यसरी हुँदैछ काठमाडौंमा ढलको पानीमा कोरोना परीक्षण

विश्वभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा कतिपय देशहरुले समुदाय संक्रमणको चपेटामा कति छ भनेर पत्ता लगाउन ढलको पानीमार्फत कोरोना पहिचान गर्ने उपाय अबलम्बन गरेका छन् ।
 स्रोत–साधनको अभाव झेलिरहेको नेपालमा पनि ढल परीक्षण भाइरसविरुद्ध लड्न सस्तो हतियार बन्नसक्ने सरोकारवालाहरु बताउँछन् ।  यहीबीचमा अनुसन्धानकर्ताहरु काठमाडौंमा ढलको पानीबाट नमुना संकलन गर्न जुटेका छन् । यसलाई खर्च कटौतीको माध्यमका रुपमा हेरिएको छ । 

‘जब परीक्षण र स्क्रिनिङका लागि उपलब्ध स्रोतहरु तपाईसँग सीमित मात्रै छ, त्यस्तो अवस्थामा हटस्पट पहिचान गर्न यो सहज र सस्तो बाटो हो,’ यस विधिको अनुसन्धानमा सक्रिय मोलेकुलर डायनामिक्स नेपालका सह–संस्थापक दिवेश कर्माचार्यले भने, ‘ढलमार्फत हटस्पट पहिचानपछि तपाई त्यहाँ गएर बिस्तारमा चेकजाँच गर्नसक्नुहुन्छ ।’ 


Advertisement

फोहोरमार्फत रोग पत्ता लगाउने काम कर्माचार्यको संस्थाले पहिलेदेखि नै गर्दै आएको छ । संस्थाले अमेरिकाका मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग मिलेर २०१८ मा फोहोर पानीमार्फत टाइफाइड पहिचान गरेको थियो । 
गत जुनमै यस संस्थाले कोभिड–१९ का लागि काठमाडौंमा ढलको नमुना परीक्षण सुरु गरेको थियो । त्यसक्रममा चारमध्ये दुई स्थानमा संक्रमण देखिएको थियो । 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्