आईपीएल : मुम्बईविरुद्ध खतरनाक बलर उपयोग गर्ने सोचमा दिल्ली ?

इन्डियन प्रिमियर लीग (आईपीएल) मा मंगलवार अघिल्लोपटकको फाइनलिस्ट दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । 
 

चेन्नईको चेपकमा हुने खेलमा दिल्लीले मुम्बईसँग फाइनलमा हारेको बदला लिने कोशिश गर्नेछ । मुम्बई चाहिँ लगातार तेस्रो जीत हासिल गरेर अंकतालिकामा बलियो स्थान बनाउन खोज्दैछ । 


Advertisement

दुवैले पछिल्लो खेल जितेकाले हौसला उच्च स्तरमा छ । त्यसैले आज कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

दिल्लीको टीमले पछिल्लो खेलमा शिखर धवनको ब्याटिङको बलमा खेल जित्न सफलता पाएको थियो । यस खेलमा पोहोरको सीजनको हिरो एनरिच नोर्त्जेले खेल्न सक्ने सम्भावना छ । नोर्त्जे क्वारेन्टीनबाट निस्केर टीम बबलमा जोडिएका छन् । त्यसैले खेलमा रबाडा र नोर्त्जेको खतरनाक जोडी देखिनसक्छन् । 

मुम्बईले पछिल्ला खेलहरू लगातार जितिरहेकाले टीम कम्बिनेसन शायद परिवर्तन नगर्न सक्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्