कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मंसिर १९, २०७७
गत माघ १९ गते सम्पन्न भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीभित्र गुटबन्दीको अन्त्य शीर्ष तहबाटै गर्नुपर्ने निर्णय गरेको थियो । जीवित र मृत नेताहरूको नाममा प्रतिष्ठान बनाएर त्यसैका आडमा सञ्चालित हुने गुटबन्दीको अन्त्य तत्काल हुनुपर्ने माग केन्द्रीय कमिटीका नेताहरूले गरेका थिए । त्यही अनुरूप बैठकले निर्णयसमेत गरेको थियो ।
तर त्यसयता नेकपामा गुटबन्दी अझ बढी झांगियो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीकै प्रत्यक्ष/अप्रत्यक्ष निर्देशनमा मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी कार्यक्रमहरू गरिए र अझै चल्दै छन् । त्यस्ता कतिपय कार्यक्रमहरूमा परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली मुख्य अतिथिका रूपमा निम्त्याइए ।
त्यति मात्र नभएर बालुवाटारबाटै भर्चुअल माध्यमबाट विभिन्न प्रदेशका ओलीनिकट नेता कार्यकर्ताहरूको गुट भेला हुने क्रम जारी रह्यो । पार्टी फुट्ने र त्यसका लागि तयार रहन अध्यक्ष ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य नेताहरूले निर्देशन दिएका समाचारहरू बाहिर आएका छन् ।
यो वा त्यो रूपबाट सञ्चालन गरिने गुट भेलाको अन्त्य गरिनुपर्ने माग राख्दै आएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यही सिको गर्न थालेको छ । शुक्रवार राजधानीको थापाथली क्याम्पसमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसाललाई साक्षी राख्दै प्रचण्ड-नेपाल समूहनिकट विद्यार्थीहरूले भेला आयोजना गरे ।
भेलामा अनेरास्ववियूका पुराना नेताहरू लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री लगायतका धेरै युवाहरूको सहभागिता रहेको थियो । भेलामा बोल्ने प्राय सबै वक्ताहरूले ओलीको 'खोइरो' खने । भेलामा बोल्ने अधिकांश वक्ताहरूले रुपान्तरणविनाको एकता काम नभएकोमा जोड दिएका छन् । भेलामा करीब २ सय युवा विद्यार्थीहरूको सहभागिता थियो ।
भेलामा सहभागी झाँक्रीले ओलीतर्फ इंगित गर्दै भनिन्, 'हामीले व्यक्तिपूजा गर्न सक्दैनौं । आलोचनात्मक चेत जसमा छैन, जसमा मार्क्सवादी दृष्टिकोण छैन, त्यस्ता व्यक्तिको लहडमा पार्टी चल्न सक्दैन ।'
झाँक्रीले अनेरास्ववियूका युवा नेताहरूले अरिंगाल शैली त्यागेर मौरी शैलीमा अघि बढ्नुपर्ने बताइन् । 'कर्मशील मौरी शैलीमा अघि बढ्नुपर्छ,' वक्तव्यका क्रममा झाँक्रीले भनिन्, 'पार्टी एकता प्रक्रियामा कहाँनेर चुकेको छ, त्यसको सही मूल्यांकन हुनुपर्छ । एकताका आधारहरूलाई बेवास्ता गरिएको छ । स्वार्थ बाँडिएको छ । यथास्थितिमा निमोनियाले सताएको फोक्सो बोकेको पार्टी एक भएर काम पनि छैन ।'
भेलामा बोल्दै लेखनाथ न्यौपानेले समाजवादको आधार तयार गर्ने हिसाबले कम्युनिस्टहरू अघि नबढेको बताए । 'व्यवहारमा अघि बढ्नु त अलग कुरा हो, बहससमेत हुन छाडेको छ,' न्यौपानेले भने, 'अब जनतामाझ म नेकपाको कार्यकर्ता हुँ भनेर जाने हो भने जनताले ढुंगामुढा गर्ने स्थिति मैले देखेको छु ।'
उनले पनि ओली प्रवृत्तिको तिखो आलोचना गरे । 'यदि सत्तामै जाने हो, मन्त्री नै चाहिएको हो, पैसा नै कमाउने हो भने पार्टी किन फुट्नुपर्यो ?' न्यौपानेले प्रश्न गरे, 'तर नयाँ आधारमा नयाँ ढंगले राजनीतिलाई शिफ्ट गर्ने हो भने अहिलेको जस्तो तरिकाले हुँदैन ।'
