कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
फागुन १३, २०७७
देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् ।
१ हप्ताअघि मात्र उनलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उनले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरूको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताए ।
‘देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु,’ उनले भने । उनले देवघाटमा लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताए ।
अतिक्रमण गर्ने व्यक्ति र संघसंस्थासँग बसेर छलफल गरी समस्या समाधानको बाटो रोज्ने योजना रहेको उनले बताए । देवघाटमा रहेको बाँदरको समस्यालाई व्यवस्थित रूपमा समाधान गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडिएका गाईलाई पनि व्यवस्थित गरिने अधिकारीको भनाइ छ ।
उनले त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणलाई अगाडि बढाइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताए । समितिले ठीक समयमा ठीक निर्णयका साथ काम गरिरहेको उनको भनाइ थियो । देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गरे ।
उनले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...