×

NMB BANK
NIC ASIA

जब अभिनेत्री शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतमा पुग्यो, छविराज ओझा एकाएक गुमनाम भए ।

Muktinath Bank

न चलचित्र निर्माणको कुरा गरे, न उनी चलचित्रसम्बन्धी कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा देखिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाघ निर्माताकोरूपमा चलचित्र उद्योगमा स्थापित छविराज शायदै ४० वर्षे चलचित्र इतिहासमा यसरी सुस्ताएका थिए । चलचित्र मंगलमपछि उनी अरू कुनै चलचित्रमा जोडिएका छैनन् ।


Advertisment
Nabil box
Kumari

यद्यपि छविराज ओझा अब भने कमब्याक गर्ने तयारीमा छन् ।

Vianet communication

उनले आफ्नै ब्यानरमा निर्माण भएको चलचित्र ‘कसले चोर्‍यो मेरो मन २’ निर्माण गर्ने तयारी गरेका हुन् । यो चलचित्रलाई पहिलो सिरिजकै निर्देशक सवीर श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

कलाकार सबै नयाँ

पहिलो सिरिजमा रेखा थापा, आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, दोस्रो सिरिजमा भने अधिकांश कलाकार नयाँ हुने बुझिएको छ ।

चलचित्रका निर्देशक सवीर श्रेष्ठले लोकान्तरसँग भने, ‘छविराज सरको कुरा र हामीहरूको सरसल्लाहअनुसार यो चलचित्रमा पुराना कलाकार नहुने पक्का छ ।’

रेखा फिल्मसबाट बनेको ‘कसले चोर्‍यो मेरो मन’ त्यो बेला सर्वाधिक हिट चलचित्र बनेको थियो ।

स्क्रिप्ट राइटर बिते, बाँकी काम टुङ्ग्याउने तयारी

‘कसले चोर्‍यो मेरो मन २’ को स्क्रिप्ट ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङले लेखिरहेका थिए । तर, उनको केही महिनाअघि निधन भयो ।

उनको निधनपछि स्क्रिप्टको काम रोकिएको थियो । अब भने निर्माता, निर्देशक लगायत मिलेर यो स्क्रिप्टलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।

निर्देशक सवीर भन्छन्, ‘यस विषयमा सल्लाह भइरहेको छ । अब विकल्प खोजेर चलचित्रको स्क्रिप्टको काम सकाउने योजनामा छौं ।’

फागुनदेखि छायांकन थाल्ने तयारी

निर्माता छविराज ओझाका अनुसार यो चलचित्रको छायांकन दशैंलगत्तै गर्ने पूर्व तयारीमा बाधा आएको छ ।

स्क्रिप्ट राइटरको निधन र कोभिड- १९ ले जन्माएको परिस्थितीका कारण यो चलचित्रको छायांकन समयमै हुन सकेन । तर, आगामी फागुनमा चलचित्रको छायांकन थाल्ने निर्माण पक्षको तयारी छ ।

ओझा भन्छन्, ‘केही महिना प्रि–प्रोडक्सनको काम हुनेछ । त्यसपछि फागुनमा फ्लोरमा जाँदा समय ठीकै हुने अनुमान गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x