न्यौपानेले घुमाउरो भाषामा यही अवस्थामा पार्टी एक रहनुको कुनै अर्थ नरहेको बताए ।
बैठकमा नआए सबैभन्दा ठूलो नोक्सानी ओलीलाई नै हुन्छ - अष्टलक्ष्मी शाक्य (शाक्यको भनाइको सार संक्षेप उनकै शब्दमा)
भोलिको सचिवालय बैठक निर्धारित समयमा बस्छ । ओली कमरेडले अस्तिको बैठकमा म आउन्नँ, छलफलमा भाग लिन्नँ, प्रचण्डको प्रतिवेदन म मान्दिनँ भन्नुभयो, यो भन्न उहाँले पाउनुहुन्न । निकास भनेको बैठकबाट नै हुन्छ । दुईवटा प्रतिवेदन आए भन्दैमा पार्टी विग्रहतिर जान्छ भन्ने मलाई लाग्दैन ।
दुवैको प्रतिवेदन अघि राखेर खुलस्त ढंगले छलफल गर्नुपर्छ । त्यसो हो भने एक दुई दिन लाग्छ होला, तर सकारात्मक निष्कर्षमा पुग्छ । त्योबाहेक अन्य विकल्प खोज्ने हो भने नोक्सानी बेहोर्नुपर्छ । बैठकमा बस्दिनँ, मान्दिनँ भन्नेलाई नै ठूलो नोक्सानी हुन्छ ।
प्रस्ताव आइसकेपछि लिखित जवाफ दिने तर छलफलमा भाग नलिने भन्ने पनि हुन्छ ? भाग्न मिल्छ ? बैठक छाडेर जान मिल्छ ? समस्याको समाधान बाहिरबाट हुँदैन । नेकपा एमाले र माओवादी उहाँले नै एकीकरण गर्नुभएको हो । उहाँले त झनै एकढिक्का बनाएर अघि बढ्नुपर्ने थियो ।
उहाँको सोच शैलीले पार्टीभित्र समस्या सिर्जना भइरहेको छ । अप्ठ्यारो भएको छ । यो लोकतान्त्रिक शैली होइन । बैठक छोडेर कहीँ पनि जान सक्नुहुन्न । ओली कमरेडले त्यो विचार पनि राख्नुहुन्न । फाइदा छैन । पार्टीलाई कसले कसलाई सकाउने ? जति मिलेर जान सक्यो पार्टीको भविष्य त्यहीँ हुन्छ ।
ओली सहभागी नभए पनि पार्टी बैठक अघि बढ्छ । सहमति मात्र पार्टीको विधि होइन के । अल्पमत र बहुमत पनि पार्टीको विधि हो । हिजैदेखि हामीले यो अभ्यास पनि गर्दै आएका छौं । दुईवटा प्रतिवेदन छ, कसरी अघि बढ्ने भनेर उहाँ छलफलमा आउनैपर्छ ।
बहुमतको निर्णय नमानेर के गर्नुहुन्छ ? अध्यक्ष भएपनि उहाँ पार्टीभन्दा माथि हुनुहुन्न ।
समस्या समाधान गर्न नसक्नेले आफूलाई नेतृत्व भनेर दाबी गर्नु हुँदैन – पम्फा भुसाल
विद्यार्थी साथीहरूले आयोजना गरेको कार्यक्रममा हामी आएका हौँ । पार्टीमा आएको संकट के हो, कसरी समाधान हुन्छ र कसरी पार्टी एकतालाई कायम गर्ने भन्ने बारे आज छलफल भएको हो । हामी यही उपत्यकामा थियौं र उपत्यकाकै नेताहरू सहभागी भएका हौँ ।
हामीले पार्टीमा बहस छ, विवाद छ र यतिबेला पार्टीमा संकट छ । तर यतिबेला हामी भोलि हुने सचिवालय बैठक, पर्सिबाट शुरू हुने स्थायी कमिटी बैठक र २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा गम्भीर छलफल गर्छौं । एकता र रुपान्तरणको प्रक्रियालाई अघि बढाउछौं ।
सकेसम्म सर्वसम्मत नभए हाम्रो संगठनात्मक समस्या हल गर्ने एउटा विधि छ, त्यो विधिमार्फत् हामी अघि बढ्छौं । नयाँ आधारमा नयाँ एकता गरेर जाने हाम्रो उद्देश्य र सोच हो ।
प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्नँ भन्नुभएको हो । भोलि बस्ने सचिवालय बैठकमा उहाँ आउनुहुन्न भन्ने लाग्दैन । उहाँ आफैंले ३८ पृष्ठको प्रतिवेदन पेश गर्नुभएको छ । उहाँसँग सम्बन्धित भएर अन्य कमरेडहरूले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरूको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको समाधान हुँदैन ।
उहाँ आउनुपर्छ र समस्याको समाधानका लागि उहाँले नै पहल लिनुपर्छ । नेतृत्व भनेको समस्याको समाधान हो । समस्या समाधान नगर्ने नेतृत्व नेतृत्व हुन सक्दैन ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...