×

NMB BANK
NIC ASIA

प्रविधिको अभिसाप

प्रविधिले बेरोजगार बनायो रिक्सा चालकलाई : ई–रिक्सा किन्न नसक्ने, पाइडल रिक्सामा यात्रु नआउने

चालकको गुनासो - ई–रिक्सा र अटो रिक्साले हाम्रो गाँस बन्द गरायो

कात्तिक ११, २०७७

NTC
Premier Steels

कैलाली र कञ्चनपुरको सीमा क्षेत्र डोके बजारका जयराम चौधरी दैनिकजसो बिहान ६ बजे पाइडल रिक्सा चलाएर धनगढी बजार पुग्छन् । विगत १६ वर्षदेखि पाइडल रिक्सा चलाइरहेका उनी सवारी भेटिए सवारी र नभए मालसामान ओहोर—दोहोर गरेर साँझ घर फर्किन्छन् ।

Muktinath Bank

दिनभरि कमाएको रकमले उनी घरमा आवश्यक अत्यावश्यक वस्तु खरिद गरेर लैजान्छन् । कहिलेकाहीँ त साँझ बिहानकै तरकारी किन्न ठिक्क हुन्छ’, उनी भन्छन्, ‘कहिले २/४ सय हुन्छ कहिले रित्तो रिक्सा बोकेर घर फर्किनु पर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत सम्झिँदै उनले थपे, ‘मैले यो रिक्सा चलाउन थालेको १५/१६ वर्ष भयो ५ वर्ष अघिसम्म पनि राम्रै आम्दानी हुन्थ्यो । दैनिक ३/४ सय बचत गर्न सकिन्थ्यो तर अहिले त अटो रिक्साहरू आए आम्दानी शून्य छ । अरूको रिक्सा चलाउने भए त मैले छोडिसकेको हुन्थें । तर आफ्नै रिक्सा हो । अरू आम्दानीको स्रोत पनि छैन, त्यसैले चलाइरहेको छु । रिक्सा चलाएरै दशैं खर्च टारें, थप कमाइ केही पनि छैन ।’


Advertisment
Nabil box
Kumari

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् ।

Vianet communication

ठुलो संख्यामा विद्युतीय ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्साहरू विस्थापित हुन थालेका छन् ।

विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आएपछि वर्षौँदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरूलाई अहिले यात्रु पाउन हम्मेहम्मे पर्ने गरेको गुनासो गर्छन्, धनगढीका पाइडल रिक्सा चालक सीताराम चौधरी ।

धनगढी बजारमा ३० वर्षदेखि रिक्सा चलाइरहेका चौधरी अब रिक्सा चलाउने पेसा छाड्ने सोचमा छन् ।

कमजोर आर्थिक अवस्थाका कारण २० वर्षको उमेरमै रिक्सा चलाउन शुरू गरेका थिए चौधरीले । पर्याप्त यात्रु नपाउँदा अहिले चौधरीको आम्दानी घटेको छ । घटेको आम्दानीले ९ जनाको परिवारलाई साँझ बिहानको छाक टार्नै पुग्दैन । चौधरी भन्छन्, ‘२/४ वर्ष अगाडिसम्म त रिक्साको कमाई राम्रै थियो ।’

तर जसै धनगढीमा नगरबस र अटो रिक्सा चल्न थाले चौधरीको कमाई घट्दै गयो । यात्रुहरू सजिलो र छिटो सवारी साधन खोज्दै नगरबस र अटो रिक्सा चढ्न थाले ।

नगरबस र अटो रिक्सा आउनु अगाडि दैनिक हजार रुपैयाँसम्म कमाउँथे चौधरी । तर अहिले मुस्किलले दिनमा २ देखी ३ सय रुपैयाँ कमाउँछन् ।

यस्तै समस्या छ धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडीका गंगाराम चौधरीको । उनले पनि पाइडल रिक्सा नै चलाउँछन् ।

१५ वर्ष भयो गंगारामले रिक्सा चलाउन थालेको । बिहान सबेरै रिक्सा लिएर धनगढी बजार निस्कन्छन् उनी । साँझ अबेर घर फर्कन्छन् । तर मुस्किलले भेटिन्छन् पाइडल रिक्सा चढ्ने यात्रु । दिनभर यात्रुको पर्खाइमा बस्छन् । ७ जनाको परिवार छ उनको र सबै उनीमाथि नै आश्रित । गंगाराम चाहिँ रिक्सामा आश्रित छन् । अन्यको जस्तै उनको पनि गुनासो छ, ‘रिक्सा चढ्न यात्रु भेटिन छाडे ।’

सीताराम र गंगारामले ई–रिक्सा, अटो रिक्सा किन्न सकेनन् । किनभने ई–रिक्सा र अटो रिक्साको न्यूनतम मूल्य ५ लाख रुपैयाँ पर्छ । ‘त्यत्रो पैसा कहाँबाट ल्याउनु’ सीताराम सुनाउँछन्, ‘त्यति पैसा भएको भए त म अरू नै काम गर्थें ।’

समय फेरियो, अवस्था फेरियो तर ३० वर्षसम्म रिक्सा चलाए पनि आफ्नो जीवन नफेरिएको गुनासो गर्छन् गंगाराम, ‘सक्नेले अटो रिक्सा किने, मैले सकिन ।’

ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल मात्रै विस्थापित भएनन् । ई–रिक्सा र अटो रिक्सा किन्न नसक्नेहरूको आय आर्जन नै सुक्यो । विपन्न परिवारका मान्छेले ई–रिक्सा र अटो रिक्सा किन्न नसकेपछि उनीहरूले यो पेसा पनि छाडे ।

रिक्सा चलाएरै छोरा र छोरीको स्कुल फिसदेखि घर खर्च समेत व्यवस्थापन गर्दै आएका गंगारामले यात्रु पाउन छाडे । उनले अहिले मजदुरीको काम पनि सुरु गरेका छन् ।

‘यात्रु नपाएपछि आजभोलि कहिलेकाहीँ सिमेन्ट बोक्न जान्छु,’ गंगाराम गुनासो गर्छन्, ‘ई–रिक्सा र अटो रिक्साले हाम्रो गाँस बन्द गर्‍यो ।’

पाइडल रिक्सा चलाइरहेका कैलाली गोदावरीका ललिराम थारु पनि अब पाइडल रिक्सा थन्काएर गाउँमा मजदुरी गर्न जाने सोच बनाएको सुनाउँछन् ।

आफ्नो पाइडल रिक्सा चलाउनेलाई भन्दा अर्काको पाइडल रिक्सा चलाउनेलाई झन् गाह्रो छ । किनभने रिक्सा मालिकलाई दैनिक पैसा बुझाउनुपर्छ ।

‘कुनै दिन त रिक्साको भाडा तिर्ने पैसा समेत उठ्दैन,’ थारुले गुनासो सुनाए । ई–रिक्सा र अटो रिक्सा किन्न सक्ने आर्थिक क्षमता नभएकै कारण आफूले पेसा फेर्ने निर्णय गरेको बताउँछन् ललिराम ।

केही वर्षपहिले कैलालीमा मात्रै करिब ३ हजार जति पाइडल रिक्सा थिए । तर अहिले मुस्किलले २ सय जति बाँकी छन् । यातायात व्यवस्था कार्यालय कैलालीको तथ्याङ्क अनुसार अहिले कैलालीमा ८ हजार भन्दा बढी ई–रिक्सा दर्ता भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x