×

NMB BANK
NIC ASIA

राजनीतिमा विनोद चौधरी– कांग्रेसको आकाशमा चाँदीको घेरा !

मंसिर २५, २०७७

NTC
Premier Steels

तीन वर्षअघि २०७४ सालको प्रतिनिधि सभा/प्रदेशसभा चुनावमा उद्यमी विनोद चौधरी नेपाली कांग्रेसका लागि ‘सेलिब्रेटी’ वक्ता बने ।

Muktinath Bank

कांग्रेसका अरू प्रमुख वक्ता झैं उनलाई पनि चुनावी सभामा सम्बोधन गर्न भ्याइनभ्याइ भयो । आफ्नै पार्टीले नेतृत्व गरिरहेको सरकार भएको अवस्थामा कांग्रेसले अघि सारेका योजना र घोषणा पत्रका साथै देश विकासमा आफ्नो भोगाइ समेटिएको एजेण्डा लिएर उनी कांग्रेसलाई भोट माग्दै देश दौडाहामा निस्किए । यस क्रममा उनी रोजाइको पात्र समेत बने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनोद चौधरीलाई आफ्नो ठाउँमा लगेर उद्योग खोल्ने र रोजगारी सिर्जना गर्ने भाषण गराउन सके चुनाव जित्न सकिने कतिपय कांग्रेस उम्मेदवारको मनोविज्ञान बन्न पुग्यो । चौधरीले ओखलढुंगादेखि नुवाकोट, नवलपुरदेखि रुपन्देही र दाङदेखि कैलालीसम्मका चुनावी सभालाई सम्बोधन गर्न भ्याए । कांग्रेस मात्र होइन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पालुङटारको चुनावी सभामा चौधरीलाई उपस्थित गराएर भोट मागे । चुनावी सभामा चौधरीका कुरा मतदाताले धैर्यतापूर्वक सुने । 


Advertisment
Nabil box
Kumari

Vianet communication

नुवाकोटमा कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीको अन्तिम चुनावी सभामा विनोद चौधरीसँगै पुगेका कांग्रेसका युवा नेता गगन थापाले चुनावी सभामा भनेका थिए– यी फराकिला बाटाहरू केबल काठमाडौं बसाइँ सर्नका लागि होइनन्, विनोद चौधरी जस्तो उद्यमी बन्नका लागि हुन् । त्रिशूली करिडोरमा औद्योगिक विकास गर्न सकिने अवधारणा उनले त्यहाँ सुनाए ।

आर्थिक विकास र रोजगारी, बदलिएको राजनीतिक नारा

नेपाली कांग्रेसले संस्थापक बीपी कोइरालाले नै पाँच दशक अगाडि जुराइदिएको ‘प्रत्येक नेपालीको आफ्नै घर होस्, घरमा लैनो गाईभैँसी होस्, छोराछोरी पढ्न सकुन्’ भन्ने परम्परागत समाजवादको व्याख्या र कार्यक्रमलाई चुनावी एजेण्डा बनाउँदै आइरहेको थियो र छ । यसलाई समयसापेक्ष व्याख्या गर्दै हरेक नेपालीलाई रोजगार र उद्यमी बनाउने नवीन सोच चौधरीले हरेक चुनावी सभामा प्रस्तुत गरे । 

प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने झण्डै ५ लाख कामदार र रोजगारीका लागि खाडीका मुलुकमा न्युन ज्यालामा श्रम बेच्न बाध्य युवालाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने विषय राजनीतिक दलको एजेण्डामा छैनन् । यो विषय र समाधानका उपाय चौधरीले ल्याए । 

नेपालमा प्रजातन्त्र ल्याउन भूमिका खेलेको अग्रणी दल तथा आर्थिक उदारीकरणको नीति लिएको नेपाली कांग्रेसले अब आर्थिक विकासको नेतृत्व लिनुपर्छ भनी चौधरीले आफ्नो विचार देशभरी पुर्‍याए ।

राजनीतिमा लागेर केही गरौं भन्ने चौधरीको सोच

व्यावसायिक रूपमा आफूलाई नेपालको सफल उद्यमीको अग्रपंक्तिमा उभ्याउन सफल भए चौधरी । केही दशकमा उनले चमत्कारिक सफलता हासिल गर्दै विश्वका धनाड्यको सूचीमा आफ्नो नाम दर्ज गर्न सफल भए । नेपालमा मात्र होइन उनको व्यवसाय विश्वका विभिन्न देशमा फैलियो । विश्वका धनाड्यको सूचीमा नेपालको तर्फबाट नाम लेखाउन सफल भए ।

