×

NMB BANK
NIC ASIA

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सम्झौता

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व गृह र ऊर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसदका सांसद जर्नादन शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधवार काठमाडौंमा सम्झौता भएको छ ।

Muktinath Bank

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले सिफारिश गरेका उद्यमीलाई बैंकले नियमअनुसार प्रत्येक समूहलाई अधिकतम १० लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ । 

Vianet communication
Laxmi Bank

समारोहमा माननीय जर्नादन शर्माले देश स्रोतसाधनमा धनी हुँदाहुदै पर्याप्त परिचालन नभएकाले गरीबीमा बस्नुपरेको हुँदा बैंकको कर्जाले स्रोतसाधनको परिचालनमा महत्त्वपूर्ण योगदान गर्ने बताए । उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलका रूपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बंगलादेशबाट शुरू भएको सामूहिक जमानीको आधारमा लगानी गरिने लघुवित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए । उनले देशको उत्पादन वृद्धि तथा गरीबी न्यूनिकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमूनाको रूपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताए ।

उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा १६६० जनालाई १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताए । राष्ट्रिय वाणिज्य बैंकले मात्रै बैंकिङ क्षेत्रमा भएको सहुलियतपूर्ण कूल कर्जा लगानीको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी गरिसकेको उनले बताए । नगर प्रमुख विशाल शर्माले नगरवासीको गरीबी न्यूनिकरण गरी जीवनस्तर उकास्न यो सहकार्य फलदायी हुने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका माननीय सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार अर्थविद् डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वयन समिति, रुकुम पश्चिमका संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल, अन्य कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x