चाहिन्छ, गर्न तयार छौं भन्दै हरिमोहन झाद्वारा लिखित ‘पाँचपत्र’ नामक पुस्तक पढ्नका लागि दिनुभयो ।’

‘तिमीमा राम्रो सम्भावना छ, साहित्यका विभिन्न पुस्तकहरू अध्ययन गर र तिम्रो नामले जनकपुरमा हामी सबैले गौरव गर्नुपर्ने दिन समेत आउन सक्छ भन्दै ती गुरुहरूले सुझाव समेत दिनुभयो,’ उनले सम्झिए, ‘चाहे जस्तोसुकै परिस्थिति किन नआओस् लेख्ने काम चाहिँ बन्द नगर्नु, एक छाक खाना नखाए पनि केही हुन्न तर लेख्ने कामलाई भने निरन्तरता दिँदै जानु भनेर सुझाव दिनुभयो ।’
 
जनकपुरका चर्चित साहित्यकारहरू रमेश रंजन, रोशन जनकपुरी सहितका कविसँगै प्रत्येक हप्ताको शनिवार साहित्यकार डा. राजेन्द्र बिमलको घरमा जाने, सबैले लेखेका कविता, कथासहित विभिन्न रचनाबारे एकले अर्कोको सुन्ने, समीक्षा गर्ने, टिप्पणी गर्ने तथा सबैलाई सुधार गर्दै झन् परिष्कृत गर्ने काम डा. बिमलले गर्न थालेका थिए । साहित्यकारको संगतले उनी झन्झन् लेखनको कामलाई निरन्तरता दिँदै अगाडि बढ्न थाले । परिणामस्वरूप आजसम्म मैथिली भाषामा ५०० वटासम्म गीत तथा कविता, नेपाली भाषामा ३० वटा गीत र भोजपुरी भाषामा समेत ७ वटा गीत लेखेको उनी बताउँछन् । 

उनले ‘ममता’, ‘हमरा लग रहब’, ‘प्रेमक दिबाना’, ‘मिथिला मखान’ जस्ता मैथिली सिनेमाका लागि गीत लेखेका छन् । निर्माणाधीन मैथिली फिल्म ‘सजना सिनेहिया’का लागि पनि गीत लेखेको उनले बताए । भोजपुरी सिनेमा ‘लगाई दिही हुक राजाजी’का लागि पनि उनले गीत लेखेका थिए । त्यसबाहेक मैथिली लघुफिल्म ‘संकल्प’, ‘इजोत’, ‘मकडजाल’, ‘हँसैत भोर’, ‘भूख’, ‘भट्ठीबाली’मा समेत गीत लेखेका छन् ।

उनले संकलन गरेका मैथिली लोकगीतका थुप्रै एल्बमहरू पनि बजारमा ‘सुपरहिट’ भएका थिए । ‘गीत घरघरके’ क्यासेट भारतको टी सिरिज कम्पनीमा रेकर्डिङ भएर बजारमा आउँदा नेपाल र भारत दुवै देशमा लोकप्रिय भएको थियो । अहिले पनि अधिकांश सांस्कृतिक कार्यक्रममा त्यो एल्बमको गीत गाउने तथा ती गीतमा नृत्य गरिने हुँदा लोकप्रिय नै रहेको उनी बताउँछन् । त्यसबाहेक ‘सामा चकेवा’, ‘परिछनसँ समदाओन’, ‘छठ’ लगायत लोकगीतको एल्बमका लागि समेत उनले गीतहरू संकलन गरेर लेखेका छन् । 

उनले लेखेका ‘छौंडा तोरा बज्जर खस्तौ’, ‘हम्मर धकधक्की बढइए’ जस्तो मैथिली एल्बमहरू पनि लोकप्रिय भएका थिए । ‘मैया भवानी विनती सुनू हमर’, ‘मुँह मिस्री आ बोल करैला’, ‘लेहूआएल आंचर’, ‘खोता सिङार’, ‘चुनौती’ लगायत दर्जनौं मैथिली एल्बमका लागि उनले गीत लेखेका छन् ।

त्यसबाहेक जनकपुरधाम उपमहानगरपालिका कार्यालयका लागि ‘जनकपुरधाम गान’, ‘मिथिला गान’, ‘मधेश गान’ सहित थुप्रै स्वागत गानहरू पनि उनले लेखेका छन् । नेपाली भाषामा समेत ‘मुटुभरि माया’, ‘तिम्रो प्रीतिमा’ एल्बमका लागि उनले गीत लेखेका छन् । 

‘संघर्षक पथ पर’ नामक मैथिली कविता र गजल संग्रह कृतिको रुपमा प्रकाशन गरिसकेका उनले ‘राग तान’ नामक अर्को मैथिली गीत संग्रह लेखर प्रकाशन पनि भएर विमोचनको पर्खाइमा रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमण हुँदा जनकपुरधाम उपमहानगरले गरेको नागरिक अभिनन्दन समारोहमा दिइएको अभिनन्दन पत्रका शब्दहरू पनि उनले नै लेखेका थिए ।  

