×

NIC ASIA

कोरोना त्रासले दशैं खल्लो : घरछिमेकमा संक्रमण फैलिँदा छैन उमङ्ग

कात्तिक ८, २०७७

Prabhu Bank
NTC
Premier Steels

दशैं नजिकिँदै गर्दा परदेशबाट पैसा बोकेर गाउँघर फर्किनु अधिकांश नेपालीको भोगाइ हुन्थ्यो । दशैंका बेला गाउँघरमा आफन्त, इष्टमित्रबीच भेटघाट र भलाकुसारी हुन्थ्यो ।

Muktinath Bank

यसपालिका कोरोना भाइरस संक्रमणको महामारीले समय फेरेको छ । धनगढीका ६५ वर्षीय दानसिंह उपाध्याय भन्छन्, ‘यस वर्ष परिस्थिति ठीक विपरीत छ । गरीबीको मारले दशैंको मुखमा मुग्लान पस्नेहरूको संख्या पनि उत्तिकै छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परदेशिएका आफन्त घर फर्किंदा हाँसीखुशी मनाइने दशैं यसपालि खल्लो भएको छ । आफन्तहरू दशैंको मुखमा परदेश गएका छन् । ‘कोरोनाले स्वदेशमै भएका आफन्त पनि भेटघाटमा जान सकिने अवस्था छैन । छोरीचेलीहरू माइतीघर आउने स्थिति छैन,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

कोरोनाको संक्रमण झन् बढ्दै गएपछि नेपाली नागरिक त्रसित छन् । ‘कुन बेला कोरोनाले समात्ने हो भन्ने चिन्ता छ,’ अत्तरियाकी सीता थापाले भनिन्, ‘दशैं त शुरू भयो तर के गर्ने ? यस्तो कोरोनाको समयमा कसरी दशैं मनाउनु ? अब घरमै दशैंको टीका लगाएर मनाउनुपर्ला । यस वर्ष विगत जस्तो उत्साह छैन ।’

Vianet communication

घरका आफन्तलाई कोरोना लागेको परिवारमा दशैंको चटारो छैन । ‘हाम्रो त दाजुलाई कोरोना लाग्यो अब कसरी दशैं मनाउनु ?’ गोदावरीकी २० वर्षीय पार्वती भट्टले दुखेसो पोखिन्, ‘अब हामी पनि कोरोना परीक्षण गर्ने तयारीमा छौं । ४ वर्षपछि दाइ घर आउनुभएको थियो । यसपालि बाहिरका इष्टमित्रसँग दशैं मनाउन नपाए पनि घर परिवारमै सद्भाव बाँड्ने योजना थियो । तर सबै कुरा बर्बाद भयो । परिवारमै कोरोना देखियो, निकै त्रसित छौं ।’

दशैंको मुखैमा कोरोना बढ्दै जानु र लक्षण समेत देखिनुले जोखिम झन् बढेर चाडपर्व मनाउने उत्साह नै नभएको धनगढी उपमहानगरपालिका–२ का पूर्ण आचार्यले बताए । ‘अहिले त घरपरिवारकै सदस्य एकअर्कासँग डराउनुपर्ने अवस्था छ । जसबाट पनि हामीलाई संक्रमणको जोखिम छ । त्यसकारण त्रास नै त्रास छ, दशैको उत्साह छैन,’ उनले भने ।

बसपार्क सुनसान

विगतका वर्षमा दशैंका बेला बसपार्कमा भीडभाड हुन्थ्यो । तर यसपालि चाडपर्वको मुखमै धनगढी बसपार्क सुनसान छ । ‘यात्रुको चाप छैन । यात्रु कुर्दै दिन कटाइरहेका छौं,’ सुदूरपश्चिम यातायात व्यवसायी प्रालिका धनगढी काउन्टर इन्चार्ज सन्तोष श्रेष्ठले भने, ‘यात्रु नै छैनन् । गत वर्ष टिकट पाउनै मुस्किल हुन्थ्यो । अग्रिम टिकट बुकिङ खोल्दा पनि यात्रुले गन्तव्यसम्म जान निकै सास्ती हुन्थ्यो । तर यस वर्ष बसपार्क सुनसान छ । त्यसकारण अग्रिम टिकट बुकिङ पनि खुलेन ।’

यात्रु नभएपछि गाडी चालक पनि निराश छन् । बस चालक प्रमोद शर्माले भने, ‘अहिले सबैभन्दा बढी मारमा हामी छौं । साहुको ऋण उस्तै छ । आम्दानी नै छैन, कसरी दशैं मनाउनु ?’

चिकित्सकको चेतावनी – दशैं दशा बन्नसक्छ

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दो छ । सयौं संक्रमित होम आइसोलेसनमा रहेकाले दशैंको समयमा विशेष सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । 

‘दशैंको समयमा भीडभाड भयो भने संक्रमण फैलिने खतरा निकै बढी हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने, ‘दशैं कसैका लागी दशा नबनोस् समयमै सचेत रहौं । अनावश्यक भीडभाड नगरौं । घरमा आफन्तहरू नबोलाऔं, घर परिवारसँग मात्रै दशैं मनाऔं ।’

दशैंमा सजगता अपनाउन नसके स्थिति भयावह हुनसक्ने सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए । ‘चाडपर्वको नाममा लापरबाही नगरौं । सबैले सक्दो सचेतना अपनाऔं,’ उनले भने । जिल्ला प्रशासन कार्यालयहरूले पनि सूचना जारी गरेर सावधानी अपनाउन आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x