×

NIC ASIA

ढुंगामा लागेको लेउ पनि मसला हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्छ होला तर यो हकिकत हो । यो लेउ अर्थात् ‘स्टोन प्ल्यावर’ धेरै खानामा मसलाको रूपमा हालिन्छ ।

Muktinath Bank

भारत पाकिस्तान, अफगानिस्तान, इरान र अरब देशहरूले यो मसलालाई एक अभिन्न हिस्साको रूपमा कबाबमा मिसाउँछन् । भारतीयले यसलाई गदा मसलाको रूपमा पनि चिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिला–पहिला जंगलमा गएर संकलन गरेर सीमित प्रयोग हुन्थ्यो जडी मसला । अहिले व्यावसायिक हुँदै अनलाइनमै ‘अर्डर’ गरेर प्रयोग गरिन्छ ।


Advertisment
Nabil box
Kumari

खाद्य प्रयोगशालाबाट खानयोग्य भनी प्रमाणीकरण गरिएका यी ढुङ्गे लेउ अर्थात् पत्थरको फूलका धेरै जाती छन् । यो फूल मसला विभिन्न कलर र स्वादमा उपलब्ध हुन्छ । तपाईंलाई धुलो चाहिन्छ भने मसलाको रूपमा धुलो नै उपलब्ध छ र फूल जस्तै चुर्न नगरिएको चाहिएमा पनि किन्न सक्नुहुन्छ ।

Vianet communication

यसलाई दगडी फूल मसला भनेर पनि चिनिन्छ । काकुरी कबाब, मटन सिख कबाब, सामी कबाब, गिलावती कबाब, चिप्लेटी कबाब, नहारी (पाया), बम्बे बिर्यानी, मटन स्टु जस्ता खसी वा भेडाको मासुबाट बन्ने परिकारमा उत्तम मसला हो दगडी फूल मसला । पछिल्लो समयमा नेपालमा पनि राम्रो–राम्रो भारतीय खाना पस्कने होटल तथा रेस्टुरेन्टले यो मसला प्रयोगमा ल्याउन थालेका छन् । २२ प्रकारका फूल मसला आपूर्ति गर्ने भारतले विश्वको ६३ प्रतिशत मार्केट ओगटेको छ भने चीनले १३ र बंगलादेशले ४ प्रतिशत मात्र आपूर्ति गर्न सकेको छ । यी आपूर्ति गर्ने संघसंस्थाले मसलामा व्यापक विविधता हुने हुँदा फरक–फरक मूल्यमा बिक्री गरेका हुन्छन् ।

यी मसला चढिला, गदा, डागड, ब्ल्याक स्टोन फ्लावर, इन्डियन दाद, ड्राड लिचेन, कल्पसी जस्ता प्रमुख हुन्छन् । भौगोलिक र प्राकृतिक रूपमै उम्रने र वर्षौंसम्म ढुंगामा टाँसिएर बस्ने हुँदा यी फूलहरू केही कडक हुन्छन् । यसलाई सुकाएर धुलो बनाइ बेच्दा पनि हुन्छ र गुन्द्रूक जस्तो रूपमा सुकेको फूल पनि बेच्ने गरिन्छ । यी पत्थरका फूलहरू कुलिनरी क्षेत्रमा व्यापक प्रयोगमा आउन थालेपछि यसको महत्त्व बढ्दै गएको छ । कबाबमा मात्र नभई सुप र लोकल कुनै पनि खानामा मिसाएर पकाउँदा नरम स्वाद र सुगन्धित बनाइदिन्छ ।

चामत्कारिय ढंगबाट खानाको स्वादमा परिवर्तन आउने हुँदा फूल मसला सबैजसो ‘मास्टर सेफहरू’को रोजाइको मसला हो । यो मसलालाई विभिन्न ठाउँमा विभिन्न नामले चिनिन्छ ।

