पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कात्तिक २३, २०७७
अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनको सम्भावित परराष्ट्रनीतिका विषयमा संसारलाई चासो हुनु स्वाभाविक हो किनकि विश्वको महाशक्ति राष्ट्र अमेरिकाले चाल्ने कदमको दूरगामी असर रहन्छ ।
बाइडन सिनेटर छँदा अनि बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति हुँदा परराष्ट्र मामिलामा प्रभाव पार्ने अनेकौं काम गरेकाले राष्ट्रपति बनेपछि कूटनीति उनको प्राथमिकतामा पर्ने सुनिश्चित छ ।
बाइडनले फरेन अफेयर्स पत्रिकामा गत जनवरी महिनामा एक लामो लेख प्रकाशन गरेर आफ्नो परराष्ट्रनीति कस्तो हुनेछ भनी झलक दिएका छन् ।
उनले अमेरिकाको परराष्ट्र सम्बन्धको तरिकामा परिवर्तन ल्याउनेछन् । अमेरिकाले विश्वको नेतृत्व पुनः गर्ने तथा कूटनीतिलाई पहिलो प्राथमिकता दिने उनको भनाइ छ ।
डोनल्ड ट्रम्पले ‘अमेरिका पहिलो’ नीति अपनाएर देशलाई बहुपक्षीय सम्झौता, संगठन तथा साझेदारीबाट क्रमशः झिक्दै लगेका थिए । आफ्ना साझेदारहरूलाई अपमान गर्ने काम उनीबाट भएको थियो । उनको शासनकालको चार वर्षमा अमेरिकी साझेदारसँगको सम्बन्ध निकै बिग्रिएको थियो ।
तर बाइडन कूटनीतिमा विश्वास गर्छन् र साझेदारसँगको सम्बन्ध सुधारका लागि उनले इमान्दार प्रयास गर्नेछन् । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रशंसा गर्ने गरेका थिए तर बाइडनले रुसविरुद्ध कठोर दृष्टिकोण अपनाउने सम्भावना छ ।
क्राइमियालाई रुसले आफूमा मिसाएपछि ओबामा प्रशासनले रुसविरुद्ध प्रतिबन्ध लगाएको थियो र बाइडनले त्यसका लागि पैरवी गरेका थिए । आफू राष्ट्रपति भएपछि बाइडनले कम्तीमा शाब्दिक रूपमा भए पनि रुसलाई कसीकसाउ गर्ने सम्भावना छ किनकि अमेरिकी संस्थापन पक्षले स्पष्ट रूपमा रुस र चीनलाई अमेरिकाका शत्रु भनी किटेको छ ।
रुसको यही खतरालाई मद्देनजर गर्दै बाइडनले पराआन्ध्रीय सम्बन्ध (ट्रान्सएट्लान्टिक टाइज) मा सुधार ल्याउने बताएका छन् ।
ट्रम्पले युरोपेली संघ र नेटोको कटु आलोचना गर्दै युरोपेली आयातमा कर लगाएका थिए अनि युरोपलाई साक्षी राखेर गरिएका अन्तर्राष्ट्रिय सहमतिबाट हात झिकेका थिए ।
तर बाइडनले त्यसलाई पल्टाउने छन् । उनले नेटोलाई आधुनिक इतिहासको सबभन्दा प्रभावकारी राजनीतिक तथा सैन्य साझेदारी भनी बयान दिएका छन् र रुसबाट आउन सक्ने खतराको सामना गर्न यसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
ट्रम्प प्रशासनले युरोपेली मुलुकहरू सहित अन्यसँग मिलेर गरेको पेरिस जलवायु सम्झौता र इरान आणविक सम्झौताबाट हात झिकेको थियो तर बाइडनले अमेरिकालाई पुनः त्यसमा जोड्ने सम्भावना छ । पेरिस सम्झौतामा त शपथ लिएकै दिनबाट अमेरिकालाई जोड्ने भनी बाइडनले बताइसकेका छन् । अनि संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलमा अमेरिकाको लगानी पुनः सुचारु गर्ने काम पनि बाइडनले गर्नेछन् ।
पराआन्ध्रीय सम्बन्ध तथा साझेदारीको प्रसंगमा बाइडनले युरोपेली संघलाई प्राथमिकता दिने संकेत दिएका छन् । संघबाट छुटिट्एको बेलायतले सम्झौतारहित ब्रेक्जिट गरेमा र त्यसको परिणामस्वरूप उत्तरी आयरल्यान्डसँगको कठोर सीमासम्बन्ध बनेमा अमेरिकासँग व्यापार सम्झौता गर्ने कुरा बेलायतले नसोचे पनि हुन्छ भन्ने बाइडनको मत छ ।
इरान आणविक सम्झौताको कुरा गर्दा इरानीहरूले सम्झौताबमोजिम आणविक संरचनाको सीमालाई पालन गरेमा अमेरिका पुनः सम्झौताको साझेदार बन्ने भनी बाइडनले बताएका छन् ।
