तर्क-कुतर्कको चाङ लगाएर स्वतन्त्र न्यायपालिकामाथि चुनौती खडा गर्ने काम भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले तर्क-कुतर्कका चाङ लगाएर स्वतन्त्र न्यायपालिकाको न्यायाधीकारमाथि चुनौती खडा गर्ने काम भएको आरोप लगाएका छन् ।

आदिवासी जनजाति महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले चुनाव हुने कुरामा आशंका नभएकोसमेत बताए । 


Advertisement

‘तर्क-कुतर्कको चाङ लगाए, होहल्ला गरेर । यदी निर्वाचन हुने फैसला हुन्छ भने हामी के-के न गछौँ भनेर स्वतन्त्र न्यायपालिकाको, स्वतन्त्र न्यायाधीकार माथि चुनौती खडा गरेका छन् । विभिन्न क्रियाकलाप र हर्कत भइरहेका छन्,’ ओलीले भने ।

ओलीले कुनै प्रकारको अलमलमा नगर्न जनजाति कार्यकर्ताहरुलाई निर्देशन दिए । 


Advertisement

‘राष्ट्रवादलाई तमासाको विषय बनाउने, देशका लागि अडान लिने कुरालाई नाटक, प्रायोजित र नौटंकी भन्ने, तर हाउभाउ गरेर क्रान्तिकारी राष्ट्रवादी पल्टिने तमासा देख्यौं, हामी अलमलिनु हुँदैन,’ ओलीले भने । 

अध्यक्ष ओलीले आफूले जनजातिको विरोध गर्छ भनेर भ्रम फिँजाइएको आरोप लगाए ।, 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्