टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा एच फाइभ गाडीमा विभिन्न अफर सहितको ‘ए फाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्दैछ ।
यो कार्यक्रम यही मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुने जनाइएको छ । योजना अन्तर्गत उक्त दिन टाटाको एच फाइभ गाडी बुकिङ तथा प्रि–बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरू प्रदान गरिनेछ ।
त्यसदिन एच फाइभ बुकिङ गर्ने ग्राहकहरुले रु ३ लाख ५० हजारसम्मको नगद छुट तथा प्रत्येक बुकिङमा आइ फोन ११, रु १ लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस, रु १ लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्नेछन् ।
साथै मंसिर १९ सम्म कम्पनीद्वारा उल्लेखित लिंक https://bit.ly/H5Offer मा गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले थप २५ हजार नगद छुट र २५ हजारसम्मकै थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
लोकान्तर संवाददाता