राष्ट्रपति भण्डारीले पुन: जारी गरिन् संवैधानिक परिषद् लगायतका ७ अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित ७ वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisement

यी अध्यादेशहरू यसअघि नै जारी भएपनि संसद्को अधिवेशनमा पारित हुन सकेका थिएनन् ।

संसद् अधिवेशन शुरू भएको ६० दिनभित्र पारित नभएमा अध्यादेश स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

यद्यपि अहिले अधिवेशन अन्त्यको अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनी संसद्को अधिवेशन आह्वान भएको अवस्थामा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

हेर्नुहोस्, विज्ञप्ति : 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्