कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भदौ १२, २०७७
प्रदेश ५ मा पहिलोपटक चार दिनअगाडि (भदौ ८ गते) कोरोना संक्रमणबाट जटिल अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरियो । भलै, रूपन्देहीको तिलोत्तमाकी ती ७० वर्षिया महिलाको बिहीवार बिहान बुटवलस्थित कोरोना अस्पतालमै निधन भयो ।
कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई ‘प्लाज्मा थेरापी’ भनिन्छ । रगतमा आरबीसी, प्लेटलेट्स र प्लाज्मा लिक्विड हुन्छ । रगत दान गरेपछि त्यसमा भएको आरबीसी छुट्याइन्छ । त्यसपछि बाँकी ब्लडबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा संक्रमितको शरीरमा चढाइन्छ ।
प्लाज्मा थेरापी औषधि होइन । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यो उपचार विधिबाट प्लाज्मा दिएका संक्रमित सबै पूर्ण निको हुन्छन् भन्ने होइन । यसले बिरामीको ‘एन्टीबडी’ विकास गर्न सहयोग गर्ने चिकित्सकहरू नै बताउँछन् ।
काठमाडौं, सुनसरीको धरानमा शुरू गरिएको विधि प्रदेश पाँचको राजधानी बुटवलमा पनि भदौ ८ गतेबाट सुरू गरेर कोभिडमा खटिएका चिकित्सकको टीममा एउटा उत्साह पैदा पनि गरेको छ । संक्रमितलाई प्लाज्मा दिने पनि संक्रमितको उपचारमै खटिएका चिकित्सक हुन् ।
प्लाज्मा दिने व्यक्ति हुन् लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा कार्यरत डा. साजन श्रेष्ठ । श्रेष्ठ गएको कार्तिकदेखि लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयूमा मेडिकल अफिसर र कोभिड अस्पतालमा पनि कार्यरत २७ वर्षिय युवा चिकित्सक हुन् ।
बुटवल– ८ का घर भएका डा. श्रेष्ठले आफू संक्रमणमुक्त भएपछि जटिल अवस्थामा पुगेका कोरोनाका बिरामीलाई बचाउने अभियानका लागि आफूले प्लाज्मा दिएर बुटवलबाट पनि प्लाज्मा थेरापी उपचार पद्धतिको शुरूआत गराएका हुन् । उनले भने, ‘अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेहरूमा युवा धेरै छन् । यिनीहरू जटिल संक्रमितलाई बचाउनका लागि ‘ब्लड डोनेसन’ गरी बचाउने अभियानमा लाग्नुपर्छ ।’
डा. साजनको रगत मिल्ने अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनाल, डा. सम्राट पराजुली, डा. नन्दु पाठक, डा. समिर आचार्य सहितको टिमले प्लाज्मा थेरापी गरेका हुन् । केही समय अगाडिसम्म नेपालमा संक्रमणबाट मृत्यु हुने ‘केस’हरू कम थिए । पछिल्लो तीन हप्तायता लक्षणसहितका संक्रमित र संक्रमित पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा बिरामीहरू बढ्दै गएका छन् ।
यस्तो अवस्थामा संक्रमितको उपचारमा अन्य औषधिहरूको प्रयोगलाई हेर्दा प्लाज्मा थेरापीको नतिजा राम्रै देखिएको डा. साजनको बुझाइ छ । संक्रमण भएर निको भएकाहरूले रक्तदान गर्दा शारीरिक रूपमा कमजोर भइन्छ भन्ने सोचाई हुन्छ । त्यो गलत हो भन्छन् डा. श्रेष्ठ । प्लाज्मा थेरापी गरेका संक्रमित पूर्ण रूपमा निको हुन्छन् भन्ने त होइन, तर ‘संक्रमितलाई दिएको प्लाज्माले उनीहरूमा रोगप्रतिरोधात्मक (एन्टीबडी) क्षमता बढाउनमा मद्दत चाहिँ पक्कै गर्छ,’ श्रेष्ठले भने ।
