कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपालका करीब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्र रूपमा काम भइरहेकोमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) का कारण प्रभावित बन्यो ।
आगामी सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने समयसीमा रहेकोमा सोभन्दा ६ महिना अगावै पूरा गर्ने लक्ष्य भने प्रभावित बनेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले हालसम्म विमानस्थलको ७० प्रतिशत काम पूरा भएको बताए ।
विमानस्थलको हालसम्म २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्याङ्गर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्टको काम सम्पन्न भैसकेको छ । यहाँ १४ वटा विभिन्न भवन निर्माण गरिएको छ ।
हाल स्ट्रक्चरको काम सकिएकोमा अब फिनिसिङको चरण बाँकी रहेको मुनंकर्मीले जानकारी दिए । आयोजनामा कार्यरत कर्मचारी तथा कामदारले हाल बाउन्ड्री फिनिसिङको काम गरिरहेका छन् भने फायर फाइटिङको काम पनि भएको छ । त्यस्तै मार्किङ, टर्मिनल फिनिसिङ, ढल पाइप लगाउने काम भइरहेको छ ।
यसरी कुनै बाधा व्यवधान नभए आयोजनाले निर्धारित जुलाई १० सम्म आफ्नातर्फबाट सम्पूर्ण काम सक्ने र उडानका लागि तयार हुने जनाएको छ । तर अन्य विविध कारणले उडान भने प्रभावित हुने देखिन्छ । जस्तो कि ल्याण्डफिल साइट स्थानान्तरण, फ्यूल स्टेसन निर्माण, एयर पर्मिट, भलबाढी निकास, डाँडा कटानलगायत समस्या यथावत छन् ।
विमान उडानमा अवरोध हुन नदिने आयोजनास्थल नजिकैको रिठ्ठेपानीको डाँडा कटान आवश्यक छ । सो डाँडा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेसन (आईकाओ) मापदण्डअनुसार ४० मिटरसम्म काट्नुपर्छ । तर डाँडा कटानका लागि शुरूआतदेखि नै सरोकारवाला निकायलाई ताकेता गर्दा पनि सुनुवाइ भएको छैन । डाँडाका रुख काट्न वन मन्त्रालयले अनुमति दिनुपर्छ, अनिमात्र डाँडा काट्न पाइन्छ । विमानस्थल निर्माणको ७० प्रतिशत पूरा हुँदा उक्त डाँडा काट्न वातावरणीय अध्ययन प्रतिवेदन तयार हुँदैछ ।
त्यस्तै, नेपाल आयाल निगमलाई तेल डिपो निर्माणका लागि जग्गा दिइएको छ । तर निगमबाट हालसम्म एक थोपा पनि काम हुन सकेको छैन । डिपो निर्माण गर्न नसकेको निगमले आवश्यक पर्दा गाडीबाट ल्याएर पनि उपलब्ध गराउने आश्वासन दिएको छ । निगमबाट ठोस निर्णय हुन नसकेको आयोजना प्रमुख मुनंकर्मीले बताए ।
उता, पोखरा–१४ मा रहेको ल्याण्डफिल साइट स्थानान्तरण हुन सकेको छैन । नजिकै ल्याण्डफिल साइट हुँदा विमानमा चराचुरुङ्गी आउजाउ गर्ने र विमानमा ठोक्किन सक्ने भएकोले सुरक्षाका दृष्टिकाले पोखरा महानगरपालिकाले ल्याण्डफिल सार्नुपर्नेमा अहिलेसम्म पहल थालेको छैन ।
मुनंकर्मीले भने, ‘हामीहरूले यसबारेमा महानगरमा पटक–पटक चिट्ठी बुझाएका छौं । मेयरलाई भेटेर पनि कुराकानी गरेका हौं, तर अहिलेसम्म के कति काम भयो खबर आएको छैन । साइट छानेको कुरासम्म सुनिएको हो ।’ ल्याण्डफिल साइट सार्नका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समेतलाई भेटेर जानकारी गराइएको उनले बताए ।
अर्को समस्याको रूपमा रहेको छ– वर्षाको भलबाढी । काहुँखोलाको मुहानबाटै भएभरको पानी भेल अहिले विमानस्थलभित्र छिर्छ, किनकि विमानस्थल क्षेत्र अन्यको तुलनामा होचो छ । पृथ्वी राजमार्ग आसपासको भलबाढी होचो क्षेत्रफलमा विमानस्थल भएकाले भलबाढी काट्न सम्बन्धित पक्षले सुनवाइ गरेको छैन ।
विमानस्थल निर्माण उत्तरार्द्धतर्फ गइसक्दा हालसम्म भारत सरकारले एयर पर्मिट दिएको छैन । विमान उडाउन भारतको आकाश प्रयोग गर्नुपर्छ । तर नेपाल सरकारले पनि यसबारे ध्यान नदिएको बताइएको छ ।
