मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
कोरोनाका कारण लामो लकडाउन र केही साताको निषेधाज्ञापछि लामोदूरीका सवारी साधन सञ्चालनमा आएका छन् ।
यही असोज १ गतेबाट लामोदूरीका सवारी साधान सञ्चालनमा आएपनि कोरोनाको जोखिम भने कम भएको छैन ।
नेपालीहरूका ठूला चाडबाड दशैंतिहार समेत नजिकै आइसकेको अवस्थामा पनि नागरिकहरू राजधानी आइरहेका छन् । विगतका वर्षहरूमा यतिबेला चाडबाड मनाउन घर फर्किने बेला शुरू हुन्थ्यो ।
यसपटक तस्वीर फरक देखिएको छ । यसपटक अहिलेसम्म पनि काठमाडौंबाट बाहिरिने भन्दा भित्रिनेको संख्या केही बढी छ ।
काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदो कोरोना महामारीका बीच दशैंको मुखमा काठमाडौं फर्किनेहरू को हुन् ? यसबारे बुझ्न केही प्रतिनिधि पात्रलाई नियालौं ।
उपत्यका भित्रिनेमध्येका एक हुन् सिन्धुपाल्चोक बाह्रबीसेका विकास तामाङ । भर्खरै एसईईमा ‘ए’ ल्याएर पास भएका उनलाई उपत्यका आउने त्यति हतार त थिएन, तर काठमाडौंमा राम्रा कलेजमा भर्नाका लागि सिट संख्या सकिन लागेको थाहा पाएपछि उनी काठमाडौं आएका हुन् ।
‘ए ल्याएपछि काठमाडौं पढ्ने योजना बनाएको थिएँ, दिदी पनि यतै छ । राम्रा कलेजमा सिट सकिन लागेको भन्ने सुनेकाले आएको हुँ,’ तामाङले लोकान्तरसँग भने ।
विद्यार्थीका अलावा लामो समय काम नगरी बस्दा खल्ती रित्तिएपछि दशैं खर्च जुटाउन काठमाडौं भित्रिनेको संख्या पनि बाक्लो छ ।
विषेश गरेर तराईबाट छठका लागि खर्चका जोहो गर्न र उपत्यका आसपासका जिल्ला नुवाकोट, रामेछाप, काभ्रे लगायतबाट दशैंतिहार खर्च जुटाउन मजदूर वर्ग र फूटपाथ व्यापारीहरू पनि काठमाडौं आइरहेका छन् ।
गत शुक्रवार काठमाडौं आएर कोरोना परीक्षणका लागि लाइनमा बसेका रौतहट गौरका अली मियाँ अन्सारी रोजगारीको लागि उपत्यका आएका हुन् ।
लकडाउन र बन्दाबन्दीले गर्दा घरमा लामो समय बस्न परेपछि उनलाई परिवार पाल्न धौ–धौ भयो । उनले कालिमाटी आसपासको क्षेत्रमा साइकलमा कपडा बेचेर परिवार पाल्दै आएका थिए ।
आर्थिक समस्या परेपछि फेरि पुरानै काम गर्न आएको बताए ।
‘लकडाउनले परिवार पाल्न गाह्रो भएपछि फेरि काठमाडौं आएको हुँ,’ अन्सारीले लोकान्तरसँग भने, ‘पहिलाजस्तो सजिलो त छैन, तर के गर्नु परिवार पाल्नुपर्यो ।’
उपत्यकामा पछिल्लो समय सरकारी कर्मचारी, भिषा लागेर विदेश जानु पर्ने व्यक्ति, उपत्यका आसपासका जिल्लाबाट ज्याला मजदुरी गर्दै आएका मानिसहरू आइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताए ।
‘अहिले उपत्यकामा आउने अधिकांश ज्याला मजदूरी गर्ने र विदेश जाने मानिसहरू आइरहेको देखिन्छ,’ एसएसपी ढकालले भने ।
उपत्यकामा दैनिक ७ हजार सवारी साधन भित्रिएका छन् भने त्यति कै हाराहारीमा सवारी साधन बाहिरिएका छन् । मानिसहरू दैनिक १७ हजारको हाराहारी भित्रिने र लगभग त्यति नै संख्यामा बाहिरिने गरेको एसएसपी ढकालले बताए ।
‘अहिले उपत्यकाबाट भित्र र बाहिर जाने सवारी साधन र मानिसहरूको संख्या भने एउटै देखिन्छ,’ एसएसपी ढकालले भने, ‘हामीले असोजको २० पछि आउनेभन्दा बाहिरिने यात्रु र सवारी साधनको संख्या बढ्ने अनुमान गरेका छौं ।’
महानगरीय ट्राफिक महाशाखाको तथ्यांकलाई हेर्ने भने सरकारले लामोदूरीको सार्वजनिक यातायात खुलाएपछि अर्थात् असोज १ गतेदेखि १० गतेसम्म उपत्यका बाहिरिने भन्दा भित्रिनेको संख्या केही बढी देखिन्छ ।
पछिल्लो १० दिनमा ४१ हजार ६१७ सवारी साधन भित्रिएका छन् । ती सवारी साधनमा १ लाख ९४ हजार ८ सय जना राजधानी भित्रिएको महाशाखाको तथ्यांकले देखाउँछ ।
यही अवधिमा ४१ हजार २०५ सवारी साधन उपत्यका बाहिर गएका छन् । ती सवारी साधनमार्फत १ लाख ६५ हजार २४६ मानिसहरू उपत्यका छाडेर गएको तथ्यांक छ ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...