आफ्नो व्यावसायिक विरासत दोस्रो पुस्ताले सम्हाल्न थालेपछि चौधरीले क्रमशः आफूलाई राजनीतिमार्फत देश निर्माणको अभियानमा लगाउन खोज्दैछन् । व्यवसायको बागडोर छोराहरूले सम्हालेपछि उनी क्रमशः राजनीतिमा आउन खोजेको निकटस्थहरू बताउँछन् । राजनीतिमा पनि उनले लोकतान्त्रिक र उदारवादी धार रोजेका छन्, नेपाली कांग्रेसलाई ।

सधैँ नै कांग्रेसले लिएको उदार अर्थनीतिको उनले खुलेर प्रशंसा गर्ने गरेका छन् । २०४६ सालपछि कांग्रेसले लिएको नीति र निजी क्षेत्रको भरोसाका कारण दशकौं लामो राजनीतिक अराजकताबाट नेपालको अर्थतन्त्र जोगिएको हो, निर्धक्क साथ भन्न सक्छु– एकपटकको असल नीतिले दशकौंतर्फ हिँडाउन सक्छ, २०७५ जेठ ११ गते संसद्को बैठकमा चौधरीले भनेका थिए ।

आफ्नो क्षेत्रमा सफलताको शिखरमा पुगेका चौधरीले किन राजनीतिमा हामफाल्न खोज्दैछन् ? सक्रिय राजनीतिमा प्रवेशबारे नवलपुरको अर्खलेमा २०७४ मंसिर ११ गते आयोजित कार्यक्रममा चौधरीले सटिक जवाफ फर्काएका थिए– ‘मुलुकको आर्थिक समृद्धि र विकासको दीर्घकालीन लक्ष्य प्राप्त गर्न राजनीतिको विकल्प छैन । म बाँकी जीवन यही मूलमन्त्रमा टेकेर देशका लागि केही गर्छु ।’

राजनीतिलाई जनताको सेवा भावका लागि गरिने निस्वार्थ पेशा भनिएपनि पछिल्ला वर्षमा राजनीति कमाउ धन्दा जस्तो बन्दै गइरहेको छ । तर पद, प्रतिष्ठा र धन कमाएपछि चौधरी भने राजनीतिमा होमिन खोज्दैछन् ।

विकास र समृद्धि हाँक्न सक्ने नेतृत्वको खोजी

देशमा पटक–पटक भएका राजनीतिक परिवर्तन राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि थियो । राजनीतिक क्रान्तिपछि बनेका सरकारले जनतालाई विकास र समृद्धिको कुरा गरे, तर डेलिभरी गर्न सकेनन् ।

अहिले पनि देशमा दुईतिहाइको सरकार छ, तर अपेक्षित विकास हुन सकेको छैन । अर्थतन्त्र बुझेका नेपाली कांग्रेसका एक नेता राजनीतिक ज्ञानले मात्र देशका समस्या समाधान नहुने विश्लेषण गर्छन् ।

राजनीतिक नेतृत्व र विकासको नेतृत्व फरक कुरा हुन्, राजनीतिमा जतिसुकै चतुर खेलाडी भएपनि उसले विकासको नेतृत्व गर्न सक्छ भन्ने छैन । नितान्त व्यापारिक स्वार्थ भन्दा पनि देशका लागि केही गरौं भन्ने सोच चौधरीका सार्वजनिक अभिव्यक्तिमा सुन्न पाइन्छ । देश विकास र राजनीतिक पूर्वाग्रहबाट माथि उठेर उनले बोल्ने गरेको पाइन्छ ।

कांग्रेसका नेताहरू चौधरीलाई आर्थिक विकास र समृद्धिका लागि पार्टीभित्र पर्याप्त भूमिका दिनुपर्ने धारणा राख्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिलाई कांग्रेसमा भित्र्याउन पाउनु पार्टीका लागि गर्वको विषय भएको नेताहरू बताउँछन् । यही क्रममा नेपाली कांग्रेसले चौधरीको नेतृत्वमा रोजगारी, लगानी र पूर्वाधार विकाससम्बन्धी एउटा विशेष समिति बनाएको छ र त्यो समितिले द्रुत गतिमा आफ्नो कार्य गरिरहेको छ । 

विनोद चौधरीमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने चिन्तन छ : शशांक

