×

NMB BANK
NIC ASIA

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । 

Muktinath Bank

    गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए । अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, सङ्घीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ की भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उनले जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको बताए ।


Advertisment
Nabil box
Kumari

    एक अर्को प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले गैर आवासीय नेपालीलाई नेपालको विकास र समृद्धिको सहयात्री बन्न आग्रह गरे । उनले नेपालमा देखिएका असहमतिलाई लिएर गैर आवासीय नेपाली साह्रै बढी चिन्तित र विभाजित हुन नहुने उल्लेख गरे । मन्त्री ज्ञवालीले नेपाल लगानी अनुकूल वातावरण भएको मुलुक भएको चिनारी विश्वलाई दिन गैर आवासीय नेपालीलाई त्यो अनुरूपको भूमिका खेल्न आग्रहसमेत गरे ।

Vianet communication
Laxmi Bank

    गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षता र महासचिव हेमराज शर्माको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, सङ्घका पूर्व अध्यक्षहरु देवमान हिराचन, जिवा लामिछाने, डा शेष घले र भवन भट्ट, सल्लाहकारहरु कुल आचार्य, टिवी कार्की, रामप्रताप थापा, सङ्घका उपाध्यक्षहरु डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, रविना थापालगायतले धारणा राखेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x