फूटबलका जादूगर रोनाल्डो, युरोपका तीनवटै प्रतिष्ठित लीगमा ५० गोल गर्ने पहिलो खेलाडी

क्रिस्टियानो रोनाल्डो युरोपेली फूटबलका तीन प्रतिष्ठित लीगहरू सेरी आ, ला लिगा र प्रेमियर लीगमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले लाजियोविरुद्ध दुई गोल गरेर आफ्नो क्लब युभेन्टसलाई सेरी आ उपाधि नजिक पुर्‍याएका छन् । 
 

युभेन्टस अहिले दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा आठ अंक अगाडि छ र लगातार नवौंपटक उपाधि जित्नका लागि उसलाई चार अंक मात्र आवश्यक छ । 


Advertisement

रोनाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पाउलो डीबालाको पासमा दोस्रो गोल गरे । 

चौथो स्थानमा रहेको लाजियोका लागि सिरो इम्मोबिलले पेनाल्टीमार्फत गोल फर्काए । 


Advertisement

रोनाल्डोले प्रेमियर लीगमा म्यानचेस्टर युनाइटेडका लागि १९६ खेल खेल्दै ८४ गोल गरेका थिए भने ला लिगामा रियाल मड्रिडका लागि २९२ खेलमा ३११ गोल गरेका थिए । अहिले सेरी आ मा युभेन्टसका लागि ६१ खेलमा उनले ५१ गोल गरेका छन् । 

युभेन्टसले अघिल्लो तीन खेल जित्न सकेको थिएन तर अब उपाधि जित्न उसलाई चार खेलबाट चार अंक मात्र आवश्यक छ । उपाधि जितेमा व्यवस्थापक माउरिजियो सार्रीको करीयरमाको पहिलो उपाधि हुनेछ । 

रोनाल्डो यस शताब्दीमा सेरी आ मा ५० गोल सबभन्दा छिटो गर्ने खेलाडी बनेका छन् । 

बीबीसीबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्