कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
महोत्तरीको जलेश्वर नगरपालिका–७ अनकारका ४८ वर्षीय रामकैलाश यादव अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका अम्पायर हुन् । सन् २००१ मा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले पहिलो पटक उनलाई नेपालको राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरको रूपमा नियुक्त गरेयता उनले सयौं अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मैदानमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
अम्पायरको रूपमा पनि राष्ट्रिय पहिचान कायम गर्न सकिने कुरालाई यादवले स्थापित गर्न सफल भएका छन् ।
२०४४ सालमा महोत्तरीको सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चन्डी मुरारका माध्यमिक विद्यालयबाट एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उनी जनकपुर अञ्चलमा नै ‘टप’ विद्यार्थीको रूपमा चिनिएका थिए । पढाइमा अत्यन्त अब्बल रहेका यादवको क्रिकेट खेलप्रति पनि उत्तिकै लगाव थियो ।
घरेलु प्रतियोगितामा क्रिकेट खेल्ने गरेका उनी जिल्ला क्रिकेट टोलीको टीम व्यवस्थापकको रूपमा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरेका थिए । पछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएका बेला उनले क्रिकेटका लागि केही न केही गर्नुपर्छ भन्ने सोचेर अम्पायर बन्ने सोचका साथ पढाइलाई समेत अगाडि बढाएका थिए ।
सन् १९९७ मा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट भौतिकशास्त्र विषय लिएर स्नातकोत्तर अध्ययन गरिरहेका बेला क्लब लेभेलका क्रिकेट प्रतियोगितामा उनले अम्पायरको काम थालेका थिए । स्नातकोत्तर उत्तीर्ण गरिसकेपछि सन् १९९९ मा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का टेक्निकल कोअर्डिनेटर ‘सानदाई’ भनिने उदयशम्शेर थापाले उनलाई अम्पायरको तालिमका लागि बोलाएका थिए ।
‘दुर्भाग्यवश त्यतिबेला ज्वरो लागेका कारण म गाउँ जलेश्वर आएको थिएँ, त्यसकारण तालिम लिनबाट वञ्चित भएको थिएँ,’ यादवले भने, ‘त्यसपछि फेरि सन् २००० मा उहाँले तालिमका लागि बोलाउनुभएको थियो ।’
जहाँ यादवले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अम्पायर तथा एजुकेटर पिटर म्यानुल, ब्रेन बिगनर्सबाट ‘ओ लेभेल’को तालिम लिएका थिए । ‘अंग्रेजी भाषामा राम्रो जानकार भएका कारण सानदाईले मलाई दोस्रोपटक मौका दिनुभएको थियो,’ उनले भने, ‘तालिम लिएपछि क्यानले औपचारिक रूपमा मलाई सन् २००१ को राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरमा नियुक्त गरेका थिए ।’
त्यसपछि सन् २००३ मा पुरुष, महिला टीमको राष्ट्रिय प्रतियोगिताका साथै उमेर समूह अन्तर्गत १६ वर्ष, १९ वर्षमुनि समूहको प्रतियोगितादेखि सिनियरको राष्ट्रिय प्रतियोगितामा अम्पायर हुने मौका पाएका थिए । त्यतिबेला उनी क्षेत्र नम्बर ३ काठमाडौंको तर्फबाट अम्पायरको प्रतिनिधित्व गर्थे । त्यसबाहेक काठमाडौंमा हुने प्रतिष्ठित क्लब लेभेलका प्रतियोगितामा समेत अम्पायर गर्ने मौकालाई पनि अवसरको रूपमा प्रयोग गर्ने गर्थे । त्यसको १ वर्षपछि लेभेल ‘१’को समेत तालिम लिएका थिए उनले ।
त्यसपछि सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियाको क्वालालम्पुरमा आयोजना गरेको लेभेल ‘२’को तालिममा समेत उनी सफल भएका थिए । तालिम लिएको ३ वर्षपछि सन् २००९ मा मात्रै प्रमाणपत्र दिइएको उनले बताए । तालिममा सहभागी हुन त्यतिबेला नेपालको तर्फबाट दुर्गानाथ सुवेदी, बासु कर्ण र मञ्जुल भट्टराईसहित कूल ३ जनालाई क्यानले पठाएको थियो ।