यसरी झण्डै ५ दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सपना पूरा हुने दिन नजिकिँदै जाँदा केही बाह्य समस्या अवरोधका रूपमा देखा परेका हुन् । ‘हात्ती छिर्यो, पुच्छर अड्कियो’ नभनी त्यसका लागि सरोकारवाला निकायले ध्यान दिनु आवश्यक छ ।
पर्यटकीय नगरी पोखरामा चिनियाँ कम्पनी सीएएमसी इञ्जिनीयरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो । गत वर्ष कोरोनाका कारण काम प्रभावित बन्यो । हाल आयोजनामा नेपाली र चिनियाँ गरी ३३० जनाले काम गरिरहेका छन् । पहिले काम गरेका केही चिनियाँ कामदार कोरोना खोप लगाउन चीन गएका छन् । उनीहरू फर्किसकेपछि कामले अझ गति लिने बताइएको छ । कोरोना प्रभाव हुनुअघि विगतमा ५ सय जनासम्मले काम गर्थे ।
नेपाल सरकारको आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सीएएमसीई इञ्जिनीयरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको हो । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रूपमा हेरिएको नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।
आईकाओ मापदण्डअनुसार फोरडी मोडलमा पर्ने यो विमानस्थल निर्माण भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २ हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थलमा उडान वा अवतरण हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ । यो विमानस्थल सञ्चालन आएपछि पोखरामात्र नभै समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ ।
विमानस्थल निर्माण भइसकेपछि पनि त्यसपछिको ६ महिना परीक्षण समयको रूपमा छुट्टयाउनुपर्छ । मुनंकर्मीका अनुसार परीक्षणको समय तथा विमानस्थल औपचारिकरूपमा चलाउन सरोकारवालासँग छलफल गरेर तयारी गर्दा ६ महिना समय लाग्छ । यसरी तीव्ररूपमा काम भयो आगामी वर्ष यसै महिनातिर पोखराबाटै अन्तर्राष्ट्रिय हवाइ उडान हुनेछ ।
विमानस्थल निर्माण प्रक्रियाको शुरूआततर्फ फर्किंदा सन् १९५० सम्म पोखरा यातायातको साधनहरूबाट पूर्णतः वञ्चित थियो । सडक सञ्जालसँग जोडिनुअघि हवाई यातायातमा जोडिएको पोखराका लागि सन् १९५३ मा काठमाडौं र सन् १९५९ मा भैरहवाबाट हवाई उडान थालनी भएको हो । पछि सन् १९६८ मा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) र सन् १९७१ मा पृथ्वी राजमार्ग (पोखरा–नौबीसे) को निर्माणपछि यहाँको पर्यटनले गति लिएको हो ।
२०३२ सालमा पोखरा वडा–१४, १५ र १८ वडाको ३ हजार १ सय ६ रोपनी जग्गा अहिलेको विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । पछि सरकारले क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने निर्णय गरेपछि थप जग्गा अधिग्रहण गरिएको थियो । हाल ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफलमा विमानस्थल बनिरहेको छ ।
थप अधिग्रहण जग्गाको मुआब्जा वितरण सबै टुंगिएको छैन । अबको २ महिनाभित्र जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण सम्पन्न भैसक्ने आयोजना प्रमुख मुनंकर्मीले बताए । विमानस्थल निर्माण कम्पनीलाई हालसम्म १२ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी दिइसकिएको पनि उनले बताए ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले यसै साता आयोजनाको निरीक्षण गर्दै समयमै निर्माण सम्पन्न गर्न सरकारले सबै खालको सहयोग गर्ने आश्वासन दिएका छन् ।
उनले पोखरा र लुम्बिनी विमानस्थल एकैपटक सञ्चालन आउने र अन्तर्राष्ट्रिय रुटका लागि सरकारी तवरबाट प्रक्रिया अघि बढेको जानकारी दिए ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...