पोखराका एक पुरुषको कोरोनाका कारण मृत्यु

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा १९ निवासी ६२ वर्षीय पुरुष हुन् । 

कोभिड–१९ पुष्टि भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारक्रममा गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो । डाइबेटिजका बिरामी ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको थियो । 


Advertisement

अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यका अनुसार गण्डकी अस्पतालमा उपचार क्रममा कोरोनाका कारण ज्यान जाने उनी तेस्रो व्यक्ति हुन् ।

यसअघि स्याङ्जाका २ जना पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको थियो । पोखरा निवासी व्यक्तिको कोरोनाका कारण ज्यान गएको भने पहिलो घटना हो । गण्डकीमा हालसम्म यो सहित ५ जनाको मृत्यु भएको छ ।


Advertisement

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्