रुससँग अमेरिकाले गरेको एसटीएआरटी आणविक हतियार सन्धिको म्याद सन् २०२१ को फेब्रुअरी महिनामा सकिँदैछ र त्यसको म्याद बढाउने सम्झौता गर्न शायद बाइडन अग्रसर हुनेछन् ।
ट्रम्प प्रशासनले रक्षा मामिलामा व्यापक खर्च बढाएको थियो तर बाइडन प्रशासनले त्यस्तो खर्च अलिकति भए पनि घटाउन सक्छ । बाइडनले आफ्नो लेखमा अमेरिकाको सैन्य फिर्ती प्रक्रिया कायम रहने तथा अन्त्यहीन युद्धमा अमेरिका अब नफस्ने भनी लेखेका छन् ।
उनले संसारका विभिन्न अड्डामा अमेरिकी सैनिकहरूको संख्या घटाउने संकेत यसमार्फत दिएका छन् किनकि अमेरिकी जनताको चाहना पनि यही हो ।
त्यसमाथि अब पहिलेको जस्तो सैनिकहरू आमनेसामने भिडेर युद्ध हुने छैन किनकि अहिले सबै महाशक्तिहरू उच्चप्रविधियुक्त हतियार प्रयोगको परीक्षण गरिरहेका छन् । त्यसैले गर्दा चीनले पनि सैनिक संख्या घटाएर अत्याधुनिक हतियार प्रयोग गर्न थालेको छ । यसमा अमेरिका पछि पर्ने कुरै हुँदैन ।
चीनको प्रसंग आउँदा बाइडनले आफ्नो लेखमा ‘हामी चीनप्रति कठोर हुन जरूरी छ’ भनेका छन् । अनि चीनप्रतिको कठोरतामा अमेरिकाका दुवै दलहरू सहमत छन् । अझ हालै सम्पन्न निर्वाचनमा चीनविरुद्ध को बढी कठोर छ भन्ने विषयमा बाइडन र ट्रम्पबीच प्रतिस्पर्धा नै चलेको थियो ।
चीनले तेर्स्याएको भनिएको आर्थिक तथा सैन्य चुनौतीलाई बाइडन प्रशासनले उच्च प्राथमिकताका साथ व्यवस्थापन गर्नेछ । तर व्यापारयुद्ध जस्ता उपाय अपनाउने भन्दा पनि कूटनीतिमा जोड दिएर चीनको महत्त्वाकांक्षामा सन्तुलनमा राख्ने प्रयास गर्नेछ ।
चीनको प्रभाव विस्तारलाई रोक्नका लागि अमेरिकी साझेदारहरूसँग मिलेर काम गर्ने पनि बाइडनले बताएका छन् ।
लोकतान्त्रिक मुलुकहरूसँगको साझेदारीमा चीनको सामना गर्ने भनी बाइडनले स्पष्ट बताइरहँदा अमेरिका र चीनबीचको दोस्रो शीतयुद्धमा साझेदार निर्माण प्रक्रियाले तीव्रता पाइरहने संकेत पाइएको छ ।
भारत, जापान र अस्ट्रेलियासँगको अमेरिकी साझेदारी कायम रहनेछ । दक्षिण चीन सागर र पूर्वी चीन सागरमा चीनलाई अमेरिकाले सन्तुलनमा राख्न युद्धपोत तैनाथ गरिरहनेछ ।
चीनको उदयलाई रोक्नका लागि भारतलाई अग्रपंक्तिको साझेदार बनाउने अमेरिकी प्रयास बाइडन प्रशासनले जारी राख्नेछ । यस्तो अवस्थामा नेपालले चीन र भारत/अमेरिका दुई खेमाको दबाब अनुभव गरिरहनेछ ।
अमेरिकाले नेपालमा चलाउन खोजेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन गर्न दबाब दिने काम बाइडन प्रशासनले पनि गर्नेछ । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभलाई खतरा हुने गरी अमेरिकी एमसीसीको रणनीतिक कार्यान्वयन गरेमा चीनले प्रतिरोध गर्ने भनी एक चिनियाँ थिंकट्यांकले बयान दिएको सन्दर्भमा नेपाल शक्तिराष्ट्रहरूको संघर्षमैदान बन्ने जोखिम उच्च छ ।
बाइडन प्रशासनका अन्य प्राथमिकताको कुरा गर्दा उत्तर कोरियासँगको सम्बन्ध कटु हुँदै जाने सम्भावना छ । ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग व्यक्तिगत सम्बन्ध राम्रो बनाएका थिए तर बाइडनले किमलाई ‘ठग’ भनेका छन् । यस्तोमा किमसँग बाइडन प्रशासनले खासै सम्पर्क नगर्ने संकेत पाइन्छ । उत्तर कोरियाले आणविक हतियार परीक्षणलाई तीव्रता दिने सम्भावना छ ।
अफगानिस्तानको अन्त्यहीन युद्ध टुंग्याउन बाइडन प्रशासनले पहल गर्नेछ । इस्लामिक स्टेट र अल कायदालाई पराजित गर्न बाइडनले पहल गर्नेछन् । अफगानिस्तानमा रहेका ५२ सय अमेरिकी सैनिकको संख्या घटाएर बढीमा दुई हजारमा सीमित राख्ने भनी बाइडनले बताइसकेका छन् ।
