×

NMB BANK
NIC ASIA

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही मन्त्रालय फुटाउने तयारी

असोज ११, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको समयमा नेपाल सरकार कन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा केही मन्त्रालय फुटाउने विषयमा छलफल भएको स्रोतले दाबी गरेको छ ।

Muktinath Bank

सत्तारूढ दल नेकपाको स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा उच्च स्रोतले आजभोलिमै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको बतायो । कम्तिमा ८ जना मन्त्रीहरू फेरिने सम्भावना छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद् पुनर्गठन अघि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार पनि छलफल भएको थियो । सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार अध्यक्षद्वयलाई दिएको थियो ।

Vianet communication

रेल र पानीजहाज मन्त्रालयथपिने

सरकारले जल र स्थल यातायातको समन्वय गर्नेगरी रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने तयारी गरेको छ । मन्त्रिपरिष्द पुनर्गठनमा रेल र पानीजहाज मन्त्रालय बनाउने गरी तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रेल र पानीजहाज कार्यालय छन् । भौतिक पूर्वाधारबाट यातायातलाई अलग गरेर नयाँ मन्त्रालय स्थापनाको तयारी भइरहेको स्रोतले बतायो ।

‘रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने मोटामोटी सहमति भइसकेको छ, मन्त्रिपरिषद्ले यसको निर्णय गर्ला,’ स्रोतले लोकान्तरसँग भन्यो ।

समुन्द्रमा नेपाली ध्वजाबहाक पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना छ । ओलीले मिति नै तोकेर पानीजहाज चल्ने संसदबाट घोषणा गरेका थिए । सरकारले दुई वर्षअघि नै ललितपुरमा पानीजहाज कार्यालयसमेत स्थापना गरेको छ ।

पूर्वपश्चिम रेल सञ्चालन गर्ने नेकपाको चुनावी घोषणा पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सोही घोषणालाई कार्यान्वयनमा ल्याउन रेल र पानीजहाज मन्त्रालय स्थापना गर्न लागिएको स्रोतले बतायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x