×

NMB BANK
NIC ASIA

जसले २२ बालबालिकाको मुन्द्रा लुटिन्...

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तारकेश्वर नगरपालिका–१०, मनमैजुमा ६ वर्षकी एक बालिका बाटो छेउमा खेल्दै थिइन् । अपरिचित महिला नजिकै आएर भनिन्, ‘नानी मलाई चिन्यौ ? म तिम्री ममीकी साथी क्या ।’

Muktinath Bank

बालिकाले ‘ए ए’ भन्दै चिनेको जस्तो गरेपछि महिलाले ‘हिँड पसलमा, म चक्लेट किनिदिन्छु’ भनेर अघि लागिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पसलमा चक्लेट किनिदिएपछि ती महिलाले मानिसको आउजाउ कम हुने गल्लीतिर बालिकालाई लगिन् अनि टाउकोतिर हात लम्काएर ‘ओहो नानु, तिम्रो त कानमा घाउ भएछ, म सफा गरिदिन्छु है’ भन्दै दुवै कानमा लगाएका सुनका मुन्द्रा झिकिन् । मुन्द्रा झिकेको बालिकाले पत्तै पाइनन् । चक्लेटसँग भुलिएकी बालिकालाई बाटैमा छाडेर ती महिला आफ्नो बाटो लागिन् ।


Advertisment
Nabil box
Kumari

यो घटना ०७६ असार २१ गतेको हो । ती महिलाले सोही दिन मनमैजुकै अर्को गल्लीमा खेलिरहेका ५ र ७ वर्षका दुई बालिकालाई पनि उही शैलीमा ४ थान सुनका मुन्द्रा थुतिन् ।

Vianet communication
Laxmi Bank

ती बालिकाका अभिभावकले लगत्तै प्रहरीलाई खबर गरे । उजुरी प्रहरीको अपराध रेकर्डमा जनाइयो तर महिलाको अत्तोपत्तो भएन । त्यसपछि पनि उपत्यकाका विभिन्न स्थानमा बालबालिकाका सुनका मुन्द्रा हराएको उजुरी प्रहरीमा
दर्ता भए । यो केसलाई प्रहरीले त्यत्ति धेरै गम्भीर अपराधका रूपमा नलिई राख्यो ।

मनमैजुमा मुन्द्रा लुटिएको १६ महिनापछि गत भदौ ३० मा कपन महांकाल ओरालो र ३१ गते बौद्ध आरुबारी (शिवचोक) मा त्यस्तै किसिमका घटना भए । कपनमा ५ वर्षकी र आरुबारीमा २ र ६ वर्षका बालिकाको मुन्द्रा हराएको उजुरी महानगरीय प्रहरी वृत्त बौद्धमा दर्ता भयो । प्रहरी चोरीमा संलग्नको खोजीमा लाग्यो । केही स्थानका शंकास्पद सीसीटीभी फुटेज फेला पर्‍यो । अनुसन्धान गर्दै जाँदा एक महिलामाथि प्रहरीको ध्यान सोझियो । शंकाकै भरमा म्याग्दी घर भई गोकर्णेश्वर नगरपालिका–८, माकलबारीबाट मंगलबार ३२ वर्षीया संगीता क्षेत्री पक्राउ परिन् ।

उनको हुलिया, उपत्यकाका विभिन्न प्रहरी युनिटमा परेका मुन्द्रा चोरीसम्बन्धी उजुरीबारे पनि प्रहरीले अनुसन्धान गर्‍यो । बौद्धसहित विभिन्न प्रहरी युनिटमा २२ बालबालिकाको मुन्द्रा चोरीसम्बन्धी २० वटा घटना भएका रहेछन् ।

बौद्ध वृत्तका डीएसपी नवीन कार्कीका अनुसार सबै विवरण एकीकृत गरेपछि थप केरकार गर्दा पक्राउ परेकी महिलाले मुन्द्रा आफैंले चोरेको स्वीकार गरेकी छन् । प्रहरीमा परेको उजुरीअनुसार ०७६ सालमा ४ ठाउँ र ०७७ वैशाखयता १६ स्थानमा घटना भएका हुन् । क्षत्रीले ४७ वटा मुन्द्रा तथा रिङ चोरेकी रहिछन् । उनले पहिलो पटक ०७६ असारमा भक्तपुरको सानो थिमिमा मुन्द्रा चोरेकी थिइन् । उनले मनमैजु, कपन, आरुबारी, सानो थिमिका अलावा कपुरधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, गोठाटार, नारायणटार, मिलनचोक (कपन) लगायत स्थानबाट सुनका मुन्द्रा लुटपाट गरेको खुलेको छ । उनले २ वर्षदेखि ९ वर्ष उमेरका बालबालिकाको मुन्द्रा लुटपाट
गरेकी हुन् । केही बालबालिकाको कानमा रक्ताम्य हुने गरी मुन्द्रा झिकिएको थियो ।

कोरोना महामारीका कारण हिजोआज अधिकांश बालबालिका घरमै सीमित छन् । डीएसपी कार्कीले दिउँसो अभिभावक आ–आफ्नै काममा केन्द्रित भएको मौका छोपेर क्षत्रीले मुन्द्रा लुटपाट गर्ने गरेको बताए । क्षत्रीले लुटेका सुनका मुन्द्रा बजार मूल्यभन्दा सस्तोमा सुनचाँदी पसलमा लगेर बेच्ने गरेकी थिइन् । प्रहरीले उनीबाट मुन्द्रा किनेका काभ्रे रोशी घर भई हाल ललितपुर सौगलमा डेरा गरी बस्ने ३० वर्षका मुरली विकलाई पनि पक्राउ गरेको छ । विकको ललितपुर महानगरपालिका–६, कनिबहालमा सुनचाँदी पसल छ ।

उनले तोलाको ८० हजार भाउ कायम गरेर क्षत्रीबाट मुन्द्रा किन्ने गरेको पनि स्विकारेका छन् । विकको सुनचाँदी पसल बिनादर्ता सञ्चालन गरिएको पाइएको छ । उनले सामानबिना बिल बेच्ने गरेको पनि खुलेको छ । सुन पसलबाट प्रहरीले सुनको सिक्री, मुन्द्रा, नगद, मोबाइल फोन बरामद गरेको छ । विकले अरू ठाउँबाट पनि चोरीका सामान किनेको प्रहरीको आशंका छ ।

क्षत्रीले पुर्ख्यौली घर म्याग्दी भए पनि आफू काठमाडौंमै जन्मेहुर्केको बताएकी छन् । उनको म्याग्दीका एक युवकसँग करिब १ दशकअघि अन्तरजातीय विवाह भएको थियो । क्षत्रीका अनुसार विवाहको केही वर्षमा छोरा जन्मिएपछि दम्पतीमा खटपट हुन थाल्यो । छोरा २ वर्षको भएपछि श्रीमान् टाढिए । छोरा पनि लिएर गए । त्यसपछि उनी दिदी पर्नेसँग बालाजुमा बस्न थालिन् । आम्दानीको अरू विकल्प नभएपछि चोर्न र बालबालिकाका मुन्द्रा लुट्न थालेको उनले प्रहरीलाई बताएकी छन् । सुरुमा चोरी तथा लुटपाट गर्दा प्रहरीले सुइँको नपाउँदा उनको हौसला बढेको प्रहरीको अनुमान छ । कान्तिपुर दैनिकमा मातृका दाहालले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x