×

NMB BANK
NIC ASIA

सुनसान फिल्म हल : ५ जना दर्शकलाई फिल्म देखाएर चल्ला बिजनेस ?

पुस १३, २०७७

NTC
Premier Steels

नेपालमा कोरोनाभाइरस र लकडाउका कारण बन्द गरिएका फिल्म हल खुलेका छन् ।

Muktinath Bank

नेपालभरका १ सय ९३ हलमध्ये १ सयभन्दा धेरै मल्टिप्लेक्स तथा सिंगल थिएटरले दर्शकका लागि ढोका खुला गरेका छन् । तथापि, दर्शकको संख्या असाध्यै पातलो देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस १० शुक्रवारदेखि चलचित्र संघको आह्वानमा सिनेमा हल खुलेका हुन् । तर, सरकारले भने आधिकारिक रूपमा अझै हलमा फिल्म लगाउन अनुमति दिएको छैन । तर, हल खुलेपनि सरकारका तर्फबाट भने कुनै रोकतोक गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

९ महिनापछि खुलेका हलमा लकडाउनअघि प्रदर्शन भएका चलचित्र आमा, सेन्टी भाइरस तथा हलिउड चलचित्र द इन्भिजिबल म्यान र ब्लड शट प्रदर्शन गरिएका छन् ।

Vianet communication

विगतमा शुक्रवार, शनिवार तथा नयाँ वर्ष सबैभन्दा धेरै कारोवार हुने समय हो ।

रेष्टुरेन्ट, सपिङ मल तथा सार्वजनिक स्थलहरूमा भीडभाड बढ्दै गएपनि हलमा हलमा दर्शकको संख्या निकै न्यून छ ।

क्युएफएक्सका अनुसार सबैभन्दा धेरै दर्शक २५ जनासम्म आएका छन् । यो ललितपुरस्थित लबिम मलको तथ्यांक हो । 

बाँकी अधिकांश हल खाली छन् । कतिपयमा १० जनासम्म दर्शक आएको क्युएफएक्सले जनाएको छ ।

चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले नौ महिनादेखि बन्द रहेका हल खोलेपछि विस्तारै चलायमान हुने र दर्शक आउने अपेक्षा रहेको बताए ।

अहिले समग्र चलचित्रकर्मी पर्ख र हेरको अवस्थामा छन्, उनले थपे, ‘अझै केही समय यस्तै हो, विस्तारै दर्शक आउँछन् ।’

हल त खुला भएको छ । तर, दर्शक देखेर निर्माताहरू भने डराएका छन् । यो स्थितिमा कसरी चलचित्र प्रदर्शन गर्न सकिन्छ ? निर्माता सन्तोष सेन भन्छन्, ‘हल खचाखच नभएसम्म म लगायत नयाँ फिल्मका निर्माताहरू सहमत हुन्छन् जस्तो मलाई लाग्दैन ।’

उनले लगानी उठ्ने सम्भावना नभएसम्म हलमा चलचित्र लगाउन सक्ने अवस्था नरहेको बताए ।

निर्माता तथा निर्देशक अशोक शर्माले उद्योग चलायमान गराउनका लागि दर्शक नआएपनि हल खोल्नुपर्ने बताउँछन् । 

उनले भने, ‘नयाँ फिल्म अहिल्यै आउँछन् भन्ने हामीलाई लागेको थिएन । बिस्तारै दर्शकले हल सुरक्षित भएको महसूस गर्नासाथ हलमा दर्शक आउने अपेक्षा गरिएको छ ।’

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हल खुलेकै दिन दर्शकले भरिभराउ हुन्छ भन्ने अपेक्षा नभएको तर्क गर्दै स्वयं निर्माताले जोखिम मोलेर मात्रै हलमा केही समय फिल्म देखाउनुपर्ने बताए । 

उनले भने, ‘मैले पहिलेदेखि भन्दै आएको हो, पुराना चलचित्र लगाउँदा ठीक होला । नयाँ निर्माताले करोडौं जोखिम मोलेर फिल्म लगाउँछन् जस्तो मलाई लाग्दैन ।’

क्युएफएक्सका विभिन्न शाखामा कतिपयमा ५ देखि कतिपयमा २५ जनासम्म दर्शक आएका छन् । तर, यति दर्शकले हलको बिजुलीको बिल तिर्न समेत नपुग्ने हल सञ्चालक बताउँछन् ।

ठूला फिल्म निर्माताले आफ्ना फिल्म रिलिज मिति अझै तय गरेका छैनन्, किनकि, उनीहरूले आफ्नो चलचित्रको लगानी उठ्ने सम्भावना नभएसम्म नयाँ फिल्म लगाउने सम्भावना छैन ।

क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले  व्यापारिक हिसाबले भन्दा पनि चलचित्र उद्योगको भविष्य र उद्योग चलायमान गराउनका लागि हल खुला गरिएको बताए ।

‘हलमा सुरक्षित तरिकाले दर्शकका लागि फिल्म देखाउने वातावरण बनाएका छौं,’ उनले भने, ‘नयाँ फिल्म नभएसम्म दर्शकको भीड बढ्छ जस्तो लाग्दैन ।

दर्शक तान्नका लागि नयाँ फिल्म अनिवार्य छ । तर, नयाँ फिल्मका निर्माताहरूले यो परिस्थितिमा फिल्म लगाउँछन् जस्तो देखिएको छैन ।’ ​

तथापि, ती निर्माताहरूसँग यस विषयमा गम्भीर ढगंले कुराकानी भइरहेको उनको भनाइ छ ।

चलचित्र उद्योगका जानकारहरूले नयाँ चलचित्र नभएसम्म दर्शकले जोखिम मोलेर फिल्म हेर्न जाने सम्भावना निकै कम रहेको बताउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x