×

NMB BANK
NIC ASIA

दुईतीन दिनभित्र प्रतिनिधि सभा विघटनसम्बन्धी फैसला : ओली

फागुन १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतीन दिनभित्र प्रतिनिधि सभा विघटनसम्बन्धी फैसला हुने बताएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना भए फेरि सांसद किनबेच र तमासाको राजनीति शुरू हुने पनि बताए । 

Muktinath Bank

कञ्चनपुरको वेदकोट नगरपालिकामा सोमवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्र शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने पनि बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब यदि पुनःस्थापना हुने हो भने के हुन्छ, यसो कल्पना गरौं । पुनःस्थापना हुने भयो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन, त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ,’ ओलीले भने । 
प्रधानमन्त्री ओलीले आफूले विराटनगरमा भनेको कुरालाई गलत ढंगले व्याख्या गरिएको दाबी समेत गरे । 


Advertisment
Nabil box
Kumari

‘अहिले संसद् विघटन भएको छ, अब देश निर्वाचनतर्फ जाँदैछ । हुनसक्छ, दुईतीन दिनभित्र प्रतिनिधि सभा विघटनसम्बन्धी फैसला हुन्छ । अस्ति मैले विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट छटपट गरेका छन् । हामी देश बनाउने अभियानमा छौं, जसो भएपनि हाम्रो राजनीति सिद्धिँदैन । केही भएपनि सिद्धिँदैन । देश बनाउने, लोकतन्त्रलाई बलियो बनाउने हाम्रो आन्दोलन अघि बढिरहन्छ,’ ओलीले भने, ‘आन्दोलन भनेको उनीहरूले नारा जुलुस, भत्काउने, ढुंगा हान्ने के–के बुझेछन कुन्नि ? मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ गर्ने आन्दोलन भनेको थिएँ ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिने बानी नभएको र स्वतन्त्र न्यायालय तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले सम्मान गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x