×

NMB BANK
NIC ASIA

पूर्वराजा ज्ञानेन्द्र शाहसँगको त्यो सम्बन्ध, ...अनि करिश्मा राजतन्त्रको पक्षमा ?

माघ ८, २०७७

NTC
Premier Steels

कुनै बेला नेपाली चलचित्रकी सफल अभिनेत्री करिश्मा मानन्धर केही वर्ष डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भइन् । उनी पार्टीमा असन्तुष्ट हुँदै बाहिरिइन् ।

Muktinath Bank

तर अब कुनै पनि पार्टीमा आबद्ध नहुने गरी राजनीतिबाटै बाहिरिने निर्णयमा करिश्मा पुगेकी छन् । पूर्व प्रधानमन्त्री डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी छाडेपछि उनी कुनै पनि राजनीतिक दलमा जोडिएकी छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय राजतन्त्रको पक्ष लिएर अभिव्यक्ति दिएपछि करिश्मा फेरि चर्चामा आएकी छन् । अभिनेत्री करिश्मा मानन्धरसँग लोकान्तरकर्मी रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश –


Advertisment
Nabil box
Kumari

पछिल्लो समय तपाईंले नेपालका राजनीति पार्टीलाई खराब भन्दै मुख खोल्नुभएको छ, यसको तात्पर्य के हो ?

Vianet communication

– तपाईंलाई के लाग्छ ? सही छन् भने त्यो जनताले अनुभव गर्न पाउनुपर्छ । संसारभर राजनीतिविना देशको विकास हुँदैन तर नेपालको राजनीतिले देश कता गइरहेको छ ? त्यो तपाईंलाई पनि थाहा छ, हामी सबैलाई थाहा छ । राजनीति आफैंमा नराम्रो कुरा होइन तर समग्र नेपालको राजनीतिक संस्कार असाध्यै घिनलाग्दो भयो । सोही कारण राजनीति गर्न आउने व्यक्तिमा मैले विश्वास गर्न छाडेकी हुँ ।

तपाईं पनि कुनै बेला राजनीतिबाट देशको मुहार फेर्छु भन्दै लाग्नुभयो, तुरुन्तै छाड्नुभयो किन ?

– त्यसबेला मैले डा. भट्टराईलाई र उनीहरूको भिजनलाई मन पराएर राजनीतिक जीवन अँगालेकी थिएँ तर बिस्तारै उनीहरूबाट पनि यो देशको समृद्ध होला जस्तो लागेन । त्यसपछि पार्टी छाडेकी हुँ ।

त्यसबेला पद बाँडफाँडमा असन्तुष्ट भएपछि पार्टी छाडेको चर्चा थियो नि !

– पद बाँडफाँडमा समस्या भएको भन्दै मिडियामा समाचार आएको थियो तर न मैले त्यो कुरा कुनै मिडियामा भनेकी थिएँ, न कुनै व्यक्तिले भनेको छ । सामान्य गसिपका भरमा यस्तो खालको आरोप लगाउनु जायज हुँदैन । खासमा मैले आफ्ना विभिन्न विषयमा बोल्थें । पार्टीलाई प्रभावकारी ढगंबाट अगाडि बढाउनुपर्छ भनेको थिएँ तर पार्टीले कुरा नसुन्ने, पुरानै शैलीबाट अघि बढेपछि के गर्नु ?

नयाँशक्ति छाडेपछि नेकपामा जाने चर्चा पनि थियो, किन जानुभएन ?

– नेकपामा भित्र्याउनका लागि प्रयास भएको थियो तर करिश्मा मानन्धरलाई कुनै सामान्य स्थानमा थन्काएर गुमनाम बनाइदिन्छन् कि भन्ने चिन्ता लाग्यो । वास्तवमा मैले जब नयाँ शक्ति छोडें, त्यसपछि कुनै पनि राजनीति दललाई विश्वास गर्न छोडेकी हुँ । आफैं भन्नुस्, पार्टी घोषणा कार्यक्रममा त्रिपुरेश्वर रंगशालामा कस्तो खालको माहोल थियो । जनताले कति ठूलो आशा राखेका थिए । त्यसबेलासम्म डा. भट्टराईको ‘क्रेज’ कस्तो थियो । तर जनताको विश्वासको मतलाई कुल्चिएर बाटो बिराएपछि आफ्नो निर्णय त लिनुपर्‍यो ।

अब कुनै पनि पार्टीमा आबद्ध नहुने गरी निर्णय लिनुभएको हो ?