साहित्य रचनाका लागि २०७४ सालमा नेपाल सरकारले उनलाई ‘जनसेवा श्री’ पुरस्कार, २०७६  सालमा ‘विद्यापति स्मृति पदक’ लगायत सम्मान प्रदान गरिएको छ । 

खेलकुदमा पनि अब्बल ‘उत्कृष्ठ बलर’

जनकपुरको सरस्वती स्कूलमा १० कक्षासम्म पढिरहँदा उनी ब्याडमिन्टन खेल्ने गर्थे । २०३९ सालमा उनी काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भएका थिए तर जब उनी प्रविणता प्रमाणपत्र तहको अध्ययनका लागि जनकपुरकै राराब कलेज पुगे, ब्याडमिन्टनका खेलाडी क्रिकेट खेलाडीका रुपमा परिवर्तित हुन पुगे । एक पटक कलेज स्तरको क्रिकेट प्रतियोगिता जनकपुरको रंगभूमि मैदान बारहबिघामा सञ्चालन भएको थियो । कलेजका खेलकुद विभागका प्राध्यापक रामलाल सिन्हाले उनको नाम पनि छनोट गरेर खेल्न पठाए । त्यतिबेला जनकपुरको चुरोट कारखानाको टीम सशक्त थियो । त्यसैले जनकपुरको तर्फबाट ‘ए’ र ‘बी’ गरेर २ वटा टीमले भाग लिएको थियो । उनी ‘बी’ टीममा त परे तर १२ औं खेलाडीको रुपमा । 

पहिलो खेलमा उनले मौका नपाए पनि काठमाडौं विरुद्धको खेलमा भने उनले खेल्ने मौका पाए । उनलाई फास्ट बलरको रुपमा खेलाइएको थियो । उनले सबै खेलमा राम्रो प्रदर्शन गरेका कारण पछि उनलाई जचुकालिको सिनियर टीममा नै राखियो । नियमित अभ्यास गरेर उनी फास्ट बलर हुँदै ब्याटिङ समेत गर्न थालेपछि टीमको अलराउन्डर नै बन्न सफल भए । 

भारतको बिहार राज्यस्थित जयनगरमा प्रियदर्शिनी इन्दिरा गान्धी मेमोरियल क्रिकेट टूर्नामेन्ट प्रतियोगिता आयोजन भएको थियो । भारतीय रेल्वे, पटना विश्वविद्यालय, जयनगरको टीमबाट खेलेका खेलाडीहरू सहभागी भएको टीमसहित दरभंगा लगायत भारतका सशक्त टीम र नेपालबाट एउटा मात्र टीम जनकपुरको जचुकालि सहभागी भएको थियो । जचुकालि टीमका कप्तान उत्तम कर्माचार्य बढुवाको परीक्षाका लागि नेपालमा नै बस्नुपरेको कारण प्रकाश प्याकुरेलको नेतृत्वमा जनकपुरको टीम सहभागी भएको थियो ।

अलराउन्डर दीपक कोइराला नगएको कारण दत्तले पनि शुरूदेखि नै खेल्ने मौका पाएका थिए । दीपक गुप्ता, नवीन सिंह, लाल गुणवन्त बहादुर सिंह, दामोदर गौतम, प्रदीप शर्मा, लभ श्रेष्ठ, सञ्जय ठाकुर सहितको टीम जनकपुरबाट गएको थियो ।

भारतको सशक्त टीमहरू हुँदा पनि जनकपुरको टीम फाइनलसम्म पुगेको थियो । प्रतियोगितामा दत्तलाई बेस्ट बलरको उपाधि प्रदान गरिएको उनी बताउँछन् । २०४५ सालमा जनकपुरको टीमले फाइनल खेलमा काठमाडौंको टीमलाई हराएर राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दा पनि उनले प्रमुख बलरको रुपमा भूमिका निर्वाह गरेका थिए । २०४८ सालको राष्ट्रिय प्रतियोगितामा समेत उपविजेताको रुपमा जनकपुर पुरस्कृत हुँदा पनि उनी टीमको प्रमुख बलर थिए । उनले २०५१ सालमा क्रिकेट परित्याग गरेको बताए ।

क्लबको नेतृत्व 

त्यतिबेला प्रसिद्ध मानिएको जनकपुरको रामानन्द युवा क्लबको समेत उनले ७ वर्षसम्म नेतृत्व प्रदान गरेका थिए । २०४६ सालदेखि २०५३ सालसम्म ३ कार्यकाल उनले क्लबको नेतृत्व गर्दा गीत, संगीत, साहित्य तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । क्लबमा विभिन्न किसिमको वाद्यबादन, सांस्कृतिक कार्यक्रमसहित खेलकुदका लागि क्रिकेट टीम निर्माणसहित विभिन्न कामहरू गरेको उनले बताए । त्यहीबेला उनले कंगो, ड्रम, अक्टोप्याड सहितका बाजाहरू बजाउन समेत सिकेका थिए । पछि विभिन्न सांस्कृतिक कार्यक्रममा उनले ती वाद्यबादन पनि गर्ने गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x