कालानुसार्य, वृद्ध, अश्मपुष्प, शीतशिव, शैलेय र कबाब चिनी भनेर पनि चिनिन्छ । यो मसला फूललाई ‘स्टोन प्लवर’ भनिन्छ भने अन्य भाषामध्ये संस्कृतमा शामी, हिन्दीमा चढिला, उर्दुमा उस्न, तेलङगुमा राती पुभु, बेङ्गालीमा शैलाज, मराठिमा डगड फूल, गुजरातीमा चडिलो, तमिलमा कल्लु हुभु, पन्जाबीमा डगर डा. फुल, अरबिकमा रुमन वा शैबह, असामीमा भोजावर, फ्रेन्चमा पार्मेलिया डेस मुर्स, जर्मनीमा वान्डसचिल्डफ्लेच्टे र पार्सियन भाषामा डाभाला भनेर चिनिछ । प्रशस्त पानी पर्ने स्थान र जंगल क्षेत्रको ढुंगामा उम्रने यो फूल ‘वाइड क्याच’ नै गरेर संकलन गर्नुपर्ने हुन्छ । व्यावसायिक रूपमा यसको खेती भएका अहिलेसम्म पाइएको छैन । यो फूललाई खानामा मात्र नभई आयुर्वेदिक दबाइ बनाउन र चिकित्सकीय औषधि बनाउन पनि प्रयोग भएको पाइएको छ ।

चामत्कारिय ढंगबाट खानाको स्वाद बदल्ने कबाब चिनी (पत्थर फूल) को स्वास्थ्य सम्बन्धी उपयोगिता

– यो कबाब चिनी मसला हालेर कबाब वा सुप बनाउँदा अन्य मसलाहरू हालिरहनु पर्दैन, यसको छुट्टै खालको सुगन्ध हुन्छ । 

– कुनै घाउ–चोट लागेको ठाउँमा यो फूलको प्रयोग गर्दा छिट्टै निको हुन्छ । 

– यो फूललाई एन्टी भाइरल दबाइको रूपमा पनि प्रयोग गरिन्छ । 

– अक्सर चिसो ठाउँमा मात्र पाइने हुँदा छालाको समस्या छ भने पनि पत्थरको फूल निकै उपयोगी मानिएको छ । 

– यो फूलमा कुनै फ्याट हुन्न र कार्बोहाइडेट र प्रोटिन १–५ प्रतिशत मात्र हुने हुँदा सुप वा सलादका लागि उत्तम मानिन्छ । 

– कल्प र पिता दुवै फूलको तीतो स्वादका कारण दुखाइ नियन्त्रकका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
शरीरको तापक्रमलाई सन्तुलनमा राख्न पनि यो फूल उत्तम उपाय हो । 

– यो फूलले एक किसिमको एन्टीबायोटिकको काम पनि गरेको हुन्छ । 

– टाउको दुखाइलाई पनि यसको प्रयोगले निकै आराम मिल्छ ।

– किड्नीमा स्टोन हुनबाट बचाउँछ । 

– मुटु र मुटु सम्बन्धी समस्या निदानका लागि उपयोगी फूल । 

– खोकी, दमका रोगीका लागि राम्रो दबाइ मानिन्छ पत्थरको फूल । 

– फंगल र ब्याक्टेरियासँग लड्न सधैं मद्दत पुर्‍याइरहेको हुन्छ । 

– गोडा मसला भनेर चिनिने यो फूलको धुलो तामिलनाडुको चेटिनाड कुजिनको अभिन्न अंग हो । 

– बिर्यानी र कबाबका पारखीका लागि यो फङ्गी मसला एक अभिन्न मसला हो । 

– योनीको संक्रमण हुनेका लागि उपयोगी औषधिको रूपमा यो फूललाई लिन सकिन्छ ।

– यौन क्रियाकलापमा कमजोर हुनेका लागि पनि उपयोगी । 

– यो मसला खाना पचाउन पनि निकै हदसम्म सहयोगी साबित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x