– हो । अब म कुनै पनि राजनीतिक दलमा आबद्ध हुँदैन । यही हो नेपालीले पाएको गणतन्त्र ? यही हो राजनीतिक संस्कार ? देशको विकास कसरी भइरहेको छ ? संसद् विघटनको लडाइँ देख्नुभयो । एउटा कुर्चीका लागि फेरि देशमा चुनाव हुँदैछ । ५ वर्षको स्थायी सरकारका लागि जनताले नेकपालाई भोट दिएका थिए तर आफ्नै पार्टीको झगडाका कारण करोडौं खर्च गराएर फेरि चुनाव गराउने प्रयास भइरहेको छ । सधै जनतालाई दुःख दिने ? यस्तो राजनीतिमा लागेर कुनै फाइदा हुन्छ जस्तो मलाई लाग्दैन । नेपालमा पार्टी ‘सिस्टम’ काम छैन  । २ विचारको काम छ, राजा चाहिन्छ र २ विचारले नेपाल चलाउने । नेपालमा २ पार्टी ‘सिस्टम’ चाहिएको मैले अनुभव गरेकी छु । देशमा धेरै पार्टी भए । यतिधेरै पार्टीको कुनै काम छैन । अब देशमा ‘डेमोक्र्याटिक’ र ‘कम्युनिज्म’ भएका २ पार्टीसहित राजाको आवश्यकता छ ।

तपाईं पटक–पटक पूर्व राजा ज्ञानेन्द्रसँग भेटघाट गरिराख्नुभएको भन्ने चर्चा छ । सबै पार्टी छोडेपछि राजतन्त्रमा लागेको त होइन ?

– पूर्व राजा र उनको परिवारसँग मेरो अहिलेको सम्बन्ध होइन । पुरानै सम्बन्धका कारण पनि भेटघाट हुन्छ, भेटघाटको अर्थ यो होइन कि राजतन्त्रको पक्षमा लाग्नुपर्छ । पूर्व राजा र उनको परिवारसँग मेरो आफ्नै किसिमको सम्बन्ध भएकाले भेटघाट हुनु सामान्य हो । अर्को कुरा नेपालमा राजनीति गर्नेले राजनीति र जनताले खबरदारीको भूमिकामा काम गर्नुपर्ने हो तर समग्र जनता विभिन्न माध्यमबाट राजनीतिमा आबद्ध हुनुहुन्छ ।

नेकपा, कांग्रेस र अरु पार्टीका कार्यकर्ता र समग्र कर्मचारी संयन्त्रमा राजनीति घुसिसकेको छ । त्यसले गर्दा तुरुन्तै देशमा राजा आउँछन् जस्तो मलाई लाग्दैन तर जनताले चाहेमा त्यो भन्न सकिन्न । राजाको पालामा स्थापित नेपालका उद्योग, कलकारखाना सबै बन्द भइसके । यी उद्योग त्यसपछि किन बन्द भए ? बन्द उद्योग किन खुला गरिएन ? राजतन्त्र हटाएपछि देशको हालत कस्तो भयो देख्नुभएको छ सबैले । राजतन्त्र हटेपछि विदेश पलायन बढेको सबैले बुझ्नुभएको छ । देशको आधा संख्या विदेश पलायन भइसक्दा पनि नेपाली नेताहरूलाई मन चसक्क हुँदैन ?

तपाईंलाई किन राजनीतिबाट वाक्क लागेको हो ?

– खासमा नेपालमा सधै कुर्सीका लागि झगडा भएको देखेकी छु । कुनै पनि पार्टीले जनताको हितमा काम गर्ने गरी ‘स्मुथली’ काम गरेको देखिनँ । राजनीतिमा लागेका नेताहरूले पदका लागि नागरिकलाई सडकमा उतारेका छन् । जनयुद्ध किन भयो ? त्यसको उपलब्धिलाई संस्थागत गरेको खै ? १७ हजारले बलिदान दिएको बिर्सिनु हुँदैन । कुनै पनि दलका नेताले पदमा पुगेपछि नागरिकका समस्यामा कुनै ध्यान दिएको पाएकी छैन । आशा राखिएका राजनीति गर्न सक्ने व्यक्तिले समेत सधै अर्को पार्टीको विरोधमा सीमित रहेको पाएँ । मान्नुस्, स्वयं आफ्नै पार्टीका कार्यकर्ता पनि नेपालका कुनै पनि दलसँग सन्तुष्ट छैनन् ।

अब के गर्नुहुन्छ ?

– अब कुनै पनि राजनीति पार्टीमा आबद्ध हुने छैन । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहें । करिश्मा मानन्धरको आफ्नै किसिमको ब्राण्ड छ । राजनीतिमा लागेपछि जे बोले पनि हुने, जसो गरे पनि हुने संस्कार छ । यो संस्कारबाट बाहिरिएर अब म विशुद्ध समाज सेवामा लाग्ने निर्णय गरेकी छु । खासमा मैले आजैदेखि ‘यात्रा’ नामक विशेष ‘भ्लग’ कार्यक्रम शुरू गरेकी छु । यो आफ्नै च्यानलबाट रिलिज हुनेछ ।

हरेक महिना एउटा ठाउँको यात्रामा निस्कने र हरेक यात्रामा भेटिएका दुःखी, गरीब, असहायलाई ५० हजारसम्मको सहयोग गर्ने निर्णय गरेकी छु । यो सहयोग मेरो व्यक्तिगत रकम हुनेछ । पहिलो यात्रा मैले सिन्धुपाल्चोकबाट शुरू गरें । त्यहाँस्थित तिनघरे संस्कृत विद्यालयमा केही सहयोग गरें । मेरो सहयोगमा कुनै एनजीओ, पार्टीको लगानी हुने छैन । अब छिट्टै खप्तड यात्रामा निस्कने योजना गराएकी छु । मानौं कुनै पार्टीमा आबद्ध हुन्छु भने कुनै आयोगमा राख्ने र यत्तिकै थन्काइदिन सक्ने सम्भावना पनि छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x