आज कस्तो रहनेछ देशभरको मौसम ?

हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो पनि प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति समेत प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्