×

NMB BANK
NIC ASIA

नयाँ बसपार्कमा गाडीको खिया कोट्याउँदै सहचालक, डिजिटल बने टिकट काउन्टर [भिडियोसहित]

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) कारण सरकारले बन्द गरेका लामोदुरीका सवारी साधन भोलि (असोज १ गते)देखि सञ्चालनमा आउने भएका छन् ।

Muktinath Bank

२०७६ साल चैत १० गतेदेखि बन्द भएका लामोदुरीका सार्वजनिक यातायात झण्डै ६ महिनापछि खुल्ने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो दूरीको यातायात सञ्चालनमा आउने भनिएपनि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा भने त्यसको खासै चहलपहल छैन ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

बन्दाबन्दीको समयमा उपत्यका बाहिर आफ्नो घरमा अथवा ग्यारेजमा थन्क्याइएका बसमा खिया लगेपछि उपत्यकामा आउन नसक्दा नयाँ बसपार्कमा चहलपहल नदेखिएको हो ।

नयाँ बसपार्कको पार्किङ क्षेत्रमा लामोदुरीका बसहरू शून्य जस्तै छन् । लमही– सुर्खेत जाने एउटा बस र काँकडभिट्टा जाने २ वटा बसबाहेक अन्य बसहरू पार्किङ क्षेत्रमा देखिएनन् । 

कोहलपुर काँर्केबिहार यातायात प्रा.लिको एउटा बस स्टार्ट गरेको अवस्थामा थियो भने त्यसका सिटहरू मुसाले खाइसकेका थिए । 

सहचालक रामहरिले बिहानदेखि प्रयास गर्दा २ घण्टामा बस बल्ल स्टार्ट भएको बताए । 

गाडीमा लागेको खिया कोट्याउँदै गरेका रामहरिले भने, 'बिहान २ घण्टा लाग्यो, बस बल्ल स्टार्ट भयो, सिट त सबै मुसाले खाएछ सफा गर्दैछु । अब यसलाई ग्यारेजमा लगेर बनाउने हो ।’

उक्त बस बन्दाबन्दीपछि बसपार्कको पार्किङमा विगत ६ महिनादेखि राखिएको रहेछ । लामोदुरीका बसहरू चल्ने भएपछि उपत्यकाको नयाँ बसपार्कमा केही व्यवसायी र नयाँ बसपार्क व्यवस्थापनका मानिसहरू बाहेक अन्य एक/दुईजना भोलि बस लाग्छ कि लाग्दैन भनेर बुझ्न आएका देखिन्थे ।

लकडाउनको समयमा घर जान नपाएका र उपचारका लागि उपत्यका भित्रिएका मानिसहरू बस भोलिदेखि जाने भनेर टिकट काट्न आएका भेटिए ।

‘उपचारका लागि काठमाडौं आएको थिएँ, भोलिदेखि बस लाग्ने भएपछि एम्बुलेन्समा किन १० हजार खर्च गर्ने भनेर बस बुझ्न आएको थिएँ,’ दाङको घोराहीका रमेश चौधरीले भने, ‘बस खुल्ने सुनेपछि आफन्तको २ दिनदेखि बस्दै आएको छु, केही पैसा जोगिए औषधि खान हुन्छ नि !’

बस खुलेपनि उत्साहित छैनौं : व्यवसायी

लामोदुरीको सार्वजनिक यातायात खुल्ने बताइए पनि व्यवसायीमा भने उत्साह देखिएन ।

गाडीहरू लामो समयसम्म ग्यारेजमा थन्किएकाले खिया लागेको, दुर्घटना बीमाको समय सकिएको, सवारी साधनको रिन्यू सकिएकाले तत्कालै चलाउन समस्या भएको व्यवसायी गोकर्ण लामिछानेले बताए ।

‘लामो समय भयो, गाडीमा खिया लागेको छ । बीमा गर्न पाएका छौं, कर तिर्न पाएका छौं,’ व्यवसायी लामिछानेले भने, ‘कसरी चलाउने ३/५ दिन अझै ग्यारेजबाटै ल्याउनै लाग्छ ।’

कोरोनाभाइरसको महामारी त्रासका बेलमा यात्रुहरू आउँछन् कि आउँदैनन् भन्ने पनि डर लागेको लामिछानेले बताए । 

‘हामीले गाडी त चलाउने यात्रुहरू चढ्न आएनन् भने ?,’ उनले प्रश्न गरे, ‘२ जनाले टिकट काटेपनि गाडी चलाउन पर्‍यो त्यसबाट के फाइदा भन्नुस् त ?’

अर्कातर्फ लामोदुरीका सावरी साधनहरू खोल्ने तर जिल्ला–जिल्लामा स्थानीय प्रशासनले बन्द गर्ने हो भने पनि खोल्नुको कुनै औचित्य नरहने उनले बताए ।

बसपार्कमा अनलाइन टिकट काउन्टर

नयाँ बसपार्कबाट पहिलाजस्तो लाइनमा बसेर पुरानो तरिकाले टीकट काट्न भने पाइने छैन ।

नयाँ बसपार्कमा डिजिटल टिकट काउन्टरको व्यवस्था गरिएको छ ।

देशभरका बस व्यवसायी संघहरूसँगको सहकार्यमा लोत्से व्यवस्थापनले नयाँ बसपार्कमा डिजिटल टिकटको व्यवस्था गरेको छ । 

पहिलो चरणमा १० वटा डिजिटल काउन्टरबाट टिकट काट्ने व्यवस्था मिलाइएको डिजिटल व्यस्थापनका आईटी प्रमुख उमेश कोइरालाले बताए । 

‘अहिले कोरोना भाइरसको महामारीमा दूरी कायम होस् भनेर डिजिटल टिकट शुरूआत गरेका छौं,’ कोइरालाले लोकान्तरसँग भने, ‘यसले गर्दा कोरोना सर्ने डर हुँदैन ।’

अहिले भने यात्रुले बसपार्कमा गएर टिकट काट्नु पर्ने हुन्छ ।

आगामी केहि हप्तामा घरमा बसी अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाउन लागेको कोइरालाले बताए ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x