फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नेपालमा राणाहरूको छुट्टै पहिचान छ । कुनै जमानामा श्री३ महाराज भएर १०४ वर्ष राज्य सत्ता चलाएका राणाहरूको खानपानमा आफ्नै चुल्होचौको र स्वाद छ । उनीहरूको आफ्नै रैथाने वर्ग, समाज र रहनसहन छ । ‘टेस्ट अफ रोयल’ भनेझै दरबारिया खानपानका विषय जान्ने–बुझ्ने रहर कसलाई नहोला ?
राजा महाराजले आफ्नो भोजनमा के–के खान्छन् ? यो जिज्ञासा सबैमा हुन्छ । उसिनेको बदेल टिमुरको धुलो मसलासँग खाने राणाहरूको लोकप्रिय र रोजाइको परिकार हो । चाँदीको थालमा घेराबन्दी गरेर भोजन गर्नु उनीहरूको संस्कार नै हो ।
भारतमा मुगल राजाहरूको राज्यमा आफ्नै पहिचान बोकेको खाना भए जस्तै राणा खानदानमा पनि आफ्नै शैली थियो र छ । राणाहरू उपल्लो दर्जामा गणना हुने हुँदा उनीहरूको खाने शैली र परिकारका विषय धेरै अनभिज्ञ नै थिए तर अब खुला किताबझै सम्पूर्ण खाना पुस्तकमा सार्वजनिक भएको छ ।
दरबारिया तबरको खानपान हुने राणाकालीन परिकारको पनि आफ्नै इतिहास छ, आफ्नै कालखण्ड छ । छुट्टै पहिचान बोकेको राणा कुजिनलाई जोगाइ राख्नुपर्छ र त नयाँ पुस्ताले बुझ्ने अवसर पाउँछन् भनी यसका लागि पुस्तकमा उतार्न जरुरी ठानी रोहिनी राणाले अमूल्य आँट गरेकी छन् ।
आफूले देखेको, भोगेको र बनाएका राणा परिकारलाई उनले संग्रह गर्ने हेतुले पुस्तक सार्वजनिक गरेकी हुन् । खानाको विषयमा कलम चलाउन र पुस्तक लेख्न कुनै पाँच तारे होटलको सेफ नै हुनु पर्दैन भन्ने अब्बल उदाहरण उनले तयार गरेको पुस्तकले साबित गरेको छ । उनले तयार गरेको पुस्तकमा राणा समुदायको सम्पूर्ण रैथाने परम्परागत खाना समावेश गर्ने प्रयास गरिएको छ ।
राणा पकवानको इतिहास लोप हुने देखेर उनले दाउरामा पकाइएका परिकारदेखि आजको परिवेशसम्मका परिमार्जित खानाका रेसेपीहरू समेट्ने प्रयास गरेकी छन् ।
उनको अधुरो सपना ढिलै भए पनि पूरा भएकोमा दंग छिन् । पुस्तकबाट राणा समाजको खानपानका विषयमा विश्व अवगत हुनेमा उनी विश्वस्त छिन् । जंगलमा शिकार गरिएका बँदेलका यावत परिकारदेखि आलुका राणाकालीन परिकार र भारतबाट प्रभावित भएर बनेका नयाँ खानाका विस्तारहरू पनि पुस्तकमा समावेश छन् ।
राणाहरू खानामा सौखिन थिए र स्वादिष्ट तवरका आफ्नै परिकार खान रुचाउँथे भन्ने प्रमाण पनि पुस्तकले प्रष्ट पारेको छ । पुस्तक पकवानमा चाख दिने नयाँ पुस्ताका जो कोहीलाई निकै उपयोगी सिद्ध हुनेछ । नेपालमा १०४ वर्ष लामो शासन गरेको राणाका ९ दाजुभाइको भिन्नभिन्न घरका भान्छामा पाक्ने फरक परिकारमा आ–आफ्नै विशेषता बोकेको लेखक रोहिनी राणाको भनाइ छ ।
जंगबहादुरदेखि मोहन शम्शेरसम्मको रेसिपी समावेश गर्ने प्रयास गरिएको पुस्तकले धेरैको खुल्दुली मेटाएको छ र राणाकालीन खाना सम्बन्धी अध्ययन, अनुसन्धान गर्नेहरूका लागि पनि राम्रो हतियार साबित भएको छ ।
राणा परिकारहरू भुटेको, तारेको र मसलेदार चटपटा हुने हुँदा जो कोहीले सहज रूपमा तयार गर्न कठिन छ । नेपाली खानाको इतिहासको खोजी गरिरहेको अवस्थामा हाम्रो खानाको संकार कस्तो थियो भनेर केही हदसम्म प्रस्ट छ ।
नेपाली खानालाई विश्वसामु चिनाउन हामीले सर्वप्रथम हाम्रो आ–आफ्नो समुदायको खानपान बुझ्न जरुरी हुन्छ । राणा समुदायको खानपानको विषयमा उनले चलाएको कलमले एकतर्फी ढोका खोलेको नेपाली खानपान विज्ञहरूको ठहर छ । अबका दिनमा अन्य समुदायको पनि यसरी नै पुस्तकको रूपमा आउन सकेमा हामीले समग्र नेपाली खाना विश्वलाई चिनाउन धेरै समय कुर्नु नपर्ने देखिन्छ ।
राणा समुदायले प्रयोग गर्ने भाँडाकुँडा र खाने शैली जस्तै अन्य समुदायको पनि अध्ययन र अनुसन्धान गर्नु आजको प्रमुख आवश्यकता हो । जसरी हाम्रो धर्म, कला, संस्कृति विश्वसामु चिनिँदै गएको छ त्यहीँ रफ्तारमा खानपान पनि चिनिनु जरुरी हुन्छ । जुन कुरा आजका पुस्ताले जान्नु र बुझ्नु जरुरी छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...