×

NMB BANK
NIC ASIA

नेकपा कर्णाली विवादमा नयाँ मोड, मन्त्रिपरिषद् हेरफेर धकेलियो !

कात्तिक १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारमा तत्काल मन्त्री थपघट गर्ने तयारीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयका लागि थाती राखेका छन् ।

Muktinath Bank

आइतवार लोकान्तरसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि स्थायी सरकार आवश्यक पर्ने भएकाले तीनै पक्षलाई मिलाएर मात्र अघि बढ्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई केन्द्रबाट तत्काल मन्त्रिपरिषद्मा नयाँ नियुक्ति गर्न निर्देशन आएपनि म केही दिनका लागि प्रेसर थेगेरै भए पनि तीनै पक्षलाई मिलाएरै लैजान्छु । मिडियामा आएजस्तो आजै मन्त्रिपरिषद् हेरफेर हुँदैन,’ उनले लोकान्तरसँग भने, ‘अहिले चर्चामा आएजस्तो दुई मन्त्रीलाई बर्खास्त गर्ने योजनामा म छैन । सरकारका कारण नेकपा दुर्घटनामा पर्न हुँदैन । सबै पक्षलाई मिलाएर लैजान्छु ।’


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहीले आफू पार्टीको निर्देशन मान्न तयार रहेको बताउँदै अहिले नै मन्त्रिपरिषद् विस्तार हतारमा गरेर पछुताउने पक्षमा आफू नभएको बताए ।

Vianet communication
Laxmi Bank

‘अहिले नै मन्त्रिपरिषद् हेरफेर गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘तिहारपछि केही मन्त्री फेरिन सक्छन् ।’

राजीनामा दिन्नौं– मन्त्रीहरू

प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट सरकारमा प्रतिनिधित्व गर्ने सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूहरू राजीनामा नदिने बताएका छन् ।

लोकान्तरसँग कुरा गर्दै उनीहरूले आफूहरूले कुनै गलत काम नगरेको र कुनै गलत काम नभएको खण्डमा राजीनामा दिने कुरा असम्भव भएको बताए । 

‘हामीले सरकारमा बसेर अनैतिक काम गरेका छैनौं । पार्टी गुटका आधारमा अहिले नै राजीनामा दिने भन्ने कुरा हुँदैन ।

गृहजिल्ला डोल्पामा रहेका मन्त्री बुढाले भने, ‘म राजीनामा दिन्नँ, मुख्यमन्त्री शाहीले बर्खास्त गरे भने अर्कै कुरा हो ।’

नेकपा कर्णालीको ओली गुटमा फूट

​यसअघि प्रचण्ड खेमा भनेर मुख्यमन्त्री शाहीसहित पूर्व माओवादी, नेपाल खेमामा भनेर प्रकाश ज्वाला पक्ष र ओली खेमा भनेर नेता यामलाल कंडेललगायतलाई चिनिँदै आएको थियो ।

नेता यामलाल कंडेल पक्षका भनेर चिनिएका ६ जना सांसदहरूले आफूहरू यामलाल गुटको नभएर ओली पक्षको भएको बताउँदै कंडेलको इशारामा नचल्ने बताएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले लोकान्तरसँग भने, ‘कंडेलले भनेर मात्रै मात्रै हामी कर्णालीमा अस्थिरता निम्त्याउन चाहँदैनौं । कर्णालीको विकास चाहन्छौं, परिवर्तन र समृद्धि चाहन्छौं । यहाँ अस्थिरता र नेपाली राजनीतिको रणमैदान बनाएर कर्णालीको बेइज्जत गर्ने पक्षमा छैनौं,’ ती सांसदले भने, ‘केही दिनमा हामी काठमाडौं जान्छौं र प्रधानमन्त्री ओलीसँग कंडेलजीको बारेमा कुरा गर्न तयार छौं ।’

विवादले नयाँ रूप ग्रहण

यससँगै कर्णालीको विवादको निरुपण गर्ने जिम्मा मुख्यमन्त्री शाहीको काँधमा आइपुगेको छ । ज्वाला पक्षले तत्काल मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने बताइरहे पनि मुख्यमन्त्री शाही भने तीनै पक्षलाई मिलाएर अघि बढ्छु भन्नेमा पुगेका छन् ।

कंडेल पक्षका सांसदहरूमध्ये ६ जना सांसदले यही सरकारको निरन्तरता चाहिरहेको अवस्थामा मुख्यमन्त्री शाहीको पक्षमा ज्वाला पक्षका ८, मुख्यमन्त्री शाही पक्षका १२ र कंडेल पक्ष भनेर चिनिएकामध्ये ६ गरी २६ जना संसद पुग्ने भएपछि यो निर्णयबाट मुख्यमन्त्री केही पछि सरेका हुन् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलमा जम्मा ३३ जना सांसद छन् । सभामुख बाहेकका ३२ जना सांसदमध्ये मुख्यमन्त्री शाहीको पक्षमा अहिले २६ जना देखिएका छन् भने नेता कंडेलको पक्षमा ६ जना मात्रै देखिएका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार काठमाडौंमा नेता माधवकुमार नेपाल र  अध्यक्ष प्रचण्डबीच निरन्तर कुराकानी भइरहेको छ ।

प्रचण्डले तेस्रो पक्षलाई पनि मिलाएर अघि बढ्न निर्देशन दिएकाले मुख्यमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको तयारीलाई थाती राखेको स्रोतको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x