पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । फागुन २३ गतेदेखि शुरू हुने प्रतिनिधिसभा अधिवेशनको रणनीति तय गर्न बैठक बसेको जनाइएको छ ।


Advertisement

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्ताव, अन्य दलसँग गरिने सहकार्य, पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगमा विचाराधीन विषयमा समेत छलफल हुने जनाइएको छ ।
बैठकअघि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सिभिल अस्पतालमा पुगेर कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्