त्यसबाहेक ओबामा प्रशासनले शुरू गरेको आणविक हतियारको आधुनिकीकरण तथा वायुसेना र जलसेनाको हातहतियार आधुनिकीकरणलाई निरन्तरता दिनेछ । हतियार उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले अमेरिकी सांसदहरूले यसमा कुनै पनि कटौतीलाई स्वीकार गर्दैनन् । त्यसैले बाइडन प्रशासनले हतियार उद्योगलाई थप व्यापारको अवसर दिनेछन् ।
पश्चिम एसियाको कुरा गर्दा ओबामा प्रशासनले उक्त क्षेत्रबाट अमेरिकाको ध्यान ‘पिभोट टु एसिया’ का नाममा एसिया प्रशान्त क्षेत्रमा केन्द्रित गरेबाट बाइडन प्रशासनले पश्चिम एसियालाई कस्तो व्यवहार गर्ला भनी संकेत पाइन्छ । इजरायलसँगको अमेरिकी सम्बन्ध थप सुदृढ हुनेछ यद्यपि बेन्जामिन नेतान्याहुले ओबामा प्रशासनसँग सम्बन्ध बिगारेकाले बाइडन प्रशासनको विश्वास जित्न प्रयास गर्नुपर्ने हुन सक्छ ।
यमन युद्ध अन्त्य गर्नका लागि साउदी अरब र यूएईलाई बाइडन प्रशासनले दबाब दिने सम्भावना छ । डेमोक्रेट सांसद रो खन्नाले यमनमा साउदी अरबको युद्धबाट अमेरिकी समर्थन झिक्नका लागि संसदमा एक विधेयक पेश गर्ने बताएका छन् र बाइडन प्रशासन त्यसमा गम्भीर रहनेछ ।
अमेरिका ऊर्जाको क्षेत्रमा आत्मनिर्भर भइसकेकाले पश्चिम एसियाको तेलमा उसलाई कुनै रुचि छैन, त्यसैले त्यहाँको राजनीतिमा पनि ऊ फस्न चाहँदैन । अमेरिकाको छत्रछायामा रहेका गल्फ मुलुकहरूको सुरक्षाको जिम्मा इजरायलले लिने प्रक्रिया ट्रम्प प्रशासनले शुरू गरेको छ र बाइडनले त्यसैलाई निरन्तरता दिने सम्भावना छ ।
दक्षिण अमेरिकी देशहरूसँगको कुरा गर्दा ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारो ट्रम्पका भक्त थिए, त्यसैले बाइडन प्रशासनसँग उनको सम्बन्ध सुमधुर नरहन सक्छ ।
अनि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई ट्रम्प प्रशासनले निकै खेदेको थियो तर बाइडन प्रशासनले उनलाई केही सहजता दिने सम्भावना छ । बाइडनले भेनेजुएला र इरान जस्ता ओपेक मुलुकहरूसँग कूटनीतिक सम्बन्ध कायम गर्ने इच्छा व्यक्त गरेकाले मदुरोले राहत पाउन सक्छन् ।
बाइडन प्रशासनले शालीनता र कूटनीतिलाई प्राथमिकता दिने हुनाले साझेदारहरूले चिन्ता मान्नु नपर्ने हुन सक्छ । मानवअधिकारका विषयमा प्रतिबद्धता व्यक्त गरेकाले अनि लोकरञ्जनवादी नेताहरूप्रति शंका गर्ने हुनाले बाइडन प्रशासनले कससँग कस्तो व्यवहार गर्ने भन्ने एक किसिमले स्पष्ट छ ।
यसरी हेर्दा भूमध्यसागर क्षेत्रमा प्रभुत्वको दाबी गरिरहेको टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लगाम कस्नका लागि बाइडन प्रशासनले कोशिश गर्नेछ जबकि ट्रम्पले एर्दोआनलाई साथी ठान्ने गरेका थिए । एर्दोआनले रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले किनेर अमेरिकालाई त्यसै पनि चिढ्याइसकेका छन् ।
अमेरिकाले विश्वलाई पुनः नेतृत्व दिन सक्छ भन्नेमा बाइडन ढुक्क छन् र यसका लागि कूटनीति नै राम्रो माध्यम हो भन्ने उनको दृढ धारणा छ ।
अमेरिकालाई पहिले जस्तो टाढाका मुलुकका लडाइँमा होम्ने छुट कुनै पनि प्रशासनलाई छैन । बाइडनले पनि अमेरिकाको लोकतन्त्रमा सुधार ल्याउनु तथा त्यसलाई पुनर्ताजगी दिनु आफ्नो प्राथमिकता हुने बताएका छन् ।
पहिला देशमा अनि मात्र विदेशमा उनको ध्यान रहने यसबाट सिद्ध हुन्छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...