‘केपी ओलीलाई साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’

फाइल फोटो

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति कटाक्ष गरेका छन् ।

‘अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ?’ नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले आइतवार गरेको निर्णयप्रति कटाक्ष गर्दै ओलीले भने ।


Advertisement

ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी बैठक छाडेर अध्यक्ष भएँ भन्दै हिँडेकालाई निर्वाचन आयोगले देखाइदिएको भन्दै नेता माधव नेपाललाई व्यंग्य समेत गरे ।

‘केही मान्छेहरू बैठकमा नआएर, चौतारामा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्या थे, हिजो निर्वाचन आयोगले देखाइदियो । यहाँ अध्यक्ष कोही भा’छैन भनिदियो,’ ओलीले भने ।


Advertisement

उनले विरोधीहरूले चाहँदैमा आफूलाई केही नहुने बताए ।

‘उनीहरूले सक्ने हो भने त भरसक केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन् । उनीहरूले भनेर त हुने हैन,’ ओलीले भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्