कांग्रेस महामन्त्री डा. शशांक कोइराला विनोद चौधरीमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने चिन्तन रहेको बताउँछन् । आफ्नो जिल्ला र क्षेत्रमा विनोद चौधरीले जस्तो कमै व्यक्तिले योगदान गर्न सक्ने कोइरालाको विश्लेषण छ ।

विनोद चौधरी मेरा असल मित्र र नेपाली कांग्रेसमा एउटा निष्टापूर्ण व्यक्ति हुन् । नेपालका धनाड्य व्यक्ति हुन् । कांग्रेसमा आउँदाखेरि नै उनमा एउटा कल्पना थियो कि, नेपाली कांग्रेसलाई कसरी बलियो बनाउने ?’ महामन्त्री कोइरालाले भने, ‘त्यसैतर्फ उनी अग्रसर छन् । आफ्नो क्षेत्रमा आफ्नो जिल्लामा उनले जति योगदान गरेका छन्, शायद कमै व्यक्तिले गरेका होलान् । म उनलाई धेरै–धरै शुभकामना दिन चाहन्छु ।’

विनोद चौधरी देशको अन्तर्राष्ट्रिय पहिचान, कांग्रेसमा सम्मानजनक स्थान : गुरुराज घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे विनोद चौधरी नेपालको अन्तर्राष्ट्रिय पहिचान भएको भन्दै कांग्रेसमा सम्मानजनक स्थान पाउने बताउँछन् ।
‘विनोद चौधरी नेपालका एक सफल उद्यमी हुन्, जसले आफ्नै पौरखले विश्वमा स्थान बनाएका छन् । राष्ट्रको सम्पत्ति र अन्तर्राष्ट्रिय पहिचान पनि हुन्,’ घिमिरेले लोकान्तरसँग भने, ‘नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीमा आउनु कांग्रेसका लागि पनि खुशीको कुरा हो ।’

कांग्रेसभित्र चौधरीको एकदमै ठूलो सम्भावना देखेको घिमिरेको विश्लेषण छ । ‘नेपाली कांग्रेसमा प्रवेश गरेदेखि नै उनले कांग्रेसलाई निरन्तर सिञ्चन गर्दै आइरहेका छन्, सदनमा पनि उनको प्रभावकारी भूमिका देखिएको छ,’ घिमिरे भन्छन्, ‘कांग्रेसभित्र विनोद चौधरीले सम्मानजनक स्थान पाउँछन्, यसमा कसैले कन्जुस्याइँ गर्दैन ।’

राजनीति नगरेका मनमोहन सिंह सफल प्रधानमन्त्री भए

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा विनोद चौधरी जस्तो प्रतिष्ठित उद्योगी नेपाली कांग्रेसमा प्रवेश गर्दा अन्य उद्योगी, व्यवसायी र लगानीकर्तालाई कांग्रेसप्रति भरोसा बढेको बताउँछन् । सबै वर्ग र समुदायका क्षमतावान व्यक्तिलाई कांग्रेसले पार्टीमा स्पेस दिनुपर्ने उनी बताउँछन् ।

विनोद चौधरीमा काम गर्न सक्ने क्षमता, तार्किक क्षमता र काम गरेर प्रमाणित गरेको अनुभव छ, उनलाई ठाउँ दिँदा कांग्रेसप्रति अन्य उद्यमी र रोजगारदाताको पनि आकर्षण बढ्छ,’ पूर्व सांसद खतिवडाले भने ।

कोरोना संकटको समयमा सरकारले ल्याउन नसकेको समयमा देशभरका स्वास्थ्यकर्मीका लागि पीपीईको व्यवस्था मिलाएर उनले देशको निजी क्षेत्रको जिम्मेवारी पूरा गरेका थिए । मेचीदेखि महाकालीसम्मका अस्पतालहरूका पीपीई, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेर देशको स्वास्थ्य प्रणालीलाई चुस्त राख्न निकै ठूलो योगदान पुर्‍याएका थिए । चौधरीकै कारण कांग्रेसको शिर उचो भएको खतिवडाको विश्लेषण छ ।

‘क्षमतावान व्यक्तिलाई कसैले रोक्न सक्दैन भन्ने उदाहरण भारतीय राजनीतिमा मनमोहन सिंहले सिद्ध गरेका छन् । जीवनभर राजनीति नगरेपनि छोटो समय राजनीतिमा आएका व्यक्ति विशाल राष्ट्रको नेतृत्व गर्ने ठाउँमा पुगे,’ खतिवडाको विश्लेषण छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x