‘कूल १७ देशका ३४ जना सहभागी भएको तालिमका लागि लिइएको सैद्धान्तिक परीक्षामा सबैभन्दा बढी अंक मैले नै पाएको थिएँ,’ यादवले भने, ‘लिखित परीक्षाका लागि सोधिएका ६० वटा प्रश्नमध्ये ५९ वटा प्रश्नहरूको सही–सही उत्तर दिएको थिएँ ।’
श्रीलंकाका पिटर म्यानुवल, इङ्ल्यान्डका डेनिस बन्र्स तथा अस्ट्रेलियाका डेरैन गुजरले परीक्षा लिएका थिए । क्रिकेटको नियम सम्बन्धी राम्रो ज्ञान भएको भनेर त्यतिबेला अस्ट्रेलियाका अम्पायर तथा स्कोरर एसोसिएसनका लागि उनलाई आजीवन सदस्यता दिइएको थियो ।
प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने र नवीकरण गर्न ६० डलरसम्म शुल्क तिर्नुपर्ने हुँदा पछि नवीकरण नगराएको उनी बताउँछन् । त्यसपछि सन् २०१० मा अस्ट्रेलियन क्रिकेट बोर्डको आइकसद्वारा दिइने तालिम समेत लिएका थिए ।
विभिन्न किसिमका तालिम लिएपछि उनले अन्तर्राष्ट्रिय क्रिकेट म्याचका लागि अम्पायर बन्ने मौका पाएका थिए । इङ्ल्यान्डको मेरिलिबोर्न क्रिकेट क्लब (एमसीसी)का टोली नेपाल आएर नेपालसँग खेलेको प्रतियोगितामा अम्पायर बन्ने मौका पाएका थिए । एमसीसी क्रिकेटको नियम बनाउने संस्थापक बोर्ड हो । क्रिकेटमा कुनै पनि नियम बनाउनु पर्दा एमसीसीले नै पहिलो पटक मस्यौदा बनाएर दिन्छ र त्यसपछि मात्र आईसीसीले संशोधन गर्नु परे संशोधन गरेर नियमलाई लागू गर्ने गर्छ ।
त्यसपछि पाकिस्तानको टीम, बंगलादेशको टीम, इङ्ल्यान्डको टीम नेपाल खेल्न आउँदा होस् वा साउथ एसियान गेम अन्तर्गत हुने क्रिकेटको प्रतियोगिता नै किन नहोस्, सबै प्रतियोगिताका लागि उनलाई क्यानले ‘अन फिल्ड अम्पायर’ मनोनयन गर्ने गरेको छ । पछिल्लो पटक सम्पन्न भएको साउथ एसियान खेलका विभिन्न लीग चरणका खेलदेखि श्रीलंका र बंगलादेशबीच भएको फाइनल खेलमा समेत उनी नै अम्पायर थिए ।
त्यसबाहेक नेपालमा हुने गरेका प्रतिष्ठित ‘फ्रेन्चाइजी’ प्रतियोगितामा समेत उनले अम्पायरको भूमिका निभाएका छन् । नेपालको सबैभन्दा महंगो लीगको रूपमा चिनिएको एभेरेस्ट प्रिमियर लीगको ३ वटै संस्करणदेखि पोखरा प्रिमियर लीगका लागि समेत अम्पायर हुने गरेका छन् ।
सन् २०१९ मा काठमाडौंमा सम्पन्न भएको आईसीसीको नेपाल र केन्याविरुद्ध भएको म्याचमा भने आईसीसीको तर्फबाट उनलाई म्याच अफिसियलको रूपमा समेत नियुक्त गरेका थिए । विभिन्न वर्ष हुने गरेका एसीसी ट्रफीको लागि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायर बनेका यादवले सन् २००५, २००७, २००९, २०१०, २०११, २०१३, २०१४ को एसीसी प्रतियोगितामा उनले अम्पायर गरेका छन् ।
सचिन तेन्दुलकरले खेलेको खेलमा समेत अम्पायर
भारतको क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरले खेलेको खेलमा समेत यादवले अम्पायर बन्ने मौका पाएका छन् । १६ नोभेम्बर २०१९ मा यूनिसेफले राइट फर चाइल्डका लागि काठमाडौंमा क्रिकेट प्रतियोगिता गराएको थियो । तेन्दुलकर युनिसेफको ‘ब्रान्ड एम्बेस्डर’ समेत भएका कारण उनलाई काठमाडौं बोलाइएको थियो ।
टीम रेड र टीम ब्लू गरेर २ वटा टीम बनाएर खेल खेलिएको थियो । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलको एउटा टोलीको नेतृत्व नेपालका पूर्व राष्ट्रिय कप्तान विनोद दासले गरेको थियो भने अर्को टोलीको नेतृत्व भारतीय क्रिकेट खेलाडी तेन्दुलकरले गरेका थिए । खेलको अम्पायरको भूमिकामा यादव रहेका थिए ।
