एउटा घोडाको मूल्य कति पर्छ ? तपाई अनुमान लगाउन सक्नुहुन्छ । तर यहाँ घोडाको त्यो सामान्य मूल्यको चर्चा गरिएको छैन ।
यहाँ चर्चा गरिएको घोडाको मूल्य यति धेरै पर्छ कि त्यो रकमले दुई वटा गाडी किन्न पुग्छ ।
भारतको महाराष्ट्रमा जारी चेतक उत्सवमा यो घोडालाई सार्वजनिक गरिएको हो ।
एजेन्सीका अनुसार, यस घोडाको मूल्य १० करोड भारतीय रुपैयाँ हो । यस घोडाको गती भने एकदमै धेरै रहेको छ । एजेन्सीकाअनुसार, एक्सप्रेस ट्रेनभन्दा तीव्र गतिमा यो घोडा दगुर्छ ।
यति महँगो घोडाको नाम ‘शान’ हो । यस घोडाको मालिक तारा सिंहका अनुसार, शान मारवाडी नस्लको घोडा हो । तारा सिंह पञ्जावको अमृतसरमा बस्छन् ।
यस घोडाले ८० किलोमिटर प्रतिघन्टाको गतिमा दगुर्ने बताइएको छ । ५ वर्षीय यस घोडाको उचाई ५.५ फीट रहेको छ ।
एजेन्सी