भारतको आयकर विभागले बलिउड अभिनेत्री तापसी पन्नू र निर्देशक निर्माता अनुराग कश्यप तथा विकास बहलको घरमा छापा मारेको छ ।
निर्माता मधु मान्तेनाको घरमा पनि छापा मारिएको छ । विभागले फ्यान्टम फिल्म्ससँग जोडिएका मानिसको घरमा करछलीको आरोपमा खोजी गरिरहेको छ ।
कुल २२ ठाउँमा छापा मारिएको बताइएको छ ।
फ्यान्टम फिल्म्स अहिले अस्तित्वमा छैन । त्यस फिल्म निर्माण तथा वितरण कम्पनी अनुराग कश्यप, निर्देशक विक्रमादित्य मोटवाणे, निर्माता मधु मान्तेना र विकास बहलले शुरू गरेका थिए ।
सन् २०११ मा शुरू गरिएको कम्पनी सन् २०१८ मा भंग गरिएको थियो ।
बहललाई यौन दुर्व्यवहारको आरोप लागेपछि कम्पनी बन्द भएको थियो । तीन वर्षपछि मधु मान्तेनाले कश्यप, मोटवाणे र बहलको शेयर किनेका थिए । उक्त क्पनीले लूटेरा, एनएच१०, मसान, उडता पञ्जाब र रमन राधव २.० जस्ता फिल्म बनाएको छ ।
एजेन्सी