सुशान्त मृत्यु प्रकरणः रिया चक्रवर्तीसहित ६ जनाविरुद्ध सीबीआईले दर्ता गर्‍याे एफआईआर

बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा भारतीय प्रहरीको अनुसन्धान ब्यूरो सीबीआईले कलाकार रिया चक्रवर्ती र उनका बुवा इन्द्रजीत चक्रवर्तीसहित ६ जनाविरुद्ध एफआईआर दर्ता गराएको छ।

एफआईआरमा सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, स्यामुअल मिराण्डा र श्रुति मोदीको नाम पनि समावेश छ।


Advertisement

सीबीआईले यसपछक आईपीसीको सेक्शन धोका दिएको, डराएको, धम्काएको र आपराधिक क्रियाकलाप समेत गरी अन्य धारालाई टेकेर एफआईआर दर्ता गराएको हो।
 
हालै मात्र बिहारका मुख्यमन्त्री नीतीश कुमारले यो प्रकरणमा सीबीआईबाट अनुसन्धान गराउन सिफारिस गरेपछि केन्द्र सरकारले स्वीकार गरेको थियो।

पछिल्लो पटक सुशान्तका बुवा केके सिंहले पटना प्रहरीमा रिया चक्रवर्ती विरुद्ध एफआईआर दर्ता गराएका थिए। रिया सुशान्तकी प्रेमिका हुन्। सुशान्तले केही महिना अघि आत्महत्या गरेका थिए। तर याे घटना आत्महत्या मात्र नभइ आत्महत्या गर्न बाध्य पारिएकाे भन्दै परिवारजनले अनुसन्धानकाे माग गरेका थिए।
 
 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्