×

NIC ASIA

महामारीमा पनि राजस्व संकलन सन्तोषजनक : आर्थिक वर्षको पहिलो महिनामै ६६ अर्ब उठ्यो

भदौ ८, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड १९) को महामारीका बीच आर्थिक वर्षको शुरूआती महिनामा राजस्व संकलनको स्थिति सकारात्मक देखिएको छ ।  

Muktinath Bank

सरकारले असार र साउन महिनामा निषेधाज्ञा खुकुलो बनाएका कारण राजस्व संकलन लक्ष्यकै हाराहारीमा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनीकरणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि असार ७ गतेसम्म पूर्णरूपमा मुलुकमा लकडाउन गरेको थियो, जसबाट आर्थिक अवस्था अत्यन्तै नाजुक बनेको सरकारी निकायहरूले नै बताउँदै आएका थिए । 


Advertisment
Nabil box
Kumari

तत्पश्चात सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड निर्धारण गरी उद्योग तथा कलकारखाना सञ्चालन गर्ने निर्णय असार १ गते गरेको थियो । साउन ७ गतेदेखि मुलुकमा लकडाउन अन्त्य गरिएको थियो । 

Vianet communication

बीचको दुई महिना (असार र साउन) मा उद्योगधन्दा एवं व्यापार व्यवसाय सञ्चालनमा आउँदा राजस्व संकलन सहज भएको सरकारी निकायहरूले बताएका छन् । 

कुल लक्ष्यको ७ प्रतिशत राजस्व संकलन  

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले आइतवार (भदौ ७) सम्ममा ७५ अर्ब ३ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अनुमानित लक्ष्यको ७ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

सरकारको कर राजस्वको अनुमानित वार्षिक लक्ष्य ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सरकारले ६४ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ कर राजस्व संकलन गरेको छ । 

यस अवधिमा सरकारले कर बाहेकका अन्य क्षेत्रबाट २ अर्ब ३६ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

साउनमा उठ्यो ५.८१ प्रतिशत राजस्व 

सरकारले साउन महिनामा मात्रै ५.८१ प्रतिशत राजस्व संकलन गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन ३२ गतेसम्ममा सरकारले ६६ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जसमध्ये ५८ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

समीक्षा अवधिमा सरकारले कुल लक्ष्यको ५.८१ प्रतिशत राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्व मात्रै ५६ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ संकलन भएको छ ।  

विषम परिस्थितिका बीचमा कुल लक्ष्यको ७ प्रतिशत राजस्व संकलन हुनु सकारात्मक रहेको महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रक एवं प्रवक्ता ज्ञानेन्द्र पौडेलले लोकान्तरसँग बताए ।

उनले भने, ‘कोरोनाभाइरसका कारण सिर्जना भएको विषम परिस्थितिका बीच शुरूआती महिनामा ७ प्रतिशत राजस्व संकलन हुनु निकै सकारात्मक कुरा हो ।’

‘विषम परिस्थितिमा राजस्व संकलन सन्तोषजनक’

ठूला करदाता कार्यालयले आर्थिक वर्षको पहिलो महिनामा करीब १३ अर्बको हाराहारीमा राजस्व संकलनको लक्ष्य राखेको थियो ।

उसले यस अवधिमा करीब साढे १२ अर्ब हाराहारीमा राजस्व संकलन गरेको ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले लोकान्तरलाई जानकारी दिए ।

‘हामीले साउनभरिमा समग्र लक्ष्यको ६ प्रतिशत जति राजस्व संकलन गर्न सक्यौं,’ उनले भने, ‘असार र साउनमा व्यवसाय केही खुकुलो हुँदा राजस्व संकलन सहज भएको हो ।’

ठूला करदाता कार्यालयले चालू आर्थिक वर्षको अन्तिमसम्ममा २ खर्ब ५ अर्ब (२ सय ५ अर्ब) रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । 

यता आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको पहिलो महिनामा ३४ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

विभागका उप–महानिर्देशक मुक्तिप्रसाद पाण्डेले अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा जस्तै यस वर्षको पहिलो महिनामा राजस्व संकलन भएको लोकान्तरलाई बताए । 

उनले भने, ‘असार र साउनमा लकडाउन खुकुलो हुँदा राजस्व संकलनको अवस्था सकारात्मक बनेको छ ।’

उनका अनुसार, विभागले यस आर्थिक वर्षमा ४ सय ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x