नेपालमा अहिलेसम्म कोरोना जितेर घर फर्किने २० हजारभन्दा बढी पुगेका छन् । तीमध्ये अधिकांश युवा छन् । ‘उनीहरूले आईसीयू र भेन्टिलेटरमा पुगेका जटिल संक्रमितलाई रगत दान गरेर ‘एन्टीबडी’ बढाउन सकेमा केही न केही मृत्युदर घटाउन सक्छौं । मानिसको जीवन बचाउनु नै सबैभन्दा ठूलो दान हो,’ श्रेष्ठले भने ।
कोभिड पोजेटिभदेखि ‘प्लाज्मा’ दानसम्म
गएको जेठ ३१ गतेदेखि असार ९ गतेसम्म ‘रोटेसन’ मा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा ड्युटी पर्यो । उनको मर्निङ, इभिनिङ र नाइटमा ड्युटी थियो । त्यहाँ १४ दिन उनी भन्टिलेटर र आईसीयूमा रहेका बिरामीको उपचारमा खटिए । रोटेसन १४ दिनको ड्युटी पूरा गरेपछि उनी बुटवलको बीटीआई गेष्ट हाउसमा कारेन्टीनमा बसे । चार दिनपछि उनको स्वाब संकलन गरियो ।
स्वाब दिएको चार दिनपछि पीसीआर रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई डरको आभाष पनि भयो, किनभने कोरोना संक्रमणका केसहरू बढ्दै गएका थिए । उनले अस्पतालको भेन्टिलेटर र आईसीयूमा संक्रमित बिरामीको उपचार गरेका थिए ।
उनलाई हल्का खोकी र घाँटी दुखेको थियो । तर, ज्वरो थिएन । उनी प्रादेशिक अस्पतालले कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण देखियो भने राख्ने भनेर बनाएको क्वार्टरमा आइसोलेट भए । एक हप्तामा दुईपटक पीसीआर नेगेटिभ आएपछि उनी डिस्चार्ज भएर घरमा गए । एक हप्ताको होम आइसोलेसनपछि उनी पुनः प्रादेशिक अस्पतालको एनआईसीयूमा मेडिकल अफिसरको रूपमा कार्यरत छन् ।
निको भएर काममा फर्किएपछि विदेशका विभिन्न देशमा जस्तै नेपालमा पनि संक्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गनुपर्ने चिकित्सा क्षेत्रमा आवाज उठेको थियो । संक्रमित महिलालाई मिल्ने रगत अन्य संक्रमित भएर निको भएकाहरूबाट मिलेन । केही मिल्नेहरूमा दीर्घरोग हुँदा दिने अवस्था रहेन । जाँच गर्दा डा. साजनको ब्लड ग्रुप पनि मिलेपछि उनी आफैंले प्लाज्मा दिएका हुन् । उनले यसअगाडि पनि पटक–पटक रक्तदान गर्दै आएका थिए ।
ब्लड दिएपछि उनी प्रफुल्लित थिए । तर, तिनै संक्रमितको निधन भएपछि उनलाई केही खिन्नता भने भएको छ । कोरोना महामारी नियन्त्रण गर्न हामी सबैले बुझेको कुरा भौतिक दूरी र मास्क अनिवार्य प्रयोग गरेमा यसलाई विस्तारै नियन्त्रण गर्न सकिने साजनको बुझाइ छ ।
उनले ‘लास्ट’मा समेत ‘रिक्वेस्ट’ गरे रक्तदान गर्दा कुनै साइड इफेक्ट हुँदैन । अस्पतालका डा. सुदर्शन थापाले बुटवल अर्का एक व्यक्तिमा पनि प्लाज्मा थेरापी गरिएको जानकारी दिए । उनको अवस्था सुधारोन्मुख छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...