मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
रुपन्देहीको बुटवलमा सम्पन्न चौथो खुला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन् ।
मंगलवार भएको रोमाञ्चक फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रितिकले उपाधि चुमेका हुन् ।
महिला एकलको उपाधि प्रेरणा कोइरालाले जितिन् । उनले फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जीत निकाल्दै उपाधि हात पारिन् ।
रितिक र प्रेरणाले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे । ५ दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले सञ्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमे । बुटवलका श्रेष्ठ पहिलोपटक फाइनल पुगेका हुन् ।
यसैगरी ४५ प्लसतर्फ चन्द्र शाही (यू एण्ड मि) ले धर्म लामिछानेलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जीत निकाले ।
विजेता खेलाडीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टीम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङ, रुपन्देही लन टेनिस संघका अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवालीले विजेता, उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...