खेलमा तेन्दुलकरले आफ्नो क्रिकेट जीवनमा दाहिने हातले बलिङ गरेका छन् तर त्यो खेलमा भने बायाँ हातले राउन्ड द विकेट बलिङ गरेका थिए । ‘दुर्लभ दृश्य देखिएपछि मैले उहाँलाई दाहिने हातले बलिङ किन नगर्नुभएको भनेर प्रश्न सोधेपछि दाहिने हातमा घाइते भएका कारण बायाँ हातले बलिङ गरेको बताउनुभएको थियो,’ उनले भने, ‘मैत्रीपूर्ण खेलमा क्रिकेटको भगवान् भनेर चिनिने तेन्दुलकरले म्याच सकिएपछि मेरो निकट आएर केही समय कुराकानी समेत गर्नुभएको थियो, उहाँसँगै हामीले फोटो पनि खिचाएका थियौं ।’
त्रिदिवसीय क्रिकेटदेखि ५० ओभरको एक दिवसीय म्याच होस् वा २० ओभरको म्याचमा उनले अम्पायरिङ गर्ने गरेका छन् । क्रिकेटको अम्पायर भएकै कारण आफ्नो जीवनमा भारतका चर्चित खेलाडीहरू भिभिएस लक्ष्मण, पूर्व कप्तान महेन्द्रसिंह धोनी, अजय जडेजा, सुनील जोशी, अम्बाती रायडू, मुनाफ पटेल, रोबिन सिंह, पाकिस्तानका खेलाडी मोहम्मद आमिरसहित विभिन्न खेलाडीसँग भेटघाट तथा कुराकानी गर्ने मौका पाएको उनी बताउँछन् ।
भारतका चर्चित खेलाडीहरू मुनाफ पटेल, अम्बाती रायडू र भीआरभी रावले खेलेको क्रिकेट म्याचको अम्पायरिङ पनि गरेका छन् उनले । नेपालमा भारतको एयरलाइन्स इन्डियाको तर्फबाट उनीहरूले क्रिकेट म्याच खेल्न आएको बेला म्याचको अम्पायरिङ गर्ने मौका पाएको उनले बताए ।
आईसीसीको अम्पायर बन्ने लक्ष्य
एसीसी प्रतियोगिताका लागि सयौं अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरिसकेका यादवको लक्ष्य भने आईसीसीको अम्पायर बन्ने रहेको छ । नेपालको तर्फबाट बुद्धिबहादुर प्रधान, विनयकुमार झा र दुर्गानाथ सुवेदी गरी कूल ३ जना आईसीसीको एसोसिएट प्यानल बनेका छन् तर स्थायी प्यानलमा आवद्ध हुन सकेका छैनन् ।
‘मेरो सपना भनेको आईसीसीको पूर्णकालीन प्यानलमा आवद्ध भएर अम्पायरिङ गर्ने नै हो, १ दिन त्यो सपना पूरा होस् भन्ने चाहना छ,’ उनले भने ।
नेपालको क्रिकेटको भविष्य
कुनै बेला बंगलादेश, अफगानिस्तानभन्दा पनि नेपालको क्रिकेट राम्रो थियो । तर अहिले ती दुवै देशले टेस्ट मान्यता प्राप्त गरेर क्रिकेटमा ठूलो छलाङ लगाइसकेका छन् । ‘नेपाल पनि त्यो बाटोमा पुगे मात्र क्रिकेटको विकास हुन सक्ने छ । विगतमा नेपाल सरकारको प्राथमिकतामा क्रिकेट परेको थिएन र क्यानका पदाधिकारीको समेत दूरदर्शी सोच नभएका कारण नेपालमा क्रिकेटको विकास हुन सकेन,’ उनले भने ।
नेपालमा विक्रम संवत् २००४ सालदेखि नै क्यानको अस्तित्व छ । शुरूमा लामो समय जयकुमार नाथ शाह, त्यसपछि विनयराज पाण्डेले क्यानको नेतृत्व गरेका थिए । अहिले चतुरबहादुर चन्दले क्यानको नेतृत्व गरिरहेका छन् ।
‘अहिले नेपालका क्रिकेटरहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरेर ३ वर्गमा वर्गीकरण गरेर क्रमशः मासिक ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ पारिश्रमिक आईसीसीले उपलब्ध गराउने भएका कारण खेलाडीलाई समेत राम्रो मोटिभेसन भएको छ,’ यादवले भने, ‘अस्ट्रेलियन खेलाडी डेभ ह्वाटमोरलाई प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ भने नेपालका पूर्व कप्तान विनोद दासलाई क्रिकेट म्यानेजर, रौनक मल्ललाई जीएम नियुक्त गरिएपछि क्रिकेटको विकास हुने ठूलो अवसर जुटेको छ ।’
नेपाललाई एक दिवसीय टीमको रूपमा स्थायी मान्यता र टेस्ट क्रिकेटको मान्यता दिलाउनका लागि क्यानका पदाधिकारीदेखि खेलाडीहरू लाग्नुपर्ने उनी बताउँछन् । ‘सन्दीप लामिछानेले विभिन्न देशमा हुने गरेका लीग म्याचहरू खेलिरहेका छन्, उनी जस्तै पूर्व कप्तान पारस खड्का, शरद भेषवाकर, सोमपाल कामी लगायतका खेलाडीले पनि त्यस्तो लीगमा खेल्ने मौका पाए नेपालको टीम पनि बलियो बन्नेछ,’ उनले भने, ‘जनशक्ति, पूर्वाधार तथा पैसा समेतको अभाव हुन नदिए नेपालको क्रिकेटले आफ्नो लक्ष्य पूरा गर्न सक्छ ।’
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...