अमेरिकाको नेब्रास्कामा बस्ने ३० वर्षीय एक पुरुषले च्याउको रस निकालेर शरीरमा सुईमार्फत पसाएको केही घन्टापछि नसामा च्याउ उम्रेको छ ।
यसले गर्दा उसको शरीरको अंग नै काम नगर्ने भएको छ । निकै मेहनत गरेपछि बल्ल चिकित्सकहरूले उसलाई बचाउन सफल भए । उनले वर्षौंसम्म एन्टीफंगल औषधि खानुपर्ने भनी चिकित्सकहरूले बताएका छन् ।
खासमा ती व्यक्ति बाइपोलर डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त छन् । उनी जहिले पनि डिप्रेसनमा रहन्छन् ।
चिकित्सकहरूले उनलाई साइकेडेलिक मशरूम खान सल्लाह दिएका थिए । उक्त च्याउमा हुने साइलोसाइबिन नामक तत्त्वले दिमाग शान्त राख्छ ।
त्यसलाई मुखमा राखेर खानुपर्नेमा उसले च्याउ उमालेछ अनि सूतीको कपडाले छानेर झोललाई नसामा सुईमार्फत पसाएछ ।
त्यसपछि ऊ एकदम थाकेको अनुभव गर्न थाल्यो । रगत बान्ता पनि गर्न थाल्यो । उसलाई जन्डिस र छेरपटी पनि लाग्यो । अनि ऊ दिग्भ्रमित स्थितिमा थियो ।
अस्पतालमा चिकित्सकहरूले हेर्दा उसको नसामा च्याउ उत्पन्न भएको पाइयो । उसको कलेजोमा घाउ पनि भएको रहेछ ।
तत्कालै उसलाई भेन्टिलेटरमा राखियो र रगत पनि बदलियो । रगतबाट विषाक्त पदार्थ निकाल्नका लागि अस्पतालमा २२ दिनसम्म राखियो ।
डिस्चार्ज गर्दा उसलाई दुईवटा एन्टीबायोटिक र एक एन्टीफंगल औषधि दिइयो । उसले कैयौं वर्षसम्म एनटीफंगल औषधि खानुपर्ने हुन्छ